NE/Prabhupada 0104 - जन्म र मृत्युको चक्र रोक्नुहोस्

Revision as of 08:45, 6 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0104 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 9.1 -- Melbourne, April 19, 1976

पुष्ट कृष्ण: कसरि एक पशुको शरीरमा अवस्थित आत्मा मनुष्य शरीरमा प्रवेश गर्छ ?

प्रभुपाद: एउटा कारागारम रहेको चोर जस्तै | कसरी ऊ मुक्त हुन्छ ? जब उसको कारागारमा पिडा पाउने अवधि सकिन्छ, तब ऊ फेरी स्वतन्त्र मानिस हुन्छ | र यदि ऊ फेरी अपराधि भयो भने, उसलाई कारागारमा राखिन्छ | त्यसैले मानव जीवन बुझ्नको लागि हो, जस्तै मैले समझाइरहेको छु, मेरो जीवनको समस्या के हो | म मर्न चाहन्न; मलाई मर्न पर्छ | मलाई बुढो मानिस हुन मन छैन; म बुढो मानिस हुन बाध्य छु | जन्म​-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् (भ गी १३. ९) त्यसैले ऊ..... उही चोरको उदाहरण | जब ऊ स्वतन्त्र हुन्छ, यदि उसले सोच्छ कि "किन म छ महिनाको कारागार जीवनमा परें? त्यो धेरै दु:ख थियो," तब ऊ वास्तवमा मानव बन्छ | त्यसैगरी, मानवसंग विवेचनाको विशेष शक्ति छ | यदि उसले सोच्छ कि "किन म यो पिडादाई स्थितिमा परें?" सबैले मान्नुपर्छ कि ऊ पिडादाई स्थितिमा छ | ऊ खुसी हुन खोजिरहेको छ तर त्यहाँ खुसी छैन | त्यसैले खुसी कसरी प्राप्त गर्न सकिन्छ? त्यो मौका मानवमा छ | तर यदि हामीले पायौं, भौतिक प्रकृतिको कृपाबाट, एक मानव शरीर र हामी यसको सहि उपयोग गर्दैनौं, यदि हामी यो आशिर्वादको कुकुर र बिरालो या अरु जनावर जस्तै दुरुपयोग गर्छौं भने हामीले फेरी जनावर रुप धारण गर्नुपर्छ, जब यो अवधि सकिन्छ... यसलाई लामो समयावधि लाग्छ किनकि यसको विकासवादी प्रक्रिया छ | त्यसैले फेरी तपाई यो मानव रुपमा आउनुहुनेछ, जब अवधि सकिन्छ | ठिक उही उदाहरण: एक चोर, जब उसको कारावासको अवधि सकिन्छ, ऊ फेरी स्वतन्त्र मानिस हुन्छ | तर फेरी उसले अपराध गर्यो भने ऊ फेरी कारागार जान्छ | त्यसैले जन्म र मृत्युको चक्र छ | यदि हामीले आफ्नो मानव जीवन सहि ढंगमा उपयोग गर्यौं भने हामीले जन्म र मृत्युको चक्र रोक्नेछौं | र यदि हामीले आफ्नो मानव जीवन सहि ढंगमा उपयोग गरेनौं भने हामी फेरी जन्म र मृत्युको चक्र जानेछौं |