NE/Prabhupada 0091 - तपाई यहाँ नाङ्गो उभिनुहोस्

Revision as of 02:31, 2 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0091 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Mo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Morning Walk -- July 16, 1975, San Francisco

धर्माध्यक्ष: आजकल तिनीहरुले वास्तवमा आफ्नो गल्ति बुझेका छन् र तिनीहरु मृत्युबारे अझ धेरै पढिरहेका छन्, मानिसलाई मृत्युको लागि अझ तयार बनाउने कोशिस गर्दैछन् | तर तिनीहरुले मानिसलाई केवल यो भन्न सक्छन कि,"यो स्वीकार |" तिनीहरु केवल यो भन्न सक्छन कि ,"तिमि मर्ने वाला छौ | त्यसैले यसलाई खुसीसाथ स्वीकार |"

प्रभुपाद: तर मलाई मर्नै मन छैन | म किन खुसी हुने ? तिमि धूर्त, तिमि भन्छौ," खुसी होऊ |" (हाँसो चल्छ) "खुसीसाथ तिमि फाँसी लिऊ |" वकिलले भन्छन ,"केहि छैन | तपाईले मुद्दा हार्नुभयो | अब खुसीसंग फाँसी लिनुहोस् |" (हाँसो चल्छ)

धर्माध्यक्ष: त्यो त वास्तवमा आधुनिक मनोविज्ञानको लक्ष्य हो, मानिसलाई यो तथ्यसंग समायोजित गर्ने कि तिनीहरु यो भौतिक जगतमा बस्नुपर्छ, र यदि तपाईसंग यो भौतिक जगत छाड्ने कुनै इच्छा छ भने तिनीहरुले तपाईलाई पागल भन्छन | "होइन, होइन | अब तपाईले यो भौतिक स्थितिसंग फेरी अझ धेरै समायोजन गर्नुपर्छ |"

बहुलाश्व: तिनीहरु जीवनका निराशा स्विकार्न सिकाउछन् | तिनीहरु सिकाउछन् कि तपाईले जीवनका सम्पूर्ण निराशा स्वीकार्नुपर्छ |

प्रभुपाद: किन निराशा ? तपाई त ठुला ठुला वैज्ञानिक हुनुहुन्छ | तपाई समाधान गर्न सक्नुहुन्न ?

धर्माध्यक्ष: तिनीहरुले समाधान गर्न सक्दैनन् किनकि तिनीहरुसंग पनि उही समस्या छन् |

प्रभुपाद: उही तर्क,"खुसीसाथ फाँसी लिऊ |" त्यति हो | जब कुनै गाह्रो विषय आउँछ, तिनीहरुले हार मान्छन | र तिनीहरु केहि बेकार कुरामा सोच्न थाल्छन | त्यति हो | यो हो तिनीहरुको शिक्षा | शिक्षा भनेको अत्यन्तिक दु:ख निवृत्ति, सबै दु:खको मुख्य समाधान | त्यो शिक्षा हो, यो होइन कि कुनै हदसम्म आएपछि, "होइन, तपाई खुसीसँग मर्न सक्नुहुन्छ |" र दु:ख के हो ? त्यो कृष्णले प्रस्तुत गर्नुभएको छ: जन्म मृत्यु जरा व्याधि दु:ख दोषानु..... (भ गी १३।९ ) | यी हुन् तपाईका दु:खहरु | यसको समाधान गर्ने प्रयास गर्नुहोस | र त्यो तिनीहरु सावधानीपूर्वक नकारीरहेछन | तिनीहरु मृत्यु रोक्न सक्दैनन्,न जन्म, न बुढ्यौली, न रोग | र जीवनको,जन्म र मृयुको, छोटो अवधिमा तिनीहरु ठुला ठुला घरहरु बनाइरहेछन, र अर्को छोटी ऊ त्यस घर भित्र मुसा बन्नेछ | (हाँसो चल्छ) प्रकृति | तपाईले प्रकृतिको नियम नकार्न सक्नुहुन्न | जसरी तपाईले मृत्यु नकार्न सक्नुहुन्न, त्यसैगरी, प्रकृतिले तपाईलाई अर्को शरीर दिन्छिन | यो विश्वविद्यालयमा रुख बन्नुहोस | पांच हजार वर्षसम्म उभिरहनुहोस् | तपाईलाई नाङ्गो बन्ने इच्छा थियो | अब कसैले रोक्दैन | तपाई यहाँ नाङ्गो उभिनुहोस् |