NE/Prabhupada 1063 - सबै कृयकलापहरुका कृया प्रतिकृयाहरू पाईने अवस्थाबाट हामीहरुले छुटकारा पाउनु पर्दछ

Revision as of 11:21, 25 June 2015 by Visnu Murti (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 1063 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

660219-20 - Lecture BG Introduction - New York

हामीले यो बर्तमान जीवनमा पनि आफ्नो कामको फल, कृयकलापहरूको मजा उठाईरहेका हुन्छौ। जस्तै, यदि म ब्यापारि हुँ र मैले बुध्दि लगाएर काम गरे भने मेरो बैकमा धेरै धनराशि जम्मा हुन्छनै। अनि त म त्यो धनको भोग्ता हुनेछु। यसै गरी यदि मैले धेरै पैसा लगानि लगाएर कुनै ब्यापार गर्न थाले भने, तर ब्यापार सफल भएन भने मेरो सबै पैसा सकिन्छ। यसो भए पछि म दुखि हुने छु। यस प्रकारले हामीहरुले सबै क्षेत्रमा आ-आफ्नो जीवनभर आफ्नै कामको फल भोगिरहेका हुन्छौ। यसलाई कर्म भनिन्छ। यसरि ईश्वर, जीव र प्रकृति, अथवा भगवान, अर्थात जीविव वस्तुहरू, भौतिक प्रकृति, शाश्वत समय, अनि आफ्नो बिभिन्न कृयकलापहरू। यो सबै बिषयवस्तुका बारेमा भगवत गीतामा उल्लेख गरिएको छ। अब यी पाँच बिषयहरू मध्ये, भगवान, जीव, भौतिक प्रकृति र समय। यि चार वस्तुहरूचै शाश्वत रहन्छन। अब प्रकृतिको अभिब्यक्ति हुनु अस्थायी हो, तर यो मिथ्या होईन। कोहि कोहि दर्शनिकहरूले यो भौतिक प्रकृति मिथ्या हो भन्छन। तर भगवत गीता या वैष्णवहरुको दर्शनका अनुसार यो जगतको अभिब्याक्तिलाई मिथ्याको रुपमा स्वीकार गरिएको छैन। उनिहरूले यो अभिब्यक्तिलाई वास्तविक तर अस्थायी हो भनेर मान्दछन। जस्तै आकाशमा बादल छाउछ र अनि क्मसः बर्षा ऋतु सुरु हुन्छ, अनि बर्षा ऋतुमा हामी जसरि वरिपरि हरीयाली छाएको देख्छौ,-- अनि जब बर्षा ऋतु गएपछि बादल पनि कतै गएर लुप्त हुन्छ। अनि क्रमसः हरीयाली सुक्छ र जमीन फेरि रुखो हुन्छ। त्यसै गरि, यो भौतिक अभिब्यक्ति कुनै समयको अन्तरालमा देखा पर्ने गर्दछ। यो जानकारी हामीले भगवत गीताको पन्नाबाट पडेर पाउदछौ, भूत्वा भूत्वा प्रलियते (गीता ८-१९) यो अभिब्याक्त या प्रकाशमा आउने बिचित्र समयको अन्तरालमा देखा पर्दै हराउने गर्दछ। प्रकृिको काम यहि हो। तर यो काम नित्य भईरहन्छ। यसै कारणले प्रकृतिलाई नित्य मानिएको हो। यो मिथ्य होईन। किनभने भगवानले पनि यो स्वीकार गर्नु भएको हो, भनिएको छ- मम प्रकृति- मेरो प्रकृति-- भनेर। अपरेयाम ईतस्तु विध्दिमे प्रकृतिम परम (गीता ७-५) भिन्न प्रकृति, बिखण्ड भएको प्रकृति, अपरा प्रकृति। यो भौतिक प्रकृति चै भगवानबाट बिखण्ड भएको शक्ति हो। अनि सबै जीवहरू, ति पनि भगवानको शक्तिस्वारुप हो तर छुटिएको,बिखण्डित भएको अवस्थामा। तिनीहरू नित्य रहिरहन्छन। यसो हुँदा भगवना, जीवहरू, प्रकृति, भौतिक प्रकृति, समय- यी सबै शाश्वत् रहन्छन। तर अर्को वस्तु, कर्म चै नित्य होईन। कर्मको या कृयकलापको प्रभाव पहिले देखिको पुरानो हुनसक्ला। हामीहरूले असीम समयदेखि गरिल्याएका कामको नतिजाको कारण अहिले कि दुखः कि सुखः भोगिरहेका छौ। तरै पनि हामीहरुले अा-अाफ्नो काम या कर्मको नतिजालई बदल्न सक्छौ। यसो गर्नमा हाम्रो अाफ्नै सुध्द ज्ञानमा निर्भर हुन्छ। हामीहरू निसंंदेह बिभिन्न किसिमका काममा लागिरहेका हुन्छौ। हामीलाई अाफैलाई थाहा हुंदैन कस्तो काम गर्न लागिरहेका छौ भनेर। र कस्तो कामले हामीलाई कृया प्रतिकृया पाउन बाट मुक्त हुईन्छ भनेर थाहा हुंदैन। यो जानकारि पनि भगवत गीतामै दिईएको छ। अब हेरौ, ईश्वरको अवस्था हो सर्वोच्च चेतना। भगवान या ईश्वरको अवस्थाहो सर्वोच्च चेतनशील हुनुँ। जीवहरू उनै भगवानको एक अंश भएकाले चेतनशील भएका हुन्छन। जीवहरूमा चेतना हुन्छ। जीवहरूलाई प्रकृतिको रुपमा बर्णन गरिएको छ, शक्ति, अनि भौतिक प्रकृतिलाई पनि प्रकृतिकै रुपमा बर्णन गरिएको छ। तर यी दुइ मध्ये, एउटा चै प्रकृति, जीवहरू चेतनशील छन। अर्को चै प्रकृतिमा चेतना छैन। भिन्नता यहि हो। यसै कारण जीव प्रकृतिलाई उच्च मानिएको छ किनभने उस्को चेतना भगवानको संग मिल्छ। भगवानको चेतना परम हो। अन्त कसैले पनि जीव पनि परम चेतनशीलनै हो भनेर दावी गर्नु हुँदैन। हुँदैन तेस्तो। कस्तै शिध्द अवस्थामा पुगेपनि जीव परम चेतन कहिले पनि हुन सक्दैन। यस्तो दावी गरेकाहरू भ्रमपुर्ण शिद्वान्त हो। भ्रामक सिद्वान्त। तरै पनि जीव चेतनशील चै हो। तर परम चेतनशील चै कदापि होईन।