NE/Prabhupada 0051 - मन्द बुद्धिले बुझ्न सक्दैन कि यो शरीरभन्दा पर के छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Interview with Newsweek -- July 14, 1976, New York


संवाद्कर्ता: के तपाईलाई लाग्छ कि कुनै दिन कृष्ण भावनामृत मानिस संसारका सबै मानिस माझ फैलिनेछ ?

प्रभुपाद: त्यो सम्भव छैन | यो सबभन्दा बुद्धिमान वर्गका मानिसको लागि हो | यो अभियान सबभन्दा बुद्धिमान वर्गका मानिसको लागि हो |

संवाद्कर्ता: तर सबभन्दा बुद्धिमान वर्ग मध्ये |

प्रभुपाद: कोहि बुद्धिमान वर्गको नभईकन, त्यसमा..... उसले बुझ्न सक्दैन | त्यसैले हामीले आश गर्दैनौं कि सबै बुद्धिमान छन् | कृष्ण ये भज से बड चतुर | जबसम्म कोहि धेरै बुद्धिमान हुँदैन, ऊ कृष्ण भावनाभावित हुन सक्दैन, किनकि यो भिन्न विषयवस्तु हो | मानिसहरु शारीरिक अवधारणामा बाँधिएका छन् | यो त्यसभन्दा पर छ | त्यसैले मन्द बुद्धिले बुझ्न सक्दैन कि यो शरीर भन्दा पर के छ | तपाईले आश राख्न सक्नुहुन्न कि सबैले कृष्ण भावनामृत बुझ्नेछन् | त्यो सम्भव छैन | संवाद्कर्ता: त्यहाँ आणुवंशिक पूर्णता सम्बन्धि धेरै चर्चा चलिरहेको छ, या भनौं, आणुवंशिक पूर्णताको प्रयास |

प्रभुपाद: आणुवंशिक के हो ?

संवाद्कर्ता: अँ...आणुवंशिक पूर्णता के हो ?

बलि-मर्दन: हामीहरु हिजो आणुवंशिकी विज्ञानको बारेमा छलफल गर्दै थियौं | तिनीहरु लक्षण बुझ्न खोज्छन्, कसरी शरीर र मन बनेको छ, र तिनीहरु त्यसलाई परिवर्तन गर्न खोज्छन् |

प्रभुपाद: त्यो हामीले पहिल्यै.... त्यो किताब कहाँ छ ?

रामेश्वर: स्वरूप दामोदरको किताब |

प्रभुपाद: हो | ल्याऊ |

रामेश्वर: तपाईको प्रश्न के हो?

संवादकर्ता: मेरो प्रश्न.... तपाईहरुले तकनिकी उपकरणको प्रयोग सम्बन्धि पहिले उल्लेख गर्दै हुनुहुन्थ्यो, र यदि कुनै समाज छ जहाँ केहि....

प्रभुपाद: त्यो किताब यहाँ छैन? कतै पनि?

संवाद्कर्ता: म तपाईलाई सोध्न चाहन्छु | यदि तकनिकी उपकरणबाट, मानव जातिको सुधार हुन्छ, अर्को शब्दमा, औसत मानिस अधिक बुद्धिमान छ, तपाईले अहिले जसलाई बुद्धिमान मानिस मान्नुहुन्छ....

प्रभुपाद: बुद्धिमान मानिस.....यदि मानिसले बुझ्दैन कि ऊ शरीर होइन- ऊ शरीरभित्र छ.... जस्तै तपाईसँग एउटा सर्ट छ | तपाई त्यो सर्ट होइन | जसले पनि बुझ्न सक्छ | तपाई सर्टभित्र हुनुहुन्छ | त्यसैगरी, जसले बुझ्छ कि ऊ शरीर होइन- ऊ शरीर भित्र छ.... त्यो जसले पनि बुझ्न सक्छ किनकि जब शरीर मर्छ, के फरक हुन्छ ? किनकि शरीरभित्रको आत्मा गयो, तसर्थ हामी त्यस शरीरलाई मृत भन्छौं |

संवाद्कर्ता: तर धेरै बुद्धिमान मानिसहरु छन् जो अध्यात्मिक हिसाबले प्रबुद्ध छैनन्, यहाँसम्म कि मानिसहरु जसले बुझछन् तिनीहरु शरीर होइनन्, वा शरीर सब कुरा होइन, शरीर मर्छ र त्यहाँ केहि अरु छ | किन यी मानिसहरु आध्यात्मिक रुपमा जागरुक छैनन् ?

प्रभुपाद: यदि मानिसले यस्तो सजिलो कुरा बुझ्दैन भने, कि ऊ शरीर होइन, तब ऊ पशुभन्दा कम हुँदैन | यो अध्यात्मिक स्तरको पहिलो बुझाइ हो | यदि उसले सोच्छ कि ऊ शरीर हो, तब ऊ पशुको श्रेणीमा नै पर्छ |

रामेश्वर: उहाँको प्रश्न यो हो कि.... यदि कसैलाई मरण पश्चातको जीवनमा विश्वास छ, र ऊ भौतिक स्तरमा पनि बुद्धिमान छ | किन ऊ स्वत:...?

