NE/Prabhupada 0005 - प्रभुपादको जीवन ३ मिनटमा

Revision as of 05:28, 9 April 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0005 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Co...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Interview -- September 24, 1968, Seattle

पत्रकारः के तपाइँले अाफ्नाे बारेमा केही बताउन सक्नुहुन्छ ? जस्तै की तपाइँको शिक्षा दीक्षा कहाँ भएकाे थियाे र कसरी तपाइँ श्रीकृष्णकाे शिष्य बन्नु भयाे ।

प्रभुपादः मेराे जन्म तथा शिक्षा दीक्षा कलकत्तामा भएकाे थियाे । कलकत्ता मेराे गृह नगर हाे । मेराे जन्म सन् १८९६ मा भएकाे थियाे र म मेराे पिताजीकाे प्रिय पुत्र थिएँ, त्यसकारण मेराे शिक्षा अलि ढिला सुरू भयाे , तापनि , म ८ वर्षकाे सम्म उच्च माध्यामिक, हाइ स्कुलमा अध्ययन गरीरहेकाे थिए । प्राथमिक विद्यालय मा ४ वर्ष , उच्च माध्यमिक विद्यालयमा ८ वर्ष , र कलेजमा ४ बर्ष । त्यसपछि म गान्धीजीकाे राष्ट्रिय अभियानसंग जाेडिन पुगेँ । र राम्रो संयाेगवस् सन् १९९२ मा मैले मेराे गुरू महाराजलाई भेटें । र त्यही समयबाट म यस मार्गमा छु , र बिस्तारै मैले गुहस्थ जीवन त्याग गरेँ । मेराे विवाह सन् १९१८ मा भएकाे थियाे जुन समयमा म तेस्राे वर्षकाे विध्यार्थी थिएँ । र मेरा बच्चाहरू पनि भए । म व्यापार गरीरहेकाे थिएँ । र सन् १९५४ मा मैले गृहस्थ जीवनबाट सन्यास लिएँ । ४ वर्षसम्म म एक्लै थिएँ , बिना परिवारकाे । त्यसपछि मैले सन् १९५९ मा सन्यास लिएँ । त्यसपश्चात मैले पुस्तक लेखनमा अाफुलाइ समर्पित गरेँ । मेराे पहिलाे प्रकाशन सन् १९६२ मा अायाे , जसमा ३ वटा पुस्तक थिए , र सन् १९६५ मा तपाइँको देश तर्फ लागेँ । र यहाँ सितम्बर १९६५ मा अाइपुगेँ । त्यही समयबाट, म अमेरिका, क्यानडा र इ्युराेपमा कृष्णभावनामृतकाे प्रचाकाे प्रयास गरीरहकाे छु । र बिस्तारै केन्द्रहरूका बिस्तार भइरहेका छन्। शिष्यहरू पनि बढिरहेका छन् । हेराैँ अब अघाडि के गर्न सकिनछ।

पत्रकारः स्वयं तपाइँ शिष्य कसरी बन्नु भयाे ? तपाइ के हुनुहुन्थ्याे , वा शिष्य बन्नु अघि कसकाे पालना गर्नु हुन्थ्याे ?

प्रभुपादः त्यही सिद्धान्त जुन मैले पहिले भने , अास्था । मेराे एउटा साथीले मलाइ तानेर बलपूर्वक मेराे गुरू महाराजकाे समीपमा लगे । र जब मैले मेराे गुरूसंग संवाद गरेँ , म प्रेरित भएँ । त्यही समयबाट अंकुरकाे सुरूवात भयाे ।