NE/Prabhupada 0340 - कोहि मर्न चाहँदैनन्, तर हामी बाध्यतापूर्वक मर्नुपर्छ

Revision as of 07:33, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0340 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 9.1 -- Melbourne, June 29, 1974


नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते कृष्णाय कृष्ण​-चैतन्य​- नाम्ने ग्और​-त्विषे नमः (चै च अध्य १९|५३)|

श्रीला रुप गोस्वामी, जब उहाँले चैतन्य महाप्रभुलाई प्रयागमा भेट्नु भयो .... भारतमा प्रयाग भन्ने एक तीर्थ स्थल छ | त्यसैले श्री चैतन्य महाप्रभु, जब उहाँले सन्यास जीवन स्वीकार गर्नुभयो, उहाँ प्रयाग र अरु तिर्थस्थल जानुभयो | त्यसैले श्रीला रुप गोस्वामी, उहाँ सरकारी मन्त्रि हुनुहुन्थ्यो, तर उहाँले सबै त्याग्दिनुभयो, र श्री चैतन्य महाप्रभुको साथ हरे कृष्ण अभियानमा आवद्द हुनुभयो| त्यसैले जब उहाँले पहिलोपल्ट भेट्नुभयो, उहाँले यो श्लोका प्रस्तुत गर्नुभयो महा-वदान्याय​ | वदान्याय​ भनेको "एकदम उदार |" त्यहाँ भगवानको धेरै अवतार छन्, तर रुप गोस्वामिले भन्नुहुन्छ, "अहिले भगवानको यो अवतार, श्री चैतन्य महाप्रभु धेरै उदार हुनुहुन्छ |" नमो महा- वदान्याय, किन उदार ? कृष्ण​-प्रेम​-प्रदाय ते : "यो संकिर्तन अभियानले तिमीले कृष्ण सजिल्यै प्राप्त गर्न सक्छौ |" कृष्णलाई बुझ्न धेरै गाह्रो काम छ | कृष्णले व्यक्तिगत रुपमा भगवत गीतामा भन्नुहुन्छ, मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये (भा गी ७|३) "लाखौँ लाखौँ मान्छेहरुमा," यो जीवनमा मात्रै होइन, पहिलेको जीवनमा | मनुष्याणां सहस्रेषु, " लाखौँ मान्छेहरुमध्ये, कश्चिद् यतति सिद्धये," कोहि व्यक्ति पूर्णताको मार्गमा आउन चाहन्छ |" खासगरी, तिनीहरुसँग ज्ञान छैन कि के हो पूर्णता भनेर | पूर्णता भनेको के हो, तिनीहरुलाई थाहा छैन | पूर्णता भनेको यो जन्म, मृत्यु, बुढोपन र रोग रोक्ने कार्य हो | यो हो पूर्णता | सबैजना पूर्णता खोजिरहेका छन्, तर तिनीहरुलाई थाहा छैन कि के हो पूर्णता भनेर | पूर्णता भनेको जब तिमि यी चार अपूर्णताबाट मुक्त हुन्छौ | त्यो के हो ? जन्म, मृत्यु, बुढोपन ए रोगि | सबै | कोहि मर्न चाहँदैन, तर त्यहाँ जबर्जस्ति मृत्यु छ : तिमी मर्नै पर्छ | त्यो अपूर्णता हो | तर यी दुस्टहरु, यिनीहरुलाई थाहा छैन | तिनीहरु यो सोच्छन् कि हामी मर्नुपर्छ | तर होइन | किनकि तिमि नित्य छौ, तिमी मर्नको लागि होइनौ, तर प्रकृतिले तिमीलाई जबर्जस्ति गरिरहेछ कि, तिमी मर्नै पर्छ |