NE/Prabhupada 0470 - मुक्ति पनि अर्को ठगी हो

Revision as of 08:02, 24 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0470 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 7.9.9 -- Mayapur, March 1, 1977


श्रीधर स्वामीले बन्नुभएको छ कि मुक्ति अर्को छल हो | किन मुक्ति ? कृष्णले माग गर्नुहुँदैन कि "जबसम्म तिमी मुक्त हुन्छौ, तिमीले सेवा गर्न सक्दैनौ |" होइन | तपाईले कुनै पनि परिस्थितिमा सेवा गर्न सक्नुहुन्छ | अहैतुक्य् अप्रतिहता | यो होइन कि हामी सर्वप्रथम मुक्त हुनुपर्छ | किनकि जब तपाईले भक्ति सुरु गर्नुहुन्छ, तपाई पहिल्यै मुक्त हुनुहुन्छ | यो स्तर यति महान छ कि एक भक्त, कुनै अरु ध्येय बिना ऊ पहिल्यै मुक्त हुन्छ | ब्रह्म-भूयाय स कल्पते | मां च य ऽव्यभिचारेणि भक्ति-योगेन यः सेवते स गुणान् समतीत्य्ऐतान् ब्रह्म​-भूयाय कल्पते (भ गी १४|२६) | तत्काल | सर्व धर्मान् परित्यज्य माम् एकं शरणं व्रज अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि... (भ गी १८|६६) यदि कृष्णले तपाईको पापी जीवनको सम्पूर्ण फल नाश गर्ने जिम्मा लिनुहुन्छ, त्यो भनेको तत्काल तपाई मुक्त हुनुहुन्छ | मुक्ति भनेको...... हामी यो भौतिक जगतमा बद्ध छौं किनकि हामीले एक पछी अर्को बन्धन सिर्जना गर्दैछौं | नूनं प्रमत्तः कुरुते विकर्म (श्री भा ५|५|४) | किनकि हामी यस्तो स्थितिमा छौं कि हामीले विपरित रुपमा कार्य गर्नुपर्छ, अनुचित रुपमा, तपाईले इच्छा नगए पनि....... तपाई एउटा कमिला नमार्न धेरै सावधान भए पनि, अप्रत्यक्ष रुपमा, तपाईले हिंड्दा धेरै कमिलाहरु मार्नुहुन्छ | र यो नसोच्नुहोस् कि त्यसो गर्दा तपाई पापी हुनुहुँदैन | तपाई पापी बन्नुहुन्छ | विशेषगरी जो अभक्त छन्, तिनीहरु हत्याको लागि जिम्मेवार हुनुपर्छ, हिंड्दा धेरै साना जीवहरुलाई मारेर वा...... तपाईले पानीको भाँडो देख्नुभएको छ | त्यसमा धेरै साना जीवहरु हुन्छन् | त्यो भाँडोलाई सार्दा पनि तपाईले धेरै जीवहरुलाई मार्नुहुन्छ | चुल्होमा आगो बाल्दा, त्यहाँ धेरै जीवहरु हुन्छन् | तपाईले तिनीहरुलाई मार्नुहुन्छ | त्यसैले सचेत रुपमा, अचेत रुपमा, हामी यो भौतिक जगतमा यस्तो स्थितिमा छौं कि धेरै, धेरै सावधान भए पनि हामीले पाप गर्नुपर्छ | तपाईले जैनहरुलाई देख्नुभएको छ, उनीहरु अहिंसा पछी छन् | तपाईले देख्नुहुन्छ कि तिनीहरुले यस्तो एउटा कपडा रक्छन्, टको साना किराहरु मुखमा प्रवेश नगरुन | तर यी कृत्रिम हुन् | तपाईले रोक्न सक्नुहुँदैन | हावामा धेरै जीवहरु हुन्छन् | पानीमा धेरै जीवहरु हुन्छन् | हामीले पानी पिउँछौं | तपाईले रोक्न सक्नुहुन्न | यो सम्भव छैन | तर यदि तपाईले आफुलाई भक्तिमय सेवामा एकाग्र राख्नुहुन्छ, तब तपाई बद्ध हुनुहुँदैन | यज्ञार्थे कर्मणो ऽन्यत्र लोको ऽयं कर्म​-बन्धनः (भ गी ३|९) | यदि तपाईको जीवन यज्ञ, कृष्णको सेवा गर्नको लागि समर्पित छ, तब हामीले अज्ञानतावश गरेका अपरिहार्य पापहरुको लागि हामी जिम्मेवार हुँदैनौं | मन्ये मिथे कृतं पापं पुण्यय एव कल्पते | त्यसैले हाम्रो जीवन केवल कृष्ण भावनाप्रति समर्पित हुनुपर्छ | तब हामी सुरक्षित हुन्छौं | अन्यथा हामी आफ्ना गतिविधिका धेरै फलद्वारा बद्ध हुनुपर्छ र जन्म-मृत्युको चक्रमा बाँधिनुपर्छ | माम् अप्राप्य निवर्तन्ते मृत्यु-संसार​-वर्त्मनि (भ गी ९|३) | नूनं प्रमत्तः कुरुते विकर्म यद् इन्द्रिय​-प्रीतय आपृणोति न साधु मन्ये यतो आत्मनो ऽयम् असन्न् अपि क्लेशद आस देहः (श्री भा ५|५|४) सबभन्दा सुरक्षित परिस्थिति भनेको हामी सदैव कृष्ण भावनामा संग्लग्न हुनु हो | तब हामीले अध्यात्मिक विकास गर्छौं र पापको फलबाट सुरक्षित हुन्छौं |