प्रभुपाद: होइन, भौतिक स्तर बुद्धिमानी होइन | भौतिक स्तर भनेको "म यो शरीर हुँ | म अमेरिकी हुँ | म भारतीय हुँ | म स्याल हुँ | म कुकुर हुँ | म मानिस हुँ |" त्यो भौतिक बुझाइ हो | आध्यात्मिक बुझाइ त्योभन्दा पर छ, कि "म यो शरीर होइन |" र जब उसले त्यस अध्यात्मिक परिचय बुझ्न खोज्छ, तब ऊ बुद्धिमान हुन्छ | अन्यथा ऊ बुद्धिमान होइन |

संवाद्कर्ता: त्यसोभए के यसको मतलब...

प्रभुपाद: तिनीहरु मुढको रुपमा वर्णित छन् | मुढ भनेको गधा | यो पहिलो बुझाइ हो, कि एकले आफुलाई यो शरीरसँग चिन्नुहुँदैन |

संवाद्कर्ता: त्यो बुझाइ पछि के आउँछ....?

प्रभुपाद: जस्तै कुकुर | कुकुरले बुझ्छ कि ऊ कुकुर हो | यदि एउटा मानिसले पनि त्यसरी बुझ्छ- ऊ शरीर हो- तब ऊ कुकुरभन्दा केहि राम्रो हुँदैन |

संवाद्कर्ता: यो बुझाइ पछि अरु के बुझाइ आउँछ ?

बलि-मर्दन: जब तपाईले बुझ्नुहुन्छ कि तपाई यो शरीर होइन, त्यसपछि के आउँछ ?

प्रभुपाद: हो ! त्यो बुद्धिमान प्रश्न हो | तब मानिसले पत्ता लगाउनुपर्छ कि "म यो शारीरिक अवधारणामा मात्र लागेको छु | त्यसोभए मेरो काम के हो?" त्यो सनातन गोस्वामीको जिज्ञासा हो, कि " तपाईले मलाई यो भौतिक कार्यबाट राहत दिनुभयो | अब मलाई थाहा दिनुहोस् कि मेरो कर्तव्य के हो?" त्यस कारण मानिस आध्यात्मिक गुरु समक्ष जानुपर्छ, अब उसको कर्तव्य के हो भन्ने जान्नलाई, बुझ्नलाई | "यदि म यो शरीर होइन भने मेरो कर्तव्य के हो? किनकि म रात दिन यस शरीरको लागि व्यस्त छु | म खान्छु, म सुत्छु, म यौन सम्बन्ध राख्छु, म रक्षा गर्छु- यिनीहरु सबै शारीरिक आवश्यकता हुन् | यदि म शरीर होइन भने, मेरो कर्तव्य के हो?" त्यो बुद्धिमानी हो |

रामेश्वर: तपाईले भन्नुभयो,"तपाई यो शरीर होइन भनेर बुझेपछि अर्को कुरा के हो ?" प्रभुपाद भन्नुहुन्छ कि अर्को कुरा भनेको तपाईले के गर्नुपर्छ भनेर थाहा पाउनु हो, र त्यसको लागि, तपाईले आत्मा साक्षात्कार गरेको आत्माबाट या अध्यात्मिक गुरुबाट ज्ञान लिनुपर्छ |

संवाद्कर्ता:अध्यात्मिक गुरु उहाँको किताबको रुपमा |

बलि-मर्दन: व्यक्तिगत रुपमा या.... पुष्ट कृष्ण: प्रभुपादले बुझाउँदै हुनुहुन्थ्यो कि अहिले शारीरिक अवधारणामा हाम्रो यति धेरै कर्तव्यहरू छन् | हामी काम गरिरहेका छौं, हामी यौन सम्बन्ध राखिरहेका छौं, हामी खाइरहेका छौं, सुतिरहेका छौं, आत्मरक्षा गरिरहेका छौं- धेरै कुराहरु | यी सबै शरीरसँगको सम्बन्धमा | तर यदि म यो शरीर होइन भने मेरो कर्तव्य के हो? मेरो जिम्मेवारी के हो? त्यसैले अर्को कुरा भनेको जब मानिसले यो बुझ्छ, तब उसले अध्यात्मिक गुरुबाट उपदेश लिनैपर्छ, उन्नति गर्नुपर्छ र बुझ्नुपर्छ कि साँचो कर्तव्य के हो | यो अत्यन्त जरुरि छ |

प्रभुपाद: खान, सुत्न, यौन सम्बन्ध र रक्षाको लागि पनि हामीलाई एक शिक्षकबाट ज्ञान चाहिन्छ | मानौं खानलाई, हामी विज्ञबाट ज्ञान लिन्छौं कस्तो प्रकारको खाना हामीले खाने, कस्तो प्रकारको भिटामिन, कस्तो प्रकारको.... त्यसलाई पनि शिक्षा चाहिन्छ | र सुत्नलाई पनि शिक्षा चाहिन्छ | शारीरक अवधारणाको लागि पनि अरुबाट ज्ञान लिनुपर्छ | त्यसैले जब ऊ शारीरिक अवधारणाभन्दा माथि हुन्छ- उसले बुझ्छ कि "म यो शरीर होइन; म आत्मा हुँ"- उसले विज्ञबाट पाठ र शिक्षा लिनुपर्छ |