NE/Prabhupada 0857 - कृत्रिम अावरण हटाउनुपर्दछ । त्यसपछि, हामी कृष्ण भावनाभावित हुन्छौं: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0857 - in all Languages Category:...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 9: | Line 9: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0856 - जीवात्माको छुट्टै व्यक्तित्व हुन्छ र भगवानको पनि छुट्टै व्यक्तित्व हुन्छ|0856|NE/Prabhupada 0858 - हामी वकालत गर्दैछौं कि अवैध मैथुन सम्बन्ध पापपूर्ण हुन्छ|0858}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 17: | Line 20: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|3OL-v7h7lNA|कृत्रिम अावरण हटाउनुपर्दछ । त्यसपछि, हामी कृष्ण भावनाभावित हुन्छौं<br />- Prabhupāda 0857}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740327RF-BOMBAY_clip2.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:41, 29 January 2021
740327 - Conversation - Bombay
कृत्रिम आवरणलाई हटाउनुपर्दछ । त्यसपछि, हामी कृष्णभावनाभावित हुन्छौँ ।
प्रभुपादः जस्तै....मसँग चेतना छ, र म सुख र दुःख महशुश गर्दछु, त्यस्तै, तपाईं पनि सुख र दुःख महशुश गर्नुहुन्छ । (मौन) तर दुर्भाग्यवश, म ठानिरहेको छु कि यो अमेरिकी सुख र दुःख हो, अनि त्यो भारतीय सुख र दुःख हो.... सुख र दुःख वास्तवमा एउटै हुन्छ । यो न त अमेरिकी हो न त अफ्रिकी । सुख र दुःख एउटै हुन्छन् । त्यसैले, जब मैले म अमेरिकी सुख र दुःख महशुश गरिरहेको छु भन्ने ठान्दछु भने, जब यस्तो चेतना समाप्त हुन्छ तब मात्र हामी वास्तविक चेतना प्राप्त गर्दछौँ । किनभने चेतना अमेरिकी पनि हुँदैन र अफ्रिकी पनि हुँदैन । यदि मैले तपाईंलाई चिमोटेँ भने तपाईंले महशुश गर्ने पीडा त्यही हो जुन पीडा अफ्रिकीले महशुश गर्दछ । त्यसकारण, चेतना एउटै हुन्छ । कृत्रिम रूपमा हामी अमेरिकी चेतना र अफ्रिकी चेतना भनेर सोचिरहेका हुन्छौँ । वास्तवमा यो सत्य होइन । केवल यो गलत बुझाइलाई हटाउनुपर्दछ । त्यसलाई चेतोदर्पणमार्जनम् (चै.च. अन्त्यलीला २०।१२) । के यो सत्य होइन र ?
भव–भूतिः अँ हो, श्रील प्रभुपाद, यो सत्य हो ।
प्रभुपादः के सुख र दुःखको अनुभव गर्ने चेतना कहिल्यै अमेरिकी अथवा भारतीय हुन सक्छ र ?
भव–भूतिः सक्दैन ।
प्रभुपादः यो समान हुन्छ । कृत्रिम रूपले हामी यसलाई अमेरिकी दुःख अथवा भारतीय दुःख भन्ने सोचिरहेका छौँ । त्यो गलत हो । यो गलत आवरणलाई हटाउनुपर्दछ । त्यसपछि, हामी कृष्णभावनाभावित बन्दछौँ । अनुभव अर्थात् चेतना कहिल्यै पनि अमेरिकी, अफ्रिकी अथवा भारतीय हुन सक्दैन । चेतना एउटै हुन्छ । जब तपाईंलाई भोक लाग्छ, के अमेरिकीहरूले छुट्टै किसिमको भोक र अफ्रिकीहरूले छुट्टै किसिमको भोक अनुभव गर्छन र ? अतः भोक एउटै हुन्छ । अब यदि तपाईं यो अमेरिकी भोक हो र यो भारतीय भोक हो भन्नुहुन्छ भने त्यो गलत हो । त्यसकारण, जब तपाईं यो गलत धारणाबाट मुक्त हुनुहुन्छ तब तपाईं कृष्णभावनामृतलाई प्राप्त गर्नुहुन्छ । नारद–पञ्चरात्रमा यसको वर्णन गरिएको छ, सर्वोपाधि–विनिर्मुक्तं तत्परत्वेन निर्मलम् हृषीकेण हृषीकेश–सेवनं भक्तिरुच्यते (चै.च. मध्यलीला १९।१७०) । जब हामी यस्ता गलत उपाधिहरूबाट मुक्त हुन्छौँ.... अमेरिकी चेतना, भारतीय चेतना, अफ्रिकी चेतना, यस्तो हुँदैन, यो सबै गलत हो । पशुपक्षीहरूले समेत चेतना अर्थात् सुख र दुःखको महशुश गर्दछन् । जस्तै, चर्को घाम लाग्दा तपाईं केही पीडा भएको अनुभव गर्नुहुन्छ । के त्यो पीडा अमेरिकी, भारतीय अथवा अफ्रिकी हुन्छ ? चर्को घाम (हाँस्दै) को अनुभव.... यदि तपाईं भन्नुहुन्छ कि म अमेरिकी शैलीको घामको ताप अनुभव गरिरहेको छु....
प्रभुपाद (हिन्दीमा): तिमी के भन्दछौ ? के यो सम्भव हुन्छ ?
भारतीय महिलाः अहँ, यो सम्भव छैन ।
प्रभुपादः यो सबै गलत हो । र प्रत्येक वस्तु चेतनामा आधारित हुन्छ । प्रत्येक वस्तु चेतनामा आधारित हुन्छ । त्यसकारण, कृष्णभावनामृत नै वास्तविक र आदर्श चेतना हो ।