NE/Prabhupada 0089 - कृष्णको दिप्ती सबै कुराको स्रोत हो

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on BG 4.24 -- August 4, 1976, New Mayapur (French farm)


फ्रान्सेली भक्त: कृष्णले "म तिनीहरुमा अवस्थित छैन" भन्नुको तात्पर्य के हो?

प्रभुपादः हँ? "म तिनीहरुमा अवस्थित छैन" किनकि तिमीले त्यहाँ देख्न सक्दैनौ | कृष्ण त्यहीं विराजमान हुनुहुन्छ तर उहाँलाई तिमीले देख्न सक्दैनौ । तिमी त्यति विकसित भएको छैनौ । जस्तै अर्को उदाहरण | यहाँ सूर्यको ज्योती छ | यसको अनुभव सबैलाई छ। तर त्यसको मतलब सूर्य यहाँ छन् भन्ने होइन । यो प्रष्ट भयो? सूर्य यहाँ छन् भनेको..... सूर्यको ज्योती यहाँ छ भन्नुको अर्थ सूर्य यहाँ छन् हो | तर पनि, तिमी सूर्यको ज्योतिमा भएको कारण तिमी भन्न सक्दैनौ कि "अब मैले सूर्यलाई कब्जामा लिएँ |" सूर्यको ज्योती सूर्यमा अवस्थित छ, तर ज्योतीमा सूर्य अवस्थित छैनन्। सूर्य बिना सूर्यको ज्योती हुँदैन। त्यसको मतलब यो होइन कि सूर्यको ज्योती नै सूर्य हुन्। उहि समयमा तपाई भन्नसक्नुहुन्छ कि सूर्यको ज्योति भनेको सूर्य हो | यसलाई भनिन्छ अचिन्त्य-भेदाभेद, एक साथ भिन्न र अभिन्न। सूर्यको ज्योतिमा सूर्यको उपस्थिति अनुभव हुन्छ, तर यदि तिमी सूर्यलोकमा प्रवेश गर्न सक्छौ भने त्यहाँ तिमीले सूर्यदेवलाई पनि भेट्न सक्छौ। वास्तवमा सूर्यको ज्योती भनेको त सूर्यलोकमा बस्ने व्यक्तिको शरीरबाट अाएको ज्योती हो। यो कुरा ब्रम्ह संहितामा बताइएको छ- यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि (ब्र स​ ५|४०) | कृष्णको विषयमा.... तिमीले कृष्णको ज्योति देखेका छौ । त्यहि नै सबैको मुल स्रोत हो। त्यहि ज्योतिको विस्तारलाई ब्रह्मज्योती भनिन्छ, र त्यो ब्रह्मज्योतीमा, असंख्य अाध्यात्मिक र भौतिक लोकहरूको सिर्जना हुन्छ। र प्रत्येक लोकहरूमा भिन्नता प्रस्तुत गरिएको हुन्छ। वास्तवमा सबैको स्रोत कृष्णको शरिरको ज्योति हो, र शरीरको ज्योति स्रोत कृष्ण हुनुहुन्छ।