NE/Prabhupada 0037 - जसले कृष्णलाई जान्नुहुन्छ, उहाँ गुरु हुनुहुन्छ

Revision as of 03:22, 2 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0037 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 7.1 -- Hong Kong, January 25, 1975


कसरी भगवानका शक्तिहरुको विषयमा जान्न सकिन्छ, कसरी बुझ्न सकिन्छ भगवानको सृजनात्मक शक्ति, अनि भगवानको शक्तिस्वरुप के होला, अनि उहाँले यो सबै कसरी श्रृजना गर्नु हुन्छ- यो सबै बहुत ठुलो विज्ञान हो। यो नै श्रीकृष्ण विज्ञान हो। कृष्णतत्व ज्ञान।

येइ कृष्ण-तत्व वेत्ता, सेइ गुरु हय (सी सी मध्य ८।१२८)

चैतन्य माहाप्रभुले बताउनु भएको छ, गुरु को हुनुहुन्छ भनेर। गुरुको अर्थ येइ कृष्ण-तत्व वेत्ता, सेइ गुरु हय: "जसले श्रीकृष्णको बारेमा जानेको हुनुहुन्छ उहाँ गुरु हुनुहुन्छ |" गुरु उत्पन्न गर्न सकिदैन । जसले कृष्णलाइ सकेसम्म जान्नुहुन्छ .... हामीलाई थाहा हुन सक्दैन। श्रीकृष्णको विषयमा सतप्रतिशत जान्न त सम्भव हुँदैन। त्यो सम्भव छैन | भगवानका शक्तिहरु अनगन्ती छन। परास्य शक्तिर विविधैव श्रूयते (सी सी मध्य १३।६५ अभिप्राय) ।

भगवानको एक शक्ति एक प्रकारले कार्यरत भईरहेको हुन्छ भने अर्को शक्ति अर्कै किसिमले चलिरहेको हुन्छ। तर ती सबै भगवान श्रीकृष्णकै शक्तिहरू हुन। परास्य शक्तिर विविधैव श्रूयते । मयाध्यक्षेण प्रकृति: सूयते स चराचरम् (भ गी ९।१०) प्रकृति--- हामी यो फुल प्रकृतिबाट उम्रिएको पाउछौं, फुल मात्र होईन, धेरै धेरै वस्तुहरू उम्रीरहेका हुन्छन, केवल बीज बाट। गुलाबको बीजबाट गुलाबको बोट उम्रिन्छ। बेलको बीजबाट बेलको बोट। यस्तो कसरी भइरहेको छ? उही जग्गा, उही पानी अनि बीउ पनि उस्तै देखिन्छ, तर उम्रने बेलामा आफ्नो आफ्नै किसिमले उम्रिन्छ। यस्तो कसरी सम्भव छ ? यो नै हो- परास्य शक्तिर विविधैव श्रूयते स्वाभाविकी ज्ञान ।

सामान्य मानिसहरु अथवा तथाकथित वैज्ञानिकहरूले भन्छन् "यो ' प्रकृतिले उत्पादन गरेको हो |" तर तिनिहरूलाई प्रकृति भनेको के हो, प्राकृतिक गतीविधीहरुको निरिक्षण कसले गरिरहेको छ भन्ने कुरा थाहा छैन, भौतिक प्रकृति कसरी कार्यनवयन भईरहन्छ | यो कुरा भगवत गीतामा बताईएको छ मयाध्क्षेण (भ गी ९।१०) | श्रीकृष्णले भन्नुभएको छ "मेरो निगरानीमा प्रकृतिले काम गरिरहेको छ |" यो तथ्य हो। प्रकृति, पदार्थ-- स्वचालित ढंगले पदार्थ आफै सम्मिलित हुदैँन। यी गगनचुम्बी भवनहरू, पदार्थहरुबाट बनाईएका हुन, तर आफै पदार्थहरू गगनचुम्बी भवन बनिनलाई भेला भएका त होईनन्। त्यस्तो सम्भव छैन । त्यहाँ सानो, सुक्ष्म आत्मा, ईन्जीनियर या वास्तुकार, जसले पदार्थलाई लिएर सजाएर गगनचुम्बी भवन बनाउछ। यो हाम्रो अनुभव हो। त्यसैले पदार्थ स्वाचालित काम गरिरहेको छ भनेर कसरि भन्न सकिन्छ? पदार्थ आफै केहि गर्न सक्दैन। यसलाई उच्चकोटिको दिमागको आवश्यकता पर्दछ, उच्च हात, यसै कारण उच्च पद्यति।

जस्तै यो भौतिक जगतमा हामीसंग उच्च पद्यति छ, सुर्य, सुर्यको गती, तापशक्ति, सुर्यको उज्यालो शक्ति | यसलाई कसरी प्रयोगमा ल्याईएको छ? यो कुरा शास्रमा लेखिएको छ: यस्याज्ञया भ्रमति सम्भ्रत काल चक्रो गोविदं अादि पुरुषं तं अहं भजामि (ब्र स ५।५२) सुर्यलोक पनि यो पृथ्वी जस्तै ग्रह हो। यो जगतमा धेरै धेरै राष्ट्रपतिहरू छन, तर पहिला त यहाँ केवल एकजना राष्ट्रपति थिए, यस्तैगरि प्रत्येक लोकहरूमा लोकपतिहरू छन। सुर्यलोकमा पनि त्यस्तै छन भन्ने ज्ञान हामी भगवत गीताबाट पाउछौं। श्रीकृष्णले भन्नुहुन्छ, इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम्: (भ गी ४।१) | "मैले सर्वप्रथम भगवत गीताको विज्ञान विवश्वानलाई बताएको थिएँ |" विवश्वान सुर्यलोकका लोकपति हुन, र उहाँको छोरा हुन मनु। यो समय हो | यो समय चलिरहेको छ | यसलाई वैवस्वत मनुको समय अवधि भनिन्छ | वैवस्वत भनेको विवश्वानबाट आएको, विवश्वानका पुत्र। उहाँको नाम हो वैवस्वत मनु।