NE/Prabhupada 0056 - शास्त्रमा बाह्र अधिकारीहरुको उल्लेख गरिएको छ

Revision as of 12:47, 10 June 2018 by Vanibot (talk | contribs) (Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on SB 7.6.1 -- Madras, January 2, 1976


श्री-प्रह्लाद उवाच
कौमार आचरेत् प्राज्ञो
धर्मान् भागवतान् इह
दुर्लभं मानुषं जन्म
तद् अप्य् अध्रुवम् अर्थदम्
(श्री भा ७।६।१ )

यी प्रह्लाद महाराज हुनुहुन्छ | उहाँ कृष्ण भावानाका अधिकारीहरु मध्ये एक हुनुहुन्छ | शास्त्रमा बाह्र अधिकारीहरुको उल्लेख गरिएको छ: स्वयम्भूर् नारदः शम्भुः कुमारः कपिलो मनुः प्रह्लादो जनको भीष्मो बलिर् वैयासकिर् वयम् (श्री भा ६।३।२०) यो धर्मका अधिकारीहरु बारेमा यमराजको बयान हो |

धर्म भनेको भागवत-धर्म | मलाई लाग्छ मैले हिजो राती बताइसकें, धर्म भनेको भागवत | धर्मं तु साक्षाद् भगवत्-प्रणीतं (श्री भा ६।३।१९ ) | जस्तै हाम्रो प्रधान न्यायाधिसले कानुनमा निर्णय दिन्छन्, कानुन कुनै सामान्य मानिसबाट वा व्यापारीबाट सिर्जित हुन सक्दैन, हुँदैन | कानुन केवल राज्यबाट, सरकारबाट सिर्जित हुन सक्छ | कसैले सिर्जना गर्न सक्दैन | त्यो हुँदैन .... यदि उच्च अदालतमा कसैले याचना गर्छ " महोदय मेरो आफ्नो कानुन छ |" न्यायाधिसले स्वीकार्दैनन् | त्यसैगरी, धर्म सिर्जना गर्न सकिंदैन | चाहे तपाई धेरै ठुलो मानिस हुनुहोस्.... प्रधान न्यायाधिस, उनले पनि कानुन बनाउन सक्दैनन् | कानुन राज्यबाट दिइन्छ |

त्यसैगरी , धर्म भनेको भागवत- धर्म र अरु तथाकथित धर्म, ती धर्म होइनन् | तिनीहरु स्वीकारिनेछैनन् | ठिक त्यसैगरी, घरमा सिर्जित कानुन स्वीकारिनेछैन | धर्मं तु साक्षाद् भगवत्-प्रणीतं (श्री भा ६।३।१९ ) | र के हो भगवत्-प्रणीतं धर्म? त्यो भगवाद् गीतामा उल्लेख गरिएको छ, हामीलाई थाहा छ, सबैलाई | कृष्ण आउनुभयो | उहाँको लक्ष्य धर्म-संस्थापनार्थाय​, धार्मिक सिद्धान्तको स्थापना गर्न, वा पुन:स्थापना गर्न | धर्मस्य ग्लानिर् भवति भारत । यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत (भ गी ४।७) कहिलेकहीं ग्लानि हुन्छ, धर्मको सिद्धान्त निर्वाहा गर्दा ग्लानी हुन्छ | त्यस समयमा कृष्ण आउनुहुन्छ | परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् (भ गी ४।८ ) । युगे युगे सम्भवामि ।

यो धर्म, कृष्णले तथाकथित धर्मको पुनर्निर्माण गर्न आउनुभएन: हिन्दु धर्म, मुस्लिम धर्म, इसाई धर्म, बुद्ध धर्म | होइन | श्रीमद् भागवतममा भनिएको छ, धर्मः प्रोज्झित​ कैतवो (श्री भा १।१।२ ) | त्यस्तो धर्म, जुन एक प्रकारको ठग्ने प्रक्रिया हुन्छ, त्यो धर्म प्रोज्झित​ हो | प्रकृष्ट रूपेण उज्झित​, अर्थात् यसलाई फालिएको छ वा निकालिएको छ | त्यसैले वास्तविक धर्म भनेको भागवत धर्म, साँचो धर्म | तसर्थ प्रह्लाद महाराजले भन्नुभयो, कौमार आचरेत् प्राज्ञो धर्मान् भागवतान् इह​ (श्री भा ७।६।१ ) | वास्तवमा धर्म भनेको भगवान, हाम्रो भगवानसँगको सम्बन्ध र त्यस सम्बन्ध अनुरुप कार्य गर्ने ताकि हामी जीवनको लक्ष्य प्राप्त गर्न सकौं | त्यो हो धर्म |