NE/Prabhupada 0072 - दासको कर्तव्य शरणागत हुनु हो



Lecture on CC Madhya-lila 20.108-109 -- New York, July 15, 1976

कोहि पनि मालिक बन्न सक्दैन | यो सम्भव छैन | तपाईहरुले यो निर्देशन पाउन सक्नुहुन्छ, एकले ईश्वर कृष्ण,आर सब भृत्य (चै च आदि ५।१४२ ) | केवल कृष्ण मालिक हुनुहुन्छ र सबै दास हुन् |यो हाम्रो स्थिति छ | तर कृत्रिम ढंगले हामी मालिक बन्न खोज्दैछौं |

यो अस्तित्वको लडाई | हामी त्यसको लागि प्रयास गर्दैछौं जुन हामी होइनौं | हामीलाई यो शब्द थाहा छ "अस्तित्वको लागि लडाई", "सबभन्दा योग्य बच्छ" | यो लडाई हो | हामी मालिक होइनौं, तर पनि, हामी मालिक बन्न खोज्दैछौं | मायावादी सिद्धान्त, तिनीहरु पनि कठिन तपस्या गर्छन्, तर विचार के छ त? विचार यो छ कि "म भगवानसँग एक हुन्छु |" उही गल्ति | उही गल्ति | ऊ भगवान् होइन, तर ऊ भगवान् बन्न प्रयासरत छ | उसले धेरै तपस्या गरे तापनि, वैराग्य, सबै.... कहिलेकहीं तिनीहरु भौतिक सुख त्यागिदिन्छन्, जंगल जान्छन्, कठोर तपस्या गर्छन् | अनि विचार के हुन्छ ? "अब म भगवानसँग एक हुन्छु |" उही गल्ति | त्यसैले माया एकदम बलियो छिन्, यी गल्ति तब पनि भइरहन्छन्, जब मानिस तथाकथित अध्यात्ममा धेरै उन्नत हुन्छ | होइन |

तसर्थ चैतन्य महाप्रभुले आफ्नो निर्देशनमा मुख्य कुरा छोइहाल्नुहुन्छ | यो हो चैतन्य महाप्रभुको सिद्धान्त | जहाँ कृष्णले अन्तिम शब्द भन्नुहुन्छ, सर्व धर्मान् परित्यज्य मां एकं शरणं व्रज....(भ गी १८।६६ ) उहाँले आफ्नो स्थितिमा रहेर भन्नुहुन्छ; उहाँ कृष्ण हुनुहुन्छ, सर्वोच्च पुरुषोत्तम भगवान् | उहाँले विन्ती गर्दै हुनुहुन्छ, माग्दै हुनुहुन्छ, "तिमी धुर्त, सबै त्याग | केवल ममा शरणागत होऊ | तब तिमी खुसी हुनेछौ |" यो भगवद् गीताको अन्तिम उपदेश हो |

चैतन्य महाप्रभु, उही कृष्ण तर कृष्णभक्तको रुपमा; त्यसैले उहाँले उही कुरा भन्दै हुनुहुन्छ | कृष्णले भन्नुभयो "तिमी शरणागत होऊ ", र चैतन्य महाप्रभुले भन्नुभयो "सबै जीवहरु कृष्णका दास हुन् |" यसको मतलब ऊ शरणागत हुनैपर्छ | दासको कर्तव्य शरणागत हुनु हो, मालिकसँग झगडा गर्नु वा यो दाबि गर्नु कि "म हजुरसँग बराबर छु |" यी सब पागलपन हुन्, पागल प्रस्ताव | पिशाची पाइले येन मति-च्छन्न हय माया-ग्रस्त जीवेर से दास उपजय | एउटा दास मालिक बन्न सक्दैन | यो सम्भव छैन |

तर जब...जबसम्म हामी यो गलत धारणामा रहिरहन्छौँ, कि "म दास होइन, म मालिक हुँ", तब हामीले दु:ख पाउँछौं | मायाले हामीलाई दु:ख दिन्छिन् | दैवी ह्य् एषा | जस्तै अपराधीहरु, ठग र चोरहरु, तिनीहरु सरकारको आदेश मान्दैनन्, "मलाई सरकारको मतलब छैन |" तर यो भनेको उसले स्वेच्छाले दु:ख स्वीकार्नु हो | उसले सरकारको नियमको ख्याल गर्नुपर्छ | यदि उसले स्वेच्छाले ख्याल नगरी अपराधी हुन्छ भने उसलाई कारागारमा राखिन्छ र बलपूर्वक, पिटेर, सजाय दिएर, उसले स्वीकार्नुपर्छ "म स्वीकार्छु, म स्वीकार्छु |"

यी माया हुन् | दैवी ह्य् एषा गुणमयि मम माया दुरत्यया (भ गी ७।१४ ) | हामी मायाको अधिनमा छौं | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः (भ गी ३।२७ ) | किन ? किनकि हामी आफुलाई मालिक घोषणा गर्दैछौं | दासले मालिक बन्ने घोषणा गर्दैछ, त्यसैले उसले दु:ख पाउँदैछ | जब हामी स्वीकार्छौं कि "म मालिक होइन, म दास हुँ", तब दु:ख रहँदैन | धेरै सजिलो दर्शन | यो हो मुक्ति | मुक्ति भनेको सहि स्थानमा आउनु हो | त्यो हो मुक्ति |

श्रीमद् भागवतममा मुक्तिको व्याख्या गरिएको छ, मुक्तिर् हित्वा अन्यथा रूपं स्वरूपेण व्यवस्थितिः (श्री भा २।१०।६ ) | मुक्ति भनेको नचाहिने काम त्याग्नु हो, अन्यथा | ऊ दास हो, तर ऊ सोच्छ कि ऊ मालिक हो | त्यो अन्यथा हो, ठ्याक्क उल्टो | त्यसैले जब उसले जीवनको यो उल्टो धारणा त्यागगिदिन्छ कि ऊ मालिक हो, तब ऊ मुक्तिमा हुन्छ, ऊ तत्काल मुक्त हुन्छ | मुक्तिलाई त्यति धेरै समय लाग्दैन कि तपाईले धेरै कठिन तपस्या गर्नुपर्छ र जंगल गएर, हिमालय गएर, ध्यान, र नाक थिच्ने र धेरै कार्य गर्नुपर्छ | यसलाई त्यति धेरै कुरा चाहिंदैन | तपाई केवल बुझ्नुहोस् कि "म कृष्णको दास हुँ"- तपाई तत्काल मुक्त हुनुहुन्छ |

मुक्तिको व्याख्या श्रीमद् भागवतममा गरिएको छ | मुक्तिर् हित्वा अन्यथा रुपं स्वरुपेण अवस्थिति: | कारागारको एउटा कैदी पनि, यदि उसले मान्छ कि "अबदेखि म नियम पालना गर्छु | म सरकारका नियमहरु आज्ञाकारी रुपमा पालन गर्छु ", तब ऊ कहिलेकहीं म्यादभन्दा अगाडी नै छुट्छ |

त्यसैले हामी यो भौतिक अस्तित्वको कारागारबाट तत्काल मुक्त हुनसक्छौं, यदि हामीले चैतन्य महाप्रभुको शिक्षा स्वीकार्छौं, जीवेर स्वरुप हय कृष्णेर नित्य दास (चै च अादि २०।१०८-१०९ ) |