NE/Prabhupada 0467 - मैले कृष्णको चरणकमलको आश्रय लिएको कारण म सुरक्षित छु

Revision as of 07:57, 24 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0467 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 7.9.8 -- Mayapur, February 28, 1977


प्रभुपाद: प्रल्हाद महाराज, त्यस्ता महान भक्त एवं अधिकारी, उनले भन्छन्, किं तोष्टुम् अर्हति स मे हरिर् उग्र​-जातेः "म धेरै भयानक परिवारमा जन्मिएको छु | अवश्य पनि मैले मेरो पिता, मेरो परिवार, आसुरी परिवारको गुण प्राप्त गरेको छु | र ब्रह्माजी र अरु देवताहरुजस्ता व्यक्तिहरु, उनीहरुले भगवानलाई सन्तुष्ट पार्न सकेनन, मैले के गर्न सक्नेछु ?" एउटा वैष्णवले त्यसरी सोच्छन् | वैष्णव, प्रह्लाद महाराज दिव्य, नित्य-सिद्ध भए तापनि, उनले आफुलाई आफ्नो परिवारजस्तै सोच्छन् | जस्तै हरिदास ठाकुर | हरिदास ठाकुर जगन्नाथ मन्दिरमा प्रवेश गर्नुहुँदैनथ्यो | उही कुरा, पाँच सय वर्ष अगाडी, उनीहरुले हिन्दुबाहेक अरुलाई जगन्नाथ मन्दिरमा प्रवेश गर्न अनुमति दिंदैनथे | उही कुरा अझै चल्दैछ | तर हरिदास ठाकुर कहिल्यै पनि बलपूर्वक प्रवेश गरेनन् | उनले आफुलाई सोचे कि,"हो, म नीच स्तरको व्यक्ति हुँ, नीच स्तरको परिवारमा जन्मिएको | मैले जगन्नाथसँग प्रत्यक्ष रुपमा संग्लग्न पूजारी र अरुलाई किन विचलित पार्ने ? हुँदैन, हुँदैन |" सनातन गोस्वामी मन्दिरको ढोका जाँदैनथे | उनले आफुलाई सोचे,"मलाई छोएर पूजारीहरु अशुद्ध हुन्छन् | म नगएको राम्रो हुन्छ |" तर जगन्नाथ स्वयं उनलाई भेट्न सधैं आउनुहुन्थ्यो | भक्तको स्थान यस्तो हुन्छ | भक्त धेरै विनम्र हुन्छन्, तर भक्तको गुण प्रमाणित गर्न भगवानले उनीहरुको ख्याल राख्नुहुन्छ | कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति (भ गी ९|३१) | त्यसैले हामी सधैं कृष्णको आश्वासनमा निर्भर हुनुपर्छ | कुनै पनि अवस्थामा, कुनै खतरनाक अवस्थामा, कृष्ण...... अवश्य रक्षिबे कृष्ण विश्वास पालन (शरणागति) | यो शरणागति हो | शरणागति भनेको...... एउटा कुरा भनेको कृष्णमा पूर्ण श्रद्धा, कि "मेरो भक्तिमय सय सम्पन्न गर्न धेरै खतरा हुन सक्छन्, तर मैले कृष्णको चरणकमलको आश्रय लिएको कारण म सुरक्षित हुन्छ |" कृष्णप्रतिको यो श्रद्धा | समाश्रिता ये पद​-पल्लव​-प्लवं महत्-पदं पुण्य​-यशो मुरारेः भवाम्बुधिर् वत्स​-पदं परं पदं पदं यद् विपदां न तेषाम् (श्री भा १०|१४|५८) पदं पदं पदं यद् विपदां न तेषाम् | विपदम् भनेको "भयानक स्थिति |" पदं पदं, यो भौतिक जगतमा हरेक पाइला- न तेषाम्, भक्तको लागि होइन | पदं पदं यद् विपदां न तेषाम् | यो श्रीमद भागवतम हो | साहित्यिक दृष्टिकोणबाट पनि धेरै उच्च | त्यसैले प्रह्लाद महाराज........ जस्तै कविराज गोस्वामी | उहाँले चैतन्य चरितामृत लेख्नुभयो, र आफुलाई प्रस्तुत गर्दा उहाँ भन्नुहुन्छ, पुरीषेर कीट हैते मुञि से लघिष्ठ जगाइ माधाइ हैते मुञि से पापिष्ठ मोर नाम येइ लय तार पुण्य क्षय (चै च आदि ५|२०५) त्यस्तै | चैतान्य चरितामृतका लेखक, उहाँले आफुलाई यसरी प्रस्तुत गर्नुभयो | "विष्टाको किराभन्दा नीच |" पुरीषेर कीट हैते मुञि से लघिष्ठ​ | र चैतन्य-लीलामा, जगाइ-मधाइ, दुई दाजुभाईलाई सबभन्दा पापी मानिन्थ्यो | तर उनीहरुको पनि उद्वार भयो | कविराज गोस्वामी भन्नुहुन्छ,"म जगाइ-मधाइभन्दा पापी छु |" जगाइ मधाइ हैते मुञि से पापिष्ठ मोर नाम येइ लय तार पुण्य क्षय "म यति धेरै नीच छु कि यदि कसैले मेरो नाम लियो भने उसले गरेका सम्पूर्ण पुण्यहरु नष्ट हुन्छ |" यस प्रकारले उहाँले प्रस्तुत गर्नुहुन्छ | र सनातन गोस्वामीले आफुलाई प्रस्तुत गर्नुहुन्छ, नीच जाति नीच कर्म नीच सङ्ग​... यी कृत्रिम होइनन् | एक वैष्णवले वास्तवमा त्यस्तो सोच्छन् | ती वैष्णव हुन् | उनी कहिल्यै घमण्डी हुँदैनन्...... र ठिक उल्टो: "ओहो, मसँग यो छ | मसँग यो छ | म समान को छ ? म यति धेरै धनि छु | म यो र त्यो हुँ |" त्यो भिन्नता हुन्छ | त्यसैले हामीले यस तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना सिक्नुपर्छ र प्रह्लाद महाराजको चरणचिह्नको अनुसरण गर्नुपर्छ | तब हामी पक्का पनि नृसिंह​-देव​, कृष्णद्वारा कुनै असफलता बिना स्वीकारिनेछौं |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: जय प्रभुपाद !