NE/Prabhupada 0022 - कृष्ण भाेकाे हुनुहुन्न

Revision as of 11:37, 26 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0022 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 1.8.18 -- Chicago, July 4, 1974

श्रीकृष्ण भन्नुहुन्छ , "मेरा भक्त , प्रेमसहित , "

याे मे भक्तया प्रयच्छति ।
(भ गी ९।२६)

कृष्ण भाेकाे हुनुहुन्न । श्रीकृष्ण भाेकाे भएकाे कारणले गर्दा तपाइकाे अर्पण स्वीकार गर्नकाे लागि अाउनुभएकाे हाेइन । हाेइन । उहाँ भाेकाे हुनुहुन्न । उहाँ स्वयं पूर्ण हुनुहुन्छ , र अाध्यात्मिक संसारमा उहाँ सेवित हुनुहुन्छ , लक्ष्मि सहस्र शत सम्भ्रम सेवयमानम्, उहाँ सयाै हजाराै लक्ष्मीद्वारा सेवित हुनुहुन्छ ।

तर कृष्ण निकै नै कृपालु हुनुहुन्छ , किनभने यदि तपाइ कृष्णकाे गम्भीर प्रेमी हुनुहुन्छ भने , उहाँ तपाइकाे पत्रं पुष्पं स्वीकार गर्न अाउनुहुन्छ । चाहे तपाइ सबैभन्दा गरीब नै किन नहुनुहुाेस् , उहाँ ती सबै वस्तु स्वीकार गर्नुहुन्छ , जुन तपाइ संकलन गर्न सक्नुहुन्छ एउटा पत्र (पात) , थाेरै पानी , एउटा फुल । संसारकाे कुनै पनि भागमा , कुनै पनि व्यक्तिले संकलन गर्न र कृष्णलाइ अर्पण गर्न सक्छ । "हे कृष्ण , मसंग अर्पण गर्नकाे लागि केही पनि छैन म निकै गरीब छु , । कृपया याे स्वीकार गर्नुहाेस् । " कृष्णले स्वीकार गर्नुहुनेछ । कृष्ण भन्नुहुन्छ , तद अहम् अष्नामी, "म खान्छु " त्यसकारण मुख्य कुरा भक्ति हाे , स्नेह , प्रेम ।

त्यसकारण यहाँ अलक्क्षयम् भनिएकाे छ । कृष्ण देखिइनु हुन्न , भगवान् देखिइनु हुन्न , तर उहाँ यति कृपालु हुनुहुन्छ उहाँ तपाइकाे अघाडि अाउनुभएकाे छ , तपाइकाे भाैतिक अाखाले देखिइनु हुन्छ । कृष्ण यस भाैतिक जगत अन्तर्गत देखिइनुहुन्न , भाैतिक अाखाँ । जस्तै कृष्णकाे अभिन्न अङ्ग । हामी कृष्णकाे अभिन्न अङ्ग हाैँ , सारा जीवात्मा , तर हामी एक अर्कालाइ देख्न सक्दैनाै । तपाइले मलाइ देख्न सक्नुहुन्न , म तपाइलाइ देख्दिन । " हाेइन , म तपाइलाइ देख्छु । " तपाइ के देख्नुहुन्छ ? तपाइ मेराे शरीर देख्नु हुन्छ । त्यसाे भए , जब अात्मा याे शरीर छाेडेर जान्छ , तपाइ किन रूनु हुन्छ , " मेराे बुवा जानुभयाे ? " बुवा किन जानुभयाे ? बुवा त यही लडिरहनु भएकाे छ । त्यसाेभए तपाइले के देख्नुभयाे ? तपाइ अाफ्नाे बुवाकाे मृत शरीर देख्नुभएकाे छ , तपाइकाे बुवालाइ हाेइन । त यदि तपाइ श्रीकृष्णकाे अंश , अात्मालाइ देख्न सक्नुहुन्न , भने कसरी तपाइ कृष्णलाइ देख्न सक्नुहुन्छ ?

त्यसकारण शास्त्र भन्छ ,

अत: श्री कृष्ण-नामादि न भवेद ग्राहयम् इन्द्रियैह (सीसी मध्य १७।१३६)।

यी तेजहीन भाैतिक अाखाँ , उसले श्रीकृष्णलाइ देख्न सक्दैनन् , वा कृष्णकाे नाम सुन्न सक्दैनन् , नामादी । नाम अर्थात नाम । नामकाे मतलब नाम , रूप , गुण , लीला । यी बस्तुहरू तपाइका अपुर्ण भाैतिक अाखाँ वा इन्द्रियहरूबाट बुझ्न सकिदैन । तर यदि यी पवित्र हुन्छन् , सेवन्मुखे हि जिहवादौ(सीसी मध्य १७।१३६), यदि यी भक्तिकाे प्रक्रियाबाट पवित्र हुन्छन् भने , तपाइ श्रीकृष्णलाइ सदा र सर्वत्र देख्न सक्नुहुन्छ ।

तर सामान्य व्यक्तिकाे लागि , अलक्षयंः अदृश्य हुनुहुन्छ । कृष्ण सर्वत्र हुनुहुनछ , भगवान् सर्वत्र हुनुहुनछ , अंदांतर स्थ परमाणु चावान्तर स्थम् । त अलक्क्षयम् सर्व-भूतानाम्(श्री भ १।८।१८)। यद्यपि कृष्ण बाहिर र भित्र दुवैतिर हुनुहुन्छ , तैपनि हामी भगवान् श्रीकृष्णलाइ तबसम्म देख्न सक्दैनाै जबसम्म हामीसँग उहाँलाइ देख्ने अाखाँ हुदैनन् । त्यसकारण याे कृष्णभावनामृत अान्दाेलन अाखा खाेल्नकाे लागि हाे कि कृष्णलाइ कसरी देख्न सकिन्छ , र यदि तपाइ कृष्णलाइ देख्न सक्नुहुन्छ , अंतह बहिह , त तपाइकाे जीवन सफल हुन्छ । त्यसकारण शास्त्र भन्दछ कि , अंतर बहिर । अंतर बहिर यदि तपसा ततह किम् नान्तर बहिर यदि हरिस तपसा ततह किम हरेक व्यक्ति पूर्ण बन्ने प्रयास गरीरहेकाे छ , तर पूर्णताकाे अर्थ हुन्छ जब कुनै व्यक्तिले श्रीकृष्णलाइ बाहिर र भित्र देख्न सक्छ । याे नै पूर्णता हाे ।