NE/Prabhupada 0563 - कुकुरलाई एउटा नराम्रो नाम देऊ र त्यसलाई झुण्ड्याइदेऊ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0563 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - In...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0562 - मेरो प्रमाण वैदिक साहित्य हो|0562|NE/Prabhupada 0564 - म भन्छु,'कृपया भगवानको अादेश पालन गर । कृपया भगवानलाई प्रेम गर्ने प्रयास गर ।'|0564}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|lXwL-C0FxFE|कुकुरलाई एउटा नराम्रो नाम देऊ र त्यसलाई झुण्ड्याइदेऊ - Prabhupāda 0563}}
{{youtube_right|ArR2p7DDQJg|कुकुरलाई एउटा नराम्रो नाम देऊ र त्यसलाई झुण्ड्याइदेऊ - Prabhupāda 0563}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/681230IV-LA_part04_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681230IV-LA_part04_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:52, 29 January 2021



Press Interview -- December 30, 1968, Los Angeles


पत्रकार: म तपाईलाई सोध्न चाहन्छु.....मेरो मत छ, तर म तपाईलाई सोध्न चाहन्छु | तपाईलाई किन लाग्छ कि आजका युवा वर्ग पूर्वीय-आधारित धर्मतिर धेरै लाग्दै छन् ?

प्रभुपाद: किनकि तपाईले तिनीहरुलाई सन्तुष्टि दिन असफल हुनुभयो |

पत्रकार: तपाई के ?

प्रभुपाद: तपाईले तिनीहरुलाई सन्तुष्टि दिन असफल हुनुभयो | तपाईको जीवनको यस भौतिकवादी तरिकाले तिनीहरुलाई धेरै सन्तुष्ट गर्दैन | एक स्तर हुन्छ, सुरुवातमा, जबा कोहि गरिबीको मारमा हुन्छ, उसले सोच्न सक्छ कि "पैसा र स्त्री र राम्रो घर, राम्रो गाडीले मलाई सन्तुष्टि दिन्छ |" तिनीहरु यस पछाडी छन् | तर आनन्द लिएपछि, तिनीहरु देख्छन् "ओहो, त्यहाँ कुनै सन्तुष्टि छैन |" किनकि पद्धार्थले तपाईलाई सन्तुष्ट पार्न सक्दैन | त्यसैले तपाइको स्तर, विशेषगरी अमेरिकामा, तपाईसँग पर्याप्त आनन्द छ | तपाई सँग पर्याप्त भोजन छ, तपाईसँग पर्याप्त स्त्री छन्, तपाईसँग पर्याप्त मदिरा छ, तपाईसँग पर्याप्त घर छन्- सबै पर्याप्त | यसले देखाउँछ कि भौतिक विकासले सन्तुष्टि दिन सक्दैन | भ्रान्ति र असन्तुष्टि तपाईको देशमा भारतमा भन्दा धेरै छ, जसलाई गरिबीको मारमा परेको भनिन्छ | तपाई देख्नुहुन्छ ? तर तपाईले भारतमा पाउनुहुन्छ कि अझै पनि, तिनीहरु गरिबीको मारमा परे तापनि, किनकि तिनीहरुले त्यो पुरानो संस्कृतिलाई निरन्तरता दिंदै छन्, तिनीहरु विचलित छैनन् | हो | तिनीहरु इन्च-इन्चमा मार्दैछन्, तर अझ पनि तिनीहरु सन्तुष्ट छन् | "ठिक छ |" तपाई देख्नुहुन्छ ? किन ? किनकि तिनीहरुसँग अध्यात्मिक स्तरको थोरै स्वाद छ | त्यसैले अहिले यो जरुरि छ कि मानिसले अध्यात्मिक जीवन लिउन् | त्यसले तिनीहरुलाई खुसी बनाउनेछ | कुनै आशा छैन | यी सब मानिसहरु, तिनीहरु अन्धकारमा छन् | तिनीहरुलाई थाहा छैन कि तिनीहरु कहाँ जाँदै छन् | तिनीहरुको लक्ष्य छैन | तर जब तपाई अध्यात्मिक रुपले अवस्थित हुनुहुन्छ, तपाईलाई थाहा हुन्छ तपाई के गर्दै हुनुहुन्छ, तपाई कहाँ जाँदै हुनुहुन्छ, तपाईको भविष्य के हो | सब स्पष्ट हुन्छ | तपाई देख्नुहुन्छ |

पत्रकार: मैले यो धेरै संक्षिप्तमा बुझ्दैछु | अर्को शब्दमा तपाई अनुभव गर्नुहुन्छ कि पश्चिमी-आधारित चर्च, त्यो चाहे आराधनालय होस् वा चर्च होस्, प्रस्तुत गर्न असफल भएको छ..... के तपाई भन्नुहुन्छ कि यसको सन्देश समसामयिक छैन वा कि तिनीहरुले आफ्नो सन्देश प्रस्तुत गर्न असफल भए ?

