NE/Prabhupada 0056 - शास्त्रमा बाह्र अधिकारीहरुको उल्लेख गरिएको छ

Revision as of 04:45, 29 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Hindi Pages with Videos Category:Prabhupada 0056 - in all Languages Category:HI-Quotes - 1976 Category:HI-Quotes - Mor...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 7.6.1 -- Madras, January 2, 1976

श्री प्रहराद उवाच
कौमार अाचरेत प्राज्ञो
धर्मान् भागवतान् इह
दुर्लभं मानुषं जन्म
तद अपि अध्रुवम् अर्थदम्
(श्री भा ७।६।१ )

यी प्रहलाद महाराज हुन् | उहाँ कृष्ण भावानामृतका अधिकारीहरु मध्ये एक हुनुहुन्छ | शास्त्रमा बाह्र अधिकारीहरुको उल्लेख गरिएको छ: स्वयम्भूर नारद: शम्भु: कुमार: कपिलो मनु: प्रहलादो जनको भीशमो बलिर वैय्यासकिर वयम् (श्री भा ६।३।२० ) यो यमराजको बयान हो धर्मका अधिकारीहरु बारे |

धर्म भनेको भागवत धर्म | मलाई लाग्छ मैले गए राति बताइसके, धर्म भनेको भागवत | धर्मं तु साक्षाद् भगवत्-प्रणीतं (श्री भा ६।३।१९ ) | जस्तै हाम्रो प्रधान न्यायाधिसले कानुनमा निर्णय दिनुहुन्छ, त्यसैले कानुन कुनै सामान्य मानिसबाट या व्यापारीबाट सिर्जित हुन सक्दैन, हुदैन | कानुन केवल राज्यबाट, सरकारबाट सिर्जित हुन सक्छ | कसैले सिर्जना गर्न सक्दैन | त्यो हुदैन.... यदि उच्च अदालतमा कसैले याचना गर्छ " सर मेरो आफ्नो कानुन छ |" न्यायाधिसले स्विकार्दैनन | त्यस्तैगरी, धर्म सिर्जना गर्न सकिन्न | चाहे तपाई धेरै ठुलो मानिस हुनुस.... प्रधान न्यायाधिस, उहाँले पनि कानुन बनाउन सक्नुहुन्न | कानुन राज्यबाट दिइन्छ |

त्यसैगरी, धर्म भनेको भागवत- धर्म र अरु तथाकथित धर्म, ति धर्म होइनन | तिनीहरु स्वीकारिनेछैनन् | ठिक त्यसैगरी, घरमा सिर्जित जानुन स्विकारिनेछैन | धर्मं तु साक्शाद् भगवत् प्रनीतं ( श्री भा ६।३।१९ ) | र के हो भगवत प्रनीतं धर्म? त्यो भगवाद गीतामा उल्लेख गरिएको छ, हामीलाई थाहा छ, सबैलाई | उहाँ आउनुभयो, कृष्ण आउनुभयो | उहाँको लक्ष्य धर्मसंस्थापनार्रथाय, धार्मिक सिद्धांत को स्थापना गर्न, या पुन:स्थापना गर्न | धर्मस्य ग्लानिर्भवति भारत । यदा यदा हि धर्मस्य ग्लानिर भवति भारत (भ गी ४।७ ) त्यसैले कहिलेकाहीं ग्लानि हुन्छ, धर्मको सिद्धान्त निर्वाहा गर्दा ग्लानी हुन्छ | त्यतिखेर कृष्ण आउनुहुन्छ | परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् (भ गी ४।८ ) । युगे युगे सम्भवामि ।

त्यसैले यो धर्म, कृष्णले तथाकथित धर्मको पुनर्निर्माण गर्न आउनुभएन: हिन्दु धर्म, मुस्लिम धर्म, इशाई धर्म, बौध धर्म | होइन | श्रीमद भागवत अनुसार भनिएको छ, धर्म: प्रोज्जहित कैतवो (श्री भा १।१।२ ) | धर्म जुन एक प्रकारको ठग्ने प्रक्रिया छ, त्यस प्रकारको धर्म प्रोज्जहित हो | प्रकृष्ट रुपेन उज्जहित, मतलब फालिएको या निकालिएको | त्यसैले साँचो धर्म भनेको भागवत धर्म, साँचो धर्म | त्यसैले प्रहलाद महाराजले भन्नुभयो, कौमार अाचरेत प्राज्ञो धर्मान् भागवतान् इह (श्री भा ७।६।१ ) | वास्तवमा धर्म भनेको भगवान हो, हाम्रो भगवानसंगको सम्बन्ध, र त्यस सम्बन्ध अनुरुप कार्य गर्ने ताकि हामी जीवनको लक्ष प्राप्त गर्न सकौं | त्यो हो धर्म |