NE/Prabhupada 0042 - यो दिक्षालाई गम्भीरतापूर्वक लिनुहोस्

Revision as of 11:49, 29 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0042 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Initiation Lecture Excerpt -- Melbourne, April 23, 1976

चैतन्य चरितामृतमा, श्रील रुप गोस्वामीलाई शिक्षा दिदै, चैतन्य महाप्रभुले भन्नुभयो,

एइ रुपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान जीव
गुरु कृष्ण कृपाय पाय भक्ती लता बीज
(सी सी मध्य ११९।१५१)

जीवात्माहरु, जीवनको एक रुप बाट अर्को रुपमा स्थानान्तरगमन गरिरहेका छन् र एक ग्रह बाट अर्कोमा भट्कीरहेका छन्, कहिले निम्न श्रेणीमा, कहिले उच्च श्रेणीमा । यो चलिरहेको छ । यसलाई भनिन्छ, संसार चक्र वर्त्मनि (भ गी ९।३)। हिजो राति, हामीले व्याख्या गरिरहेका थियौ, मृत्यु संसार वर्त्मनि | यो शब्द नै प्रयोग गरिएको छ, मृत्यु संसार वर्त्मनि । जीवनका एकदमै कठिन तरिकाहरू, मर्न को लागि। सबैजना मृत्युबाट भयभीत छन् किनभने कसैलाई थाहा छैन कि त्यसपछि के हुन्छ । जो मुर्ख छन्, तिनीहरु जनावर हुन् । जस्तै जनावरहरु कट्दै छन्, अर्को जनावरले सोच्दै छ कि, "म सुरक्षित छु" । त्यसैले अलिकति पनि बुद्धि भएको व्यक्ति मर्न र अर्को शरिर पाउन मन पराउदैन । र हामीलाई थाहा छैन कि हामीले कुन शरिर पाउनेछौ ।

त्यसैले गुरु र कृष्णको अनुग्रहले यो दीक्षा, यसलाई धेरै उदारतापूर्वक नलिनुहोस । यसलाई धेरै गम्भीर रुपमा लिनुहोस् । यो ठुलो अवसर हो । बिज मतलब बिउ, भक्ति बिउ । त्यसैले भगवानको सामु तपाईले जे प्रतिज्ञा गर्नुभएको छ, आध्यात्मिक गुरु, अग्नि र वैष्णवको सामु, कहिले पनि यो प्रतिज्ञाबाट पथभ्रष्ट न हुनुहोस । त्यसपछि तपाई आफ्नो आध्यात्मिक जीवनमा दृढ हुनुहुनेछ: कुनै अवैध यौन सम्बन्ध नगर्ने, कुनै प्रकारको मासाहार नगर्ने, कुनै जुवा नखेल्ने, कुनै नशा नगर्ने- यी चार होइन र हरे कृष्ण जप्ने - एक हो । चार होइन र एक हो । त्यसले तपाइको जीवन सफल बनाउने छ । यो धेरै सजिलो छ । यो कठिन छैन ।

तर माया धेरै शक्तिशाली छिन्, कहिलेकाही पथभ्रष्ट गरीदिन्छिन् । त्यसैले जब मायाले हामीलाई पथ भ्रष्ट गर्ने प्रयास गर्छिन्, बस कृष्णलाई प्रार्थना गर्नुहोस, " कृपया मलाई बचाउनुहोस् । म समर्पित छु, पूर्ण रुपले समर्पित, दयापुर्वक मलाई सुरक्षा दिनुहोस्," र कृष्णले तपाईलाई सुरक्षा दिनुहुनेछ। तर यो अवसरलाई न गुमाउनुहोस । यो मेरो आग्रह हो । मेरो सबै शुभकामना र आशिष तपाईहरु माथि छ ।

त्यसैले हामी सबै यो भक्तिको अवसर लिउँ, भक्ति लता बिज । माली हणा सेई बिज करे आरोपण (सी सी मध्य १९।१५२)। त्यसैले जब हामीले एक राम्रो बिज पाउछौ, हामीले त्यसलाई धर्तिमा रोप्नु पर्छ । उदाहरण यो हो कि, जसरी जब तपाईले प्रथम श्रेणीको गुलाबको फुलको बिज पाउनुहुन्छ, तपाईले उसलाई धर्तीमा रोप्नुहुन्छ र अलि अलि पानि हाल्नुहुन्छ । यो बढ्छ | त्यसैगरी यो बिज पानि हाल्नाले बढ्न सक्छ । त्यो पानि हाल्नु के हो ? श्रवण किर्तन जले करये सेचन (सी सी मध्य १९।१५२) यो भक्ति लता बिजमा पानि हाल्नु हो- श्रवण किर्तन, सुन्नु र जप्नु । तपाईले यस बारेमा अधिकाधिक सन्न्यासी र वैष्णव बाट सुन्नुहुनेछ । तर यो अवसर न गुमाउनुहोस । यो मेरो अनुरोध हो । धेरै धेरै धन्यवाद ।

भक्तहरु: जय श्रील प्रभुपाद !