NE/Prabhupada 0053 - पहिलो कुरा भनेको हामीले सुन्नुपर्छ

Revision as of 06:55, 1 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0053 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 2.1.5 -- Delhi, November 8, 1973

त्यसैले हामी पनि प्रकृति हौँ | हामी पनि भगवानको शक्ति हौँ | र किनकि हामी पदार्थको स्रोतको उपयोग गर्न खोजिरहेका छौं, तसर्थ भौतिक वस्तुको मूल्य छ | अन्यथा, त्यसको मूल्य छैन, शुन्य | तर हाम्रो काम भनेको.... त्यो यहाँ वर्णित छ, कि किनती हामी यस पदार्थमा अल्झिएका छौं.. यो पदार्थ हाम्रो सरोकार होइन | हाम्रो सरोकार भनेको केवल यो पदार्थबाट कसरि बाहिर निस्कने हो | त्यो हाम्रो साँचो कर्तव्य हो | यदि तपाइलाई कर्तव्य चाहिन्छ भने, तब यहाँ सुझाव छ | के हो त्यो? श्रोतव्य: कीर्तितव्यस् च (श्री भा १।२।१४ ) । जबसम्म तपाई सुन्नुहुन्न, तपैले कसरि आफ्नो स्थिति बुझ्नुहुन्छ? जब तपाई भगवानलाई,कृष्णलाई बुझ्नुहुन्छ, र तपाईले बुझ्नुहुन्छ कि तपाई भगवानको अंश हो, या कृष्णको, तब तपैले आफ्नो स्थिति बुझ्न सक्नुहुन्छ:"ओहो! हामी भगवानका अंश हौँ |"

कृष्ण परमपुरुष हुनुहुन्छ, षड्-ऐश्वर्य-पूर्णं, सबै ऐश्वर्यले पूर्ण | जस्तै बाटोमा एउटा पागल छोरा भट्किरहेको छ, जब उसले राम्रो दिमागले बुझ्छ कि "मेरा पिता कति धनि हुनुहुन्छ, कति शक्तिशाली हुनुहुन्छ, र म किन बौलाहा जसरि सडकमा भट्किरहेको छु? मसंग खाना छैन, बास छैन | म ढोका-ढोकामा गएर मागिरहेको छु," तब ऊ आफ्नो चेतनामा आउनुहुन्छ | त्यसलाई ब्रह्म-भूत (श्री भा ४।३०।२० ) स्तर भनिन्छ | "ओहो! म, म यो पदार्थ होइन | म आत्मा हो, भगवानको अंश | ओहो!" त्यो चेतना हो | यस चेतना हामीहरु जगाउन कोसिस गर्न गरिरहेका छौं |

यो मानिसको लागि सर्वोत्तम कल्याणकारी सेवा हो, उसको हराएको चेतना जगाउने | उसले मुर्खातापुर्वक सोचिरहेको छ कि "म पदार्थको प्रतिफल हुँ, र मैले यो भौतिक जगतमा मेरा कुराहरु मिलाउनु छ |" यो मुर्खता छ | वास्तविक बुद्धिमानी भनेको ब्रह्म भुत, अहं ब्रह्मास्मि | अहं ब्रह्मास्मि "म भगवानको अंश हुँ | भगवान परम ब्रह्म हुनुहुन्छ | म, अंश भएको कारणले...."जस्तै सुनको, सुनको खानीको अंश, त्यो सानो झुम्का हुनसक्छ, त्यो पनि सुन हो | त्यसैगरी, समुद्रको पानीको सानो कणको पनि उही गुण हुन्छ, नुनिलो | त्यसैगरी, हामी, भगवानका अंश भएकाले, हामीसंग उही गुण छन् | गुणात्मक हिसाबले, हामी एक हौँ | किन हामी प्रेम पछि छौं ? किनकि त्यहाँ कृष्णमा प्रेम छ |

हामी यहाँ राधा-कृष्णको पुजा गरिरहेका छौं | मूल रुपमा प्रेम छ | तसर्थ हामी, भगवानको अंश भएकाले, हामी पनि प्रेम गर्न खोजिरहेका छौं | एक पुरुष अर्की महिलालाई प्रेम गर्न प्रयासरत छ, महिला अर्को पुरुष लाई प्रेम गर्न प्रयासरत छ | त्यो प्राकृतिक हो | त्यो कृत्रिम होइन | तर त्यो भौतिक आवरणमा विकृत छ | त्यो दोष छ | जब हामी भौतिक आवरणबाट मुक्त हुन्छौं, तब हामी गुणात्मक हिसाबले अानन्दमयो अभ्यासात (वेदांत सूत्र १।१।१२), खुसी.....जस्तो कृष्ण सधै नाच्नुहुन्छ.... तपाईले कृष्ण कहिल्यै भेट्न सक्नुहुन्न.... तपाईले कृष्णको तस्विर देख्नुभएको छ | उहाँ कालिया नागसंग लडाईं गर्दै हुनुहुन्छ | उहाँ नाच्नुहुन्छ | उहाँ त्यस नागसंग दराउनुहुन्न | उहाँ नाच्नुहुन्छ | जस्तो उहाँ गोपीसंग रास-लिलामा नाच्नुहुन्छ, त्यसैगरी, उहाँ नाग्संग नाच्नुहुन्छ | किनकि उहाँ अानन्दमयो अभ्यासात हुनुहुन्छ | उहाँ अानन्दमय हुनुहुन्छ, सधैं खुसी | सधैं | तपाईले कृष्णलाई देख्नुहुन्छ.....कृष्ण.....जस्तै कुरुक्षेत्रको लडाईं चलिरहेको छ | कृष्ण खुसी हुनुहुन्छ | अर्जुन उदास छन् किनकि उनी जीव हुँ, तर उहाँ उदास हुनुहुन्न | उहाँ खुसी हुनुहुन्छ | त्यो भगवानको प्रकृति हो | अानन्दमयो अभ्यासात | यो सुत्र हो, ब्रह्म-सुत्रमा, कि "भगवान आनन्दमय हुनुहुन्छ, सधै खुसी, सधै प्रसन्न |"

त्यसैले तपाई पनि प्रसन्न बन्नसक्नुहुन्छ जब तपाई घर फर्कनुहुन्छ, भगवद्धाम फर्कनुहुन्छ | यो हाम्रो समस्या छ | तसर्थ हामी कसरि त्यहाँ जान सक्छौं ? पहिलो कुरा भनेको हामीले सुन्नुपर्छ | श्रोतव्य: । केवल भगवान के हुनुहुन्छ सुन्नुहोस, उहाँको राज्य के हो, उहाँ कसरि कार्य गर्नुहुन्छ, कसरि उहाँ प्रसन्न हुनुहुन्छ | यी कुराहरु सुनिनुपर्छ | श्रवणम् | जब तपाई आश्वस्त हुनुहुन्छ "ओहो! भगवान कति राम्रो हुनुहुन्छ", तब तपाई यस खबर सारा संसारलाई वितरण गर्न या प्रसारण गर्न तत्पर हुनुहुन्छ | यो किर्तनं हो | यो किर्तनं हो |