NE/Prabhupada 0104 - जन्म र मृत्युको चक्र रोक्नुहोस्



Lecture on BG 9.1 -- Melbourne, April 19, 1976


पुष्ट कृष्ण: कसरी पशुको शरीरमा अवस्थित आत्मा मनुष्य शरीरमा प्रवेश गर्छ ?

प्रभुपाद: एउटा कारागारम रहेको चोर जस्तै | कसरी ऊ मुक्त हुन्छ ? जब उसको कारागारमा पिडा पाउने अवधि सकिन्छ, तब ऊ पुनः स्वतन्त्र मानिस हुन्छ | र यदि ऊ पुनः अपराधी भयो भने उसलाई कारागारमा राखिन्छ | मानव जीवन बुझ्नको लागि हो, जसरी मैले बताउँदैछु, मेरो जीवनको समस्या के हो | म मर्न चाहन्न; म मर्नुपर्छ | मलाई बुढो मानिस हुने इच्छा छैन; म बुढो मानिस हुन बाध्य हुन्छु | जन्म​-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् (भ गी १३. ९) त्यसैले ऊ..... उही चोरको उदाहरण | जब ऊ स्वतन्त्र हुन्छ, यदि उसले सोच्छ कि "किन म छ महिनाको कारागार जीवनमा परें? त्यो धेरै दु:खदायी थियो," तब ऊ वास्तवमा मानव बन्छ | त्यसैगरी, मानवसँग विवेचना गर्ने विशेष शक्ति छ | यदि उसले सोच्छ कि "किन म यस्तो पिडादायी स्थितिमा परें?" सबैले मान्नुपर्छ कि ऊ पिडादायी स्थितिमा छ | ऊ खुसी हुन खोज्दैछ तर यहाँ खुसी छैन | त्यसैले खुसी कसरी प्राप्त गर्न सकिन्छ? त्यो मौका मानवमा छ | तर यदि हामीले भौतिक प्रकृतिको कृपाबाट एक मानव शरीर पायौं र हामी यसको सहि उपयोग गर्दैनौं, यदि हामी यो आशिर्वादको कुकुर र बिरालो वा अरु जनावर जस्तै दुरुपयोग गर्छौं भने हामीले पुनः जनावर रुप धारण गर्नुपर्छ, जब यो अवधि सकिन्छ... यसलाई लामो समयावधि लाग्छ किनकि यसको विकासवादी प्रक्रिया छ | जब अवधि सकिन्छ, तपाई पुनः यस मानव रुपमा आउनुहुनेछ | ठिक उही उदाहरण: एक चोर, जब उसको कारावासको अवधि सकिन्छ, ऊ फेरी स्वतन्त्र मानिस हुन्छ | तर उसले पुनः अपराध गर्यो भने ऊ पुनः कारागार जान्छ | जन्म र मृत्युको चक्र यस्तै छ | यदि हामीले आफ्नो मानव जीवन सहि ढंगमा उपयोग गर्यौं भने हामीले जन्म र मृत्युको चक्र रोक्नेछौं | र यदि हामीले आफ्नो मानव जीवन सहि ढंगमा उपयोग गरेनौं भने हामी पुनः जन्म र मृत्युको चक्रमा जानेछौं |