NE/Prabhupada 0308 - आत्माको कर्तव्य कृष्ण भावना हो

Revision as of 06:18, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0308 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 2, 1968


युवक मान्छे(२): हामीले कसरी मन नियन्त्रण गर्न सक्छौँ ?

प्रभुपाद : यो हो प्रशिक्षण | मात्र तिमी कृष्णको सेवामा आवद्द हौ | यो व्यावहारिक हो | जस्तै जप गरेर, एउटा १० वर्षको केटा ऊ पनि संलग्न छ | उसको मन कृष्णको ध्वनिमा समर्पण छ | उसको अरु इन्द्रियहरु, खुट्टा र हात, काम गर्दै छन्, नाच्दै छन् | त्यसैले हामीले हाम्रो मनलाई प्रशिक्षण गर्नुपर्छ, हाम्रो मन सधै कृष्ण भावनामा लगाउनु पर्छ | त्यसले तिमीलाई पक्का बनाउँछ | र त्यो सबैतिर सम्भव छ | तिमिलाई कुनै पनि ठाउँमा कृत्रिम रूपले बसेर केहि कुरामा ध्यान गरेर बस्नु पर्ने आवश्यक छैन | तिमीले हरे कृष्ण महामंत्र जप गर्नसाथ्, मन परिवर्तन हुन्छ, तुरुन्तै तिमीले कृष्ण सम्झिन्छौ, कृष्णको सन्देश सुन्नमा, कृष्णको लागि काम गर्ने, धेरै कुरा | त्यसको लागि प्रशिक्षण चाहिन्छ |

युवक मान्छे (2): जब तिमी घामको झिल्का होऊ, त्यसैले भन्नलाई ....

प्रभुपाद: हो |

युवक मान्छे(२): तपाँईले आफ्नो बारेमा केहि सोच्न सक्नु हुन्छ ?

