NE/Prabhupada 0071 - भगवानका बेकार छोराहरु



Room Conversation With French Commander -- August 3, 1976, New Mayapur (French farm)

हामी सबै भगवानका बेकार छोराहरु हौँ | हामी भगवानका छोराहरु हौँ , त्यसमा कुनै शंका छैन तर अहिलेको परिस्थितिमा निकै बेकार | हामी आफ्नो मूल्यवान् जीवन समेत नाश गर्दैछौं, हामी कति बेकार छौं | त्यसैले यो कृष्ण भावानामृत अभियान यस लापरवाहीलाई रोक्न र तिनीहरुलाई घर फर्किन, भगवाद् धाम जान जिम्मेवारीबोध गराउनको लागि हो | यो हो कृष्ण भावना |

तर मानिस यति लापरवाह छन् कि जब कसैले भगवानको बारेमा भन्छ, तिनीहरु तत्काल हाँस्छन्, "यो के बेकार कुरा हो, भगवान् |" यो त परम लापरवाही हो | भारत भगवानको बारेमा निकै गम्भीर थियो | अहिले पनि भारत गम्भीर छ | अहिले, वर्तमानका नेताहरु, तिनीहरु सोच्छन् कि भारतीयहरु बिग्रिए, केवल भगवानको बारेमा सोचेर- तिनीहरु अमेरिकी र युरोपेली जस्तो आर्थिक समृद्धिको बारेमा सोच्दैनन् | यो छ स्थिति, र यो धेरै गाह्रो छ, तर पनि हामीले मानवताको लागि केहि गर्न सक्छौं, यो कृष्ण भावानामृत अभियानको प्रचार गरेर | र जो भाग्यमानी छन्, तिनीहरु आउँछन्, गम्भीरतापूर्वक लिन्छन् |

यी लापरवाह उडन्ते छोरा, हामीसँग धेरै उदाहरण छन् | जस्तै, मानौं थोरै पेट्रोलको भण्डार छ र तिनीहरुले सूचना पाए कि पेट्रोलबाट बिना घोडाको गाडी चलाउन सकिन्छ | लाखौँ गाडीहरु उत्पादन गरेर सबै तेल नाश गर | यो लापरवाही हो | र जब तेल सकिन्छ, तिनीहरु रुनेछन् | र तेल सकिन्छ पनि | यो चलिरहेको छ | लापरवाही |

जस्तै एउटा लापरवाह छोरा, बुवाले सम्पत्ति छोडेका छन्, चलाऊ, चलाऊ | पाउनासाथ | त्यो जति चाँडो सकिन्छ, त्यति हो | यो लापरवाही हो | शरीरमा केहि बल छ, र जब उसले यौन जीवनको थोरै स्वाद पाउँछ, "ओहो ! प्रयोग गर, प्रयोग गर ", सबै शक्ति नाश गर्छ | दिमाग खाली हुन्छ | बाह्र वर्षको उमेरदेखि तीस वर्षसम्म सबै सकिन्छ | अनि ऊ नपुंसक हुन्छ |

हाम्रो बाल्यकालमा-हाम्रो बाल्यकाल भनेको, असी वर्षअघि, वा भनौं, सय वर्षअघि- कुनै गाडी थिएन | र अहिले, जता गएपनि, जुनसुकै देशमा पनि, हजारौं-लाखौँ गाडी देख्न सकिन्छ | यो लापरवाही हो | सयौं वर्षअघि गाडी नभए पनि चलेको थियो, र अहिले तिनीहरु गाडी नभई बाँच्न सक्दैनन् |

यसरी, तिनीहरु नचाहिने गरि जीवनका शारीरिक या भौतिक आवश्यकता बढाउँदैछन् | यो लापरवाही हो | र नेताहरु, जसले यो लापरवाहीमा बढी हौसला दिन्छन्, तिनीहरु राम्रो नेतृत्व कहलिन्छन् | र जसले भन्छ,"यो नचाहिने क्य्रा रोक, कृष्ण भावनामा आऊ", कसैले मतलब गर्दैन | अन्धा यथान्धैर् उपनियमानास् ते ऽपीश​-तन्त्र्याम् उरु-दाम्नि बद्धाः (श्री भा ७।५।३१ ) | यसलाई अन्धा नेताहरुले अन्धा अनुयायीहरुलाई नेतृत्व गरेको भनिन्छ | तिनीहरुलाई थाहा छैन कि ती दुवै प्रकृतिका कडा एवं कठोर नियममा बाँधिएका छन् | (विराम)....प्रकृतिको नियम कसरी कार्यरत् छ | तिनीहरु पूर्णतः अज्ञानतामा छन् | तिनीहरुलाई थाहा छैन | यो हो आधुनिक सभ्यता |

प्रकृतिको नियमले आफ्नै ढंगमा काम गर्नैपर्छ | तिमी त्यसको ख्याल गर या नगर, त्यो तिम्रो सरोकारको विषय, तर प्रकृतिको नियामले काम गर्छ | प्रकृतेः क्रियमाणानि गुण्ऐः कर्माणि सर्वशः (भ गी ३।२७ ) तर यी मुर्खहरु, यिनीहरुलाई थाहा छैन कि प्रकृतिको नियमले कसरी काम गर्छ | तिनीहरु मूर्खातापुर्वक प्रकृतिको नियमलाई जित्न कृत्रिम ढंगले प्रयास गर्दैछन् | यो विज्ञान हो, धुर्तको विज्ञान, जुन असम्भव छ, तर तिनीहरु प्रयास गर्दैछन् | यो धुर्तता हो | मूर्खता | वैज्ञानिकले यसो भन्दैनन् त ? "हामी जित्न खोज्दैछौं |" धुर्त, तिमीले कहिल्यै त्यसो गर्न सक्दैनौ | तर यो धुर्तता चलिरहेको छ | र तिनीहरु सराहना गर्छन् "ओहो! धेरै राम्रो, धेरै राम्रो |" "ओहो! तिमी चन्द्रमामा जाँदैछौ |" तर सबै प्रयासपछि, अंगुर अमिलो छ: "यसको काम छैन |" त्यति हो | तिमीहरुलाई थाहा छ त्यो कथा ? त्यो फ्याउरो ? उसले अंगुरको लागि प्रयास गर्यो, उफ्र्यो, उफ्र्यो, उफ्र्यो | जब उसले हार मान्यो, उसले भन्यो "ह्या! यसको काम छैन | त्यो अमिलो छ, काम छैन |" (हाँसो चल्छ) तिनीहरु त्यस्तै गर्दैछन् | फ्याउरोको छलांग, त्यति हो | र हामीले देख्न सक्छौं कसरी यी धुर्तहरु त्यसै उफ्रीरहेका छन् | (हाँसो चल्छ)

त्यसैले हामीले मानिसलाई यी मुर्ख फ्याउरोको पछि नलाग्न चेतावनी दिंदैछौं | विवेकी हुनुहोस् र कृष्ण भावनामा रहनुहोस् | यसले तपाईको जीवन सफल बनाउनेछ |