प्रभुपाद: होइन | कुरा यो हो कि यी पश्चिमी चर्चहरु, इशाई धर्म जस्तै, यी सुसमाचार बोलिएका थिए धेरै, धेरै अघि प्राचिन मानिसहरुलाई, तपाई देख्नुहुन्छ ? जेरुसलेम | यी मानिसहरु मरुभूमिमा बस्दै थिए र तिनीहरु त्यति विकसित थिएनन् | त्यसैले त्यो समयमा..... अवश्य पनि, बाइबलमा वा पुरानो वसीयतनामामा, भगवानको अवधारणा छ, त्यो सब राम्रो छ | तर तिनीहरु......जस्तै यो वर्णन,"भगवानले यो संसार बनाउनुभयो |" त्यो तथ्य हो | अब ती मानिसहरु त्यति विकसित थिएनन्..... अब, वर्तमान समयमा, मानिसहरु वैज्ञानिक हिसाबले विकसित थिए | तिनीहरु जान्न चाहन्थे कि यो सिर्जना कसरी भयो | तपाई देख्नुहुन्छ > त्यो व्याख्या त्यहाँ छैन, न ठ चर्चले दिन सक्यो | तपाई देख्नुहुन्छ | तसर्थ तिनीहरु सन्तुष्ट छैनन् | केवल आधिकारिक हिसाबले चर्च जान्छन र प्रार्थना गर्छन, त्यो तिनीहरुलाई आकर्षक छैन | त्यो भन्दा बाहेक, व्यवहारिक हिसाबले, तिनीहरु धार्मिक सिद्धान्त पालन गर्दैनन् | जस्तै पुरानो वसियतनामामा, त्यहाँ, मेरो मतलब, दश आदेश छन्, र त्यहाँ आदेश छ कि "तिमीले मार्नुहुँदैन |" तर मार्ने गतिविधि इशाई संसारमा प्रधान छ | तिनीहरु कसाईखाना धेरै नियमित हिसाबले चलाईरहेका छन्, र तिनीहरुले एउटा सिद्धान्त उत्पादन गरेका छन् कि पशुको आत्मा हुँदैन, तिनीहरुले अनुभव गर्दैनन्- किनकि तिनीहरुले मार्नुपर्छ | "कुकुरलाई नराम्रो नाम देउ र त्यसलाई झुण्ड्याउ |" किन पशुले अनुभव गर्न सक्दैनन् ? किन तपाईहरु यी पाप गर्दै हुनुहुन्छ ? त्यसैले पुजारी वर्ग, तिनीहरुले पनि भन्दैनन्, तिनीहरुले छलफल गर्दैनन्, सब शान्त छन् | त्यो भनेको जानेर-बुझेर, मेरो मतलब, दश आदेश नमान्ने | त्यसैले धार्मिक सिद्धान्त कहाँ छ ? यदि तपाई आफ्नो शास्त्रको आदेश मान्नुहुन्न के यसको मतलब यो हो कि तपाई धर्म राम्ररी पालन गर्दै हुनुहुन्छ ? तपाई त्यो कसरी मार्न सक्नुहुन्छ जुन तपाईले सिर्जना गर्न सक्नुहुन्न ? र यो त्यहाँ राम्ररी भनिएको छ,"तिमीले मार्नुहुन्न |" जवाफ के हो ? किन तिनीहरु मार्दै छन् ? जवाफ के हो ? तपाई कसरी जवाफ दिनुहुन्छ ?

पत्रकार: के तपाई मलाई सोध्दै हुनुहुन्छ ?

प्रभुपाद: हो |

पत्रकार: हो, अवश्य पनि "तिमीले मार्नु हुँदैन" एउटा नैतिकता हो, र यो असामयिक र मान्य छ, तर मानिस वास्तवमा रुची राख्दैन........

प्रभुपाद: तिनीहरु धर्ममा रुची राख्दैनन् | यो केवल देखावट हो | तब तिनीहरु कसरी खुसी हुन् सक्छन् ? यदि तपाई नियम पालन गर्नुहुन्न, तब तपाइको धर्म कहाँ छ ?

पत्रकार: म तपाईसँग झगडा गर्दै छैन | म तपाईसँग यसमा सहमत हुन सक्दिन | म पूर्ण सहमतिमा छु को | यसको कुनै अर्थ लाग्दैन | "तिमीले मार्नुहुन्न," "तिमीले म बाहेक अरु भगवानको आराधना गर्नुहुन्न," "तिमीले छिमेकिको सम्पतिमा आँखा लाउनुहुन्न," "तिमीले आफ्ना पिता र मातालाई सम्मान गर्नुपर्छ," यी सुन्दर नीति छन्, तर तिनीहरु पालन भयेक छैनन् |

प्रभुपाद: "तिमीले आफ्नो छिमेकिको श्रीमती अपहरण गर्नुहुन्न |"

पत्रकार: पत्नी, लोभ |

प्रभुपाद: यो कसले पालन गर्दै छन् ?

पत्रकार: कोहि छैन | धेरै कम |

प्रभुपाद: तपाई देख्नुहुन्छ ? तपाई कसरी आशा गर्नुहुन्छ कि उनीहरु धार्मिक छन् | र धर्म बिना, मानव समाज पशु समाज हो |

पत्रकार: ठिक छ, तर मलाई यो सोध्न दिनुहोस् | यस मार्गमा..... अहिले मैले तपाईलाई सोधेको होइन......

प्रभुपाद: लिनुहोस् | लिनुहोस् |

पत्रकार: धन्यवाद |