NE/Prabhupada 0339 - भगवान् नियन्त्रणकर्ता हुनुहुन्छ, हामी नियन्त्रित छौं

Revision as of 07:30, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0339 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 5.5.2 -- Hyderabad, April 11, 1975


त्यसैले जबसम्म हामी यो भौतिक स्तरमा हुन्छौँ, शारीरिक चेतनामा, अनि त्यहाँ भिन्नता आउँछ : "म भारतीय हुँ " "तिमी अमेरिकन हौ ", तिमी अंग्रेज हौ," "तिमी यो हौ, त्यो हौ, " धेरै कुराहरु, धेरै उपाधिहरु | त्यसैले, यदि तिमीलाई अध्यात्मिक स्तरसम्म पुग्न मन छ भने, शूत्र भनेको सर्वोपाधि-विनिर्मुक्तम् | सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् (चै च अध्य १९|१७०)| त्यो सुरुवात हो | त्यो सुरुवात भनेको ब्रह्म-भूतको स्तर हो | ब्रह्म भूत ... (श्री भा ४|३०|२०)| त्यहि कुरा | यो होइनकी पञ्चरात्र​, सर्वोपाधि-विनिर्मुक्तम्, अन्द् ब्रह्म​-भूतः प्रसन्नात्मा (भा गी १८|५४), तिमीले जहाँ वैदिक सिद्धान्त पाउँछौ, त्यहि एउटै कुरो | त्यसिले यो अधिकारिक | त्यहाँ भिन्नता छैन | भौतिक स्तरमा तिमीले एउटा पुस्तक लेख्छौ, म एउटा पुस्तक लेख्छु, र मलाई तिम्रो कुरा चित्त बुझ्दैन र तिमीलाई मेरो कुरो चित्त बुझ्दैन | त्यो भौतिक स्तर हो | तर अध्यात्मिक स्तरमा, त्यहाँ आत्मासात्क्ष्यातकार स्तर हुन्छ | त्यहाँ केहि गल्ति हुदैन, त्यहाँ भ्रम हुदैन, त्यहाँ अपूर्ण इन्द्रिय हुदैन र त्यहाँ झुटो बोलिदैन | त्यो अध्यात्मिक स्तर हो | त्यसैले भगवद गीता भन्छ, ब्रह्म​-भूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति (भा गी १८|५४)| त्यहि कुरो नारद पञ्चरात्र​मा पनि उल्लेख गरिएको छ : सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् हृषीकेण हृषीकेश​- सेवनं भक्तिर् उच्यते (चै च अध्य १९|१७०) यो स्तरमा आउने हाम्रो योजना हो, अध्यात्मिक स्तर, जहाँ ऋषिकेन ... ऋषिका भनेको इन्द्रिय, भौतिक इन्द्रिय र अध्यात्मिक इन्द्रिय | त्यसैले अध्यात्मिक इन्द्रिय भनेको के हो ? अध्यात्मिक इन्द्रिय भनेको इन्द्रियबिना हो | होइन | इन्द्रिय शुद्द गर्ने | यो अशुद्द इन्द्रियमा सिमित भएर म सोच्दै छु कि, "यो शरीर भारतीय हो ; त्यसैले म भारतलाई सेवा गरिरहेछु," "यो शरीर अमेरिकन हो र म अमेरिकालाई सेवा गर्न आएको हुँ |" यो उपाधि हो | तर अध्यात्मिक इन्द्रिय भनेको सर्वोपाधि-विनिर्मुक्तम् - "म कत्ति पनि भारतीय छैन अहिले, अमेरिकन छैन, ब्राह्मण छैन , शुद्र छैन " उसोभए म को हुँ त ? चैतन्य महाप्रभुले भन्नुभए जस्तै, कृष्णले भन्नुभए जस्तै सर्व​-धर्मान् परित्यज्य माम् एकम्... (भा गी १८|६६)| त्यो अध्यात्मिक स्तर हो, त्यो "म यो धर्म त्यो धर्म भन्ने होइन |" म कृष्णमा शरण परेको एक आत्मा हुँ |" सर्वोउपाधि विनिर्मुक्तम (चै च मध्ये १९|१७०) यदि कोहि, म आत्मा हुँ भन्ने अध्यात्मिक स्तरमा आईपुग्दछ | आहं ब्रह्मास्मि | म भगवानको अंश हुँ ..." माम्ऐवांशो जीव​-भूतः (भा गी १५|७) | कृष्ण भन्नुहुन्छ, "यी सबै जीवात्माहरु, तिनीहरु मेरा अंश हुन् | " मनः षष्ठानीन्द्रियाणि प्रकृति-स्थानि कर्षति: (भा गी १५|७) "ऊ जीवनको लागि संघर्ष गर्दै छ, मन र शरीरको अधिनमा रहेर | यो स्तर हो | त्यसैले कृष्ण चेतनाको अभियान भनेको मानिसलाई "तिमी यो शरीर होइनौ, यो मन होइनौ, बुद्धि होइनौ, तर यो भन्दा माथि छौ | तिमी आत्मा हौ |" त्यसैले कृष्ण त्यो पुस्टि गर्नुहुन्छ कि मामैवांश​ | त्यसैले कृष्ण अध्यात्मिक हुनुहुन्छ, परम अध्यात्मिक, अनि तिमी अध्यात्मिक आत्मा हौ | तर फरक मात्र के हो भने उहाँ परम हुनुहुन्छ ; हामी उहाँको मातहत हौँ | नीत्यो नित्यानां चेतनश् चेतनानाम् एको यो बहूनां विदधाति... (क ऊपनिषद् २|२|१३)| यो वैदिक सिद्धान्त हो | उँहा पनि जीवात्मा हुनुहुन्छ, हामी पनि जीवात्मा हौँ, तर उहाँ परम हुनुहुन्छ र हामी मातहत हौँ | त्यो फरक हो | एको यो बहूनां विदधाति कामान् | यो हाम्रो स्तर हो | यो आत्मा सत्क्ष्यातकार हो | जब तिमीले यो बुझछौ, कृष्ण अथवा परम भगवान अथवा भगवान, जे भन्छौ, उहाँ परम अध्यात्मिक परमात्मा हुनुहुन्छ, र हामी त्यो परमआत्माको अध्यात्मिक आत्मा हौँ, र उहाँनै पालनकर्ता हुनुहुन्छ, हामी उहाँलाई पालन गरिरहेका छौँ | उहाँ परम हुनुहुन्छ, हामी अंश हौँ," त्यसैले यो पहिलो सात्क्ष्यातकार हो | यो ब्रह्म-भूत हो | र यदि तिमीले ब्रह्म-भूत अवस्थामा आफुलाई विकास गर्यौ भने, हुनसक्छ धेरै जन्म पछि तिमीले कृष्ण को हो भनेर | त्यो बहूनां जन्मनाम् अन्ते (भा गी ७|१९)| कृष्ण भगवत गीतमा भन्नुहुन्छ, बहूनां जन्मनाम् अन्ते (भा गी ७१९)| जो मान्छे ज्ञानवान छ, बुद्धिमान छ, उसको काम भनेको वासुदेवः सर्वम् इति स महात्मा सुदुर्लभः (भा गी ७|१९)| अनि उसले वासुदेव बुझ्न सक्छ, वासुदेवको पुत्र कृष्ण, सर्वस्व चिन्न सक्छ | त्यो सात्क्ष्यातकार चाहिन्छ | त्यो कृष्णचेतनाको पूर्णता हो |