NE/Prabhupada 0106 - सिधै कृष्ण भक्तिको लिफ्ट लिनुहोस्

Revision as of 09:40, 6 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0106 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 18.67 -- Ahmedabad, December 10, 1972

त्यसैले मम वर्त्मानुवर्तन्ते भनेको, जस्तै अमेरिकामा धेरै गगनचुम्बी घरहरु छन् | १०५ तल्ला | मलाई लाग्छ त्यो पछिल्लो हो | मानौं तपाईलाई माथिल्लो तल्लामा जानुछ | त्यहाँ भर्याङ्ग छ | सबैजना त्यहाँ जान खोजिरहेका छन् | तर, मानौं कसैले १० पाइला पार गरेका छन् | अर्कोले मानौं ५० पाइला | अर्कोले १०० पाइला | तर तपाईलाई मानौं १००० पाइला पार गर्नु छ | तर भर्याङ्ग त एउटै हो | मम वर्त्मानुवर्तन्ते | किनकि लक्ष्य माथिल्लो तल्लामा जानु छ | तर जसले १० पाइला पार गरेको छ, ऊ ५० पाइला पार गर्ने भन्दा पछि छ | र जसले ५० पाइला पार गरेको छ, ऊ १०० पाइला पार गर्ने भन्दा पछि छ | त्यसैगरी, विभिन्न विधिहरु छन् | तर सबै विधि उही होइनन | तिनीहरुको लक्ष्य एउटै छ, कर्म, ज्ञान, योग, भक्ति, तर भक्ति उच्चतम छ | किनकि जब तपाई भक्तिको तहमा आउनुहुन्छ, तब तपाईले कृष्णलाई बुझ्न सक्नुहुन्छ | कर्म, ज्ञान, योगबाट होइन | त्यो सम्भव छैन | तपाईले प्रयास गर्दैहुनुहुन्छ, तपाई त्यो लक्ष्यतिर जादैहुनुहुन्छ, तर कृष्ण भन्नुहुन्छ, भक्त्या माम् अभिजानाति (भ गी १८|५५) | उहाँ भन्नुहुदैन,"ज्ञानबाट, कर्मबाट, योगबाट |" होइन | त्यो तपैले बुझ्न सक्नुहुन्न | तपाई अघि बढ्न सक्नुहुन्छ | तर यदि तपाई कृष्णलाई बुझ्न चाहनुहुन्छ भने भक्ति | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः (भ गी १८|५५) | यो विधि हो | तसर्थ मम वर्त्मानुवर्तन्ते भनेको "सबैजना मकहाँ आउने प्रयास गरिरहेका छन्, उनीहरुको क्षमता, दक्षता अनुसार, तर जो वास्तविक रुपमा मलाई बुझ्न चाहन्छ, सजिलो विधि...." जस्तै भर्याङ्ग छ, तर यो देशमा होइन, युरोपमा र अमेरिकी देशहरुमा, संग-संगै, त्यहाँ लिफ्ट छ | त्यसैले पाइला-पाइला गरेर माथिल्लो तल्लासम्म जानुभन्दा तपाई यो लिफ्टको सहायता लिनुहोस् | तपाई तत्काल जानुहोस, एक सेकन्डमा | त्यसैले यदि तपैले यो भक्तिको लिफ्ट लिनुभयो भने तपाई तत्काल कृष्णसंग प्रत्यक्ष सम्पर्क आउनुहुन्छ | पाइला-पाइला जानुभन्दा | किन तपाईले लिनुपर्यो | तसर्थ कृष्णले भन्नुहुन्छ,सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​: (भ गी १८|६६) "तिमि केवल ममा आत्मसमर्पण गर | तिम्रो कार्य सकियो |" किन तपाईले त्यस्तो मेहेनत गर्नुपर्यो, पाइला पछि पाइला पछि पाइला पछि पाइला ?