NE/Prabhupada 0082 - कृष्ण सर्वत्र विराजमान हुनहुन्छ



Lecture on BG 4.24 -- August 4, 1976, New Mayapur (French farm)

भक्त: हामी भन्छौं कि कृष्ण सबै प्राणीको हृदयमा विराजमान हुनुहुन्छ |

प्रभुपाद: कृष्ण सर्वत्र विराजमान हुनहुन्छ।

भक्त: व्यक्तिको रुपमा कि शक्तिको रुपमा?

प्रभुपाद: उहाँको शक्तिको रुपमा। व्यक्तिको रुपमा पनि। व्यक्तिको रुपमा त हाम्रो आँखाले देख्न सक्दैनौं, तर शक्ति त हामीले महसूस गर्न सक्छौं । यो कुरा स्पष्ट तरिकाले सम्झनुहोस् | जब तपाईहरुले पूर्ण साक्षात्कार गर्नुहुन्छ, तब यो श्लोक, कि सब ब्रह्म हो,सर्वं खल्व् इदं ब्रह्म​... निपुण भईसकेका भक्तहरूले कृष्ण बाहेक अरू केहि पनि देख्दैनन्।

भक्त: श्रील प्रभुपाद, आध्यत्मिक शक्ति र भौतिक शक्तिको बिचमा केहि भिन्नता छ?

प्रभुपाद: छ, भिन्नता, धेरै-धेरै भिन्नताहरु छन्। उही उदाहरण, बीजुली | धेरै धेरै कुराहरु कार्यरत हुन्छन्, शक्तिको भिन्नता। यो डिक्टाफोनले काम गरिरहेको छ, बिजुलीले गर्दा। उही शक्तिले गर्दा, बिजुली | तसर्थ कृष्णले भन्नुहुन्छ- अहं सर्वस्य प्रभवः (भ गी १०।८) | उहाँ नै सबै कुराको मूल हुनहुँन्छ ।

भक्त: भगवद् गीतामा भनिएको छ कि सबैको शरीर वर्तमान जीवनकालमा परिवर्तन हुन्छ, तर हामीहरूले, कालो मान्छे सेतो भएको देखेका छैनौं, वा केहि स्थिर छ, के शरिर भित्र यस्तो केहि स्थिर वस्तु छ जुन शरीर परिवर्तन हुँदा पनि यथावत रहिरहन्छ? त्यो के होला? यो कसरी हुन्छ कि शरीर परिवर्तन हुन्छ तर पनि हामीले कसैलाई उसको युवावस्थादेखी बुढ्यौलीसम्म चिन्दछौं |

प्रभुपाद: जब तपाईहरू अझै निपुण हुन्छ, तब तपाईहरूलाई थाहा हुनेछ कि कालो र सेतोमा केहि फरक छैन | जस्तै फुल फुल्छ र त्यसमा विभिन्न रंगहरू हुन्छन् । त्यो सबै उही स्रोतबाट आउने गर्छ। वास्तवमा त्यसमा फरक छैन तर राम्रो बनाउनको लागि त्यसमा विभिन्न रंग हुन्छन्। सूर्यको ज्योतीमा सात किसिमका रंग छन्, र त्यस रंगबाट, धेरै रंगहरु निस्कन्छन्, मूल स्रोत एउटै सेतो रंगबाट विभिन्न रंगहरू आउँछन् | यो स्पष्ट भयो कि भएन?

भक्त: श्रील प्रभुपाद, यदि कृष्णले सबै सृष्टि गर्नुभएको हो र सबै कृष्णको इच्छा बमोजीम हुन्छ भने के हामी वास्तवमा भन्न सक्छौं कि राम्रो वा नराम्रो के हो ?

प्रभुपाद: राम्रो र नराम्रो भन्ने कुरा नै छैन, यो त हाम्रो परिकल्पना मात्र हो। तर स्पष्ट रुपमा हेर्दा, यो भौतिक संसारमा सबै कुरा नराम्रो हुन्छ ।