NE/Prabhupada 0072 - दासको कर्तव्य शरणागत हुनु हो

Revision as of 07:31, 25 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0072 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on CC Madhya-lila 20.108-109 -- New York, July 15, 1976

त्यसैले कोहि मालिक बन्न सक्दैन |यो सम्भव छैन | तपाईहरुले यो निर्देशन पाउन सक्नुहुन्छ, एकले ईश्वर कृष्ण,आर सब भृत्य (चै च आदि ५।१४२ ) केबल कृष्ण मालिक हुनुहुन्छ, र सबै दास हुन् |यो हाम्रो स्थिति छ | तर कृत्रिम ढंगले हामी मालिक बन्न खोज्दैछौं | यो अस्तित्वको लडाई | हामी त्यसको लागि कोसिस गर्दै छौं जुन हामी होइनौं | हामीलाई यो शब्द थाहा छ "अस्तित्वको लागि लडाई", "सबभन्दा योग्य बच्छ" | त्यसैले यो लडाई हो | हामी मालिक होइनौं, त्यहि पनि, हामी मालिक बन्न खोज्दै छौं |

मायावादी सिद्धान्त, तिनीहरु पनि कठिन तपस्या गर्छन्, तर विचार के छ त? विचार यो छ कि "म भगवानसंग एक हुन्छु |" उही गल्ति | उही गल्ति | ऊ भगवान होइन, तर ऊ भगवान बन्न कोसिस गर्दैछ | उसले धेरै तपस्या गरेता पनि, वैराग्य, सबै.... कहिलेकाही, तिनीहरु भौतिक सुख त्यागदिन्छन्, जंगल जान्छन्, कठोर तपस्या गर्छन् | अनि विचार के हुन्छ ? "अब म भगवानसँग एक हुन्छु |" उही गल्ति | त्यसैले माया एकदमै बलियो छिन्, यी गल्ति भइरहन्छन् जबकि एक तथाकथित अध्यात्ममा धेरै उन्नत हुन्छ | होइन |

तसर्थ चैतन्य महाप्रभुले आफ्नो निर्देशनमा मुख्य कुरामा छोइहाल्नुहुन्छ | यो हो चैतन्य महाप्रभुको सिद्धान्त | जहाँ कृष्णले अन्तिम शब्द भन्नुहुन्छ, सर्व धर्मान् परित्यज्य मां एकं शरणं व्रज....(भ गी १८।६६ ) उहाँले आफ्नो स्थितिमा रहेर भन्दै हुनुहुन्छ; उहाँ कृष्ण हुनुहुन्छ, सर्वोच्च पुरुषोत्तम भगवान | उहाँले सोध्दै हुनुहुन्छ, माग्दै हुनुहुन्छ, "तिमी धुर्त, सबै त्याग |केबल ममा शरणागत होऊ | अनि खुसी हुनेछौ |" यो भगवद गीताको अन्तिम उपदेश हो |

चैतन्य महाप्रभु, उही कृष्ण तर कृष्णभक्तको रुपमा; त्यसैले उहाँले उही कुरा भन्दै हुनुहुन्छ | कृष्णले भन्नुभयो "तिमी शरणागत होऊ ", र चैतन्य महाप्रभुले भन्नुभयो "सबै जीवहरु कृष्णका दास हुन् |" यसको मतलब ऊ शरणागत हुनैपर्छ |दासको कर्तव्य शरणागत हुनु हो, मालिकसंग झगडा गर्नु या यो दाबि गर्नु कि "म हजुरसंग बराबर छु |" यी सब पागलपन हुन्, पागल प्रस्ताव | पिशाची पाइले येन मति च्छन्न हय मायाग्रस्त जीवेर से दास उपजय (प्रेम-विवर्त) (श्री भा ७।२।२३ ) | एउटा दास मालिक बन्न सक्दैन | यो सम्भव छैन |

तर जब...जबसम्म हामी यो गलत धारणामा रहिरहन्छौँ, कि "म दास होइन, म मालिक हो ", अनि उसले दु:ख पाउँछ | मायाले उसलाई दु:ख दिन्छिन् | दैवी हि एशा (भ गी ७।१४ ) | जस्तै अपराधीहरु, ठग र चोरहरु, तिनीहरु सरकारको आदेश मान्दैनन्, "मलाई सरकारको मतलब छैन |" तर यो भनेको उसले स्वेच्छाले दु:ख स्विकार्नु हो | उसले सरकारको नियमको ख्याल गर्नुपर्छ | यदि उसले स्वेच्छाले ख्याल गर्दैन भने, अपराधि, अनि उसलाई कारागारमा राखिन्छ र बलपूर्वक, पिटेर, सजाय दिएर, उसले स्विकार्नुपर्छ "म स्वीकार्छु, म स्वीकार्छु |"

त्यसैले यो माया हो | दैवी हि एशा गुणमायी मम माया दुरात्यया (भ गी ७।१४ ) हामी मायाको अधिनमा छौं | प्रकृते क्रियामाणाणी गुनै:कर्माणी सर्वश: (भ गी ३।२७ ) किन ? किनकि हामी मालिक घोषणा गर्दैछौं | दासले मालिक बन्ने घोषणा गर्दैछ त्यसैले दु:ख पाउँदैछ | जब हामी स्वीकार्छौं कि "म मालिक होइन, म दास हो ", अनि दु:ख हुदैन | धेरै सजिलो दर्शन | यो हो मुक्ति |

मुक्ति भनेको सहि ठाउँमा आउनु हो | त्यो हो मुक्ति | श्रीमद भागवतम् मा मुक्तिको व्याख्या गरिएको छ, मुक्तिर् हित्वा अन्यथा रुपं स्वरुपेण व्यवस्थिति: (श्री भा २।१०।६ ) मुक्ति भनेको नचाहिने काम त्याग्नु हो, अन्यथा | ऊ दास हो, तर ऊ सोच्छ कि ऊ मालिक हो | त्यो अन्यथा हो, ठ्याक्क उल्टो | त्यसैले जब उसले जीवनको यो उल्टो धारणा त्याग्दिन्छ कि ऊ मालिक हो, तब ऊ मुक्तिमा हुन्छ, ऊ तत्काल मुक्त हुन्छ | मुक्तिलाई त्यति धेरै समय लाग्दैन कि तपाईले धेरै कठिन तपस्या गर्नुपर्छ र जंगल गएर, हिमालय गएर, ध्यान, र नाक थिच्ने र धेरै कुरा | यसलाई त्यति धेरै कुरा चाहिंदैन | केबल सजिलो कुरा बुझ्नुहोस्, कि "म कृष्णको दास हुँ |"- तपाई तत्काल मुक्त हुनुहुन्छ |

मुक्तिको व्याख्या श्रीमद भागवतम् मा गरिएको छ | मुक्तिर् हित्वा अन्यथा रुपं स्वरुपेण अवस्थिति: जस्तै कारागारको एउटा गिदी पनि, यदि उसले मान्छ कि "अबदेखि म नियम पालना गर्छु | म सरकारका नियमहरु आज्ञाकारी रुपमा पालन गर्छु ", त्यसो हुदा ऊ कहिलेकाही एउटा घोषणाबाट अगाडी नै छुट्छ |

त्यसैले हामी यो भौतिक अस्तित्वको घरबाट तत्काल मुक्त हुनसक्छौं यदि हामीले चैतन्य महाप्रभुको शिक्षा स्वीकार्छौं, जीवेर स्वरुप हय कृष्णेर नित्य दास (चै च अादि २०।१०८-१०९ )