प्रभुपाद: किन सक्दिन ? म स्वतन्त्रन हुँ |

युवक मान्छे(२): र जब तपाइँ सोच्नुहुन्छ, तपाँई किन कृष्णको बारेमा सोच्नुहुन्छ ? प्रभुपाद : म सानै भएपनि, म स्वतन्त्र छु | म संग सोच्ने, महशुस गर्ने, चाहना गर्ने शक्ति छ | हामीले त्यो गर्दै छौँ | हामी स्वतन्त्र छौँ | तिमी यहाँ तिम्रो स्वतन्त्र चाहनाले आएका होऊ | कोसैले पनि तिमीलाई जबर्जस्ति गरेको होइनन् | यदि तिमीलाई मन छ भने, तिमी जान सक्छौ | कोहि यहाँ आउँछन् , कोहि कहिल्यै आउँदैनन् , कोहि सधैँ आउँछन् | किन ? यदि तिमी सानै भएपनि, तिमी स्वतन्त्र छौ | यदि यो वद्द अवस्थामा पनि तिमी धेरै स्वतन्त्र छौ, धेरै स्वतन्त्र | र जब तिमी शुद्द हुन्छौ, पूर्ण आत्मा, तिमीलाई थाहा छैन कि तिमी कति धेरै स्वतन्त्र छौ भनेर | त्यसले केहि फरक गर्दैन कि तिमी सानो छौ भनेर, तर तिमी अध्यात्मिक आत्मा होऊ भनेर | तिमीले त्यो सानो आत्मालाई किन देख्दैनौ, जुन कुनै चिकित्सक, चिकित्सक विज्ञानले देख्न सकेको छैन, जहाँ आत्मा छ, तर आत्मा त्यहाँ छ | त्यो वास्ताविक हो | जब शरीरबाट आत्मा निस्किन्छ, अनि शरीर काम नलाग्ने हुन्छ | त्यो महोत्वपूर्ण तत्व के हो | त्यो सम्भव छैन किनकि त्यो ज्यादै सानो छ कि , तिम्रो यो भौतिक आँखाले अथवा माइक्रोस्कोपले अथवा कुनै पनि स्कोपले पत्ता लगाउन सक्दैन | त्यसैले तिनीहरु भन्छन् कि त्यहाँ आत्मा छैन | तर तिनीहरु वर्णन गर्न सक्दैन् कि के चाहिँ गयो भनेर | त्यो सानो आत्मा पनि कति महत्वपुर्ण छ कि, जबसम्म त्यो आत्मा शरीरमा थियो, त्यसले शरीरलाई ताजा, राम्रो र सुन्दर बनाईराख्थ्यो | तर जब त्यो गयो, त्यो तुरुन्तै दुर्गन्धित हुन थाल्छ | यो हेर त | औसधिको सुई हाले जस्तै | एउटा सानो, थोरै अन्नले, एकदम तन्दुरुस्त राख्छ | यो त्यस्तै खालको कुरा हो, यो धेरै शक्तिमान छ | तिमीलाई त्यो आत्माको शक्ति कति छ भनेर थाहा छैन | त्यो तिमीले सिक्नु पर्छ | त्यो हो आत्मा सात्क्ष्यातकार | यो तपस्या गर्ने तरिका, एउटा ठाउँमा चुप लगेर बस्ने, शरीरको स्थुल अवस्थाको लागि मात्रै सिफारिश गरिएको छ | कोहिलाई यो कुरामा ध्यान गर्न लगाउ कि, "म यो शरीर हुँ ?" र अध्यन गर तिमीले देख्न सक्छौ कि, "होइन| म यो शरीर होइन | म यो शरीर भन्दा भिन्न छु |" र अरु ध्यानहरु गरेर : "यदि म यो शरीर होइन भने, शारीरिक क्रियाकलापहरु कसरी चलीरहेको छ ?" यो सबै क्रियाकलाप त्यहि सानो आत्माले गर्दा भएको हो, म आफै | कसरी शरीर ठुलो हुन्छ ? आत्माको उपस्थितिमा | जस्तै यो बच्चा, यो बच्चाले सानो आकारको शरीर पाएको छ | अब, यो बच्चा ज्याङ्गो र बलियो भएर युवा अवस्था पुग्छ जस्तै २४ वर्षको उमेरमा जस्तै | र अब एउटा शरीर जान्छ, र अर्को शरीर आउँछ | त्यो कसरी सम्भव छ ? आत्माको उपस्थितिमा त्यो सानो आत्माले कसरी काम गरिरहेको छ | तर यदि त्यो सानो आत्मालाई शरीरबाट निकालियो अथवा गयो भने, यो शरीर कत्ति पनि परिवर्तन हुदैन अथवा बढ्दैन| यिनीहरु तपस्या सम्बन्धिका बिषय हुन् | तर जब तिमी "म यो शरीर होइन | म यो शरीर हुँ " भन्ने बुझाईमा आउँछौ | अनि अर्को स्तर भनेको "आत्माको काम के हो ?" त्यो आत्माको काम भनेको कृष्ण चेतना हो, कृष्ण चेतनाको लागि कार्य गर्ने | त्यसैले अहिलेको अवस्थामा हामीले आत्माको कार्यको बारेमा सोच्नु पर्छ | अरु वस्तुहरु आफै आउँछ | अहिलेको अवस्थामा त्यो सम्भव छैन कि तिमी कुनै ठाउँमा गएर शान्त संग बसेर तपस्या गरेर केहि कुराका ध्यान गरेर बस्नलाई ... त्यो कुरा यो समयमा सम्भव छैन | त्यो सम्भव छैन | यदि तिमीले कृत्रिम रूपमा प्रयास गरेपनि, त्यो असम्भव हुन्छ | त्यसैले तिमीले यो तरिका अपनाउनु पर्छ, हरेर् नाम हरेर् नाम हरेर् नाम एव केवलम् कल्औ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च आदि १७|२१) यो कलियुगमा, हरे कृष्ण महा मन्त्र जप्न बह्येक अरु केहि उपाए छैन | यो व्यावहारिक हो, वास्तविक तथ्य हो |