NE/Prabhupada 0112 - कुनै कुराको निर्णय त्यसको नतिजाबाट गरिन्छ

Revision as of 06:20, 20 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0112 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Co...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Television Interview -- July 29, 1971, Gainesville


साक्षात्कारकर्ता: हजुर आउनुभयो, श्रीमान्, यो देशमा १९६५मा, मैले भनेअनुसार, हजुरलाई आफ्नो गुरुको उपदेश अथवा आज्ञाको आधारमा | हजुरको गुरु को हुनुहुन्थ्यो ?

प्रभुपाद: मेरो गुरु ॐ विष्णुपाद परमहंस भक्तिसिद्धान्त सरस्वति गोस्वामी प्रभुपाद हुनुहुन्थ्यो |

साक्षात्कारकर्ता: अब यो गुरु शिष्य परम्परामा जुन हामीले अघि कुरा गरिरहेका थियौं, यो गुरु शिष्य परम्परा जुन पछाडीसम्म जान्छ, कृष्णसम्म जान्छ, होइन, के हजुरको गुरु हजुरभन्दा पहिलेको हुनुहुन्थ्यो?

प्रभुपाद: हो | यो गुरु शिष्य परम्परा कृष्ण बाट ५००० वर्षदेखि आइरहेको छ |

साक्षात्कारकर्ता: के हजुरको गुरु अझ जीवित हुनुहुन्छ ? प्रभुपाद: हुनुहुन्न | उहाँ १९३६मा बित्नुभयो |

साक्षात्कारकर्ता: त्यसोभए हजुर अहिलेको समयमा यो आन्दोलनको प्रमुख हुनुहुन्छ? के यो सहि हो?

प्रभुपाद: मेरो अरु धेरै गुरुभाई हुनुहुन्छ, तर मलाई विशेष रुपले यो कार्य गर्न आज्ञा दिईएको थियो | त्यसैले म मेरो गुरुलाई खुसि बनाउने प्रयास गरिरहेको छु | त्यति हो |

साक्षात्कारकर्ता: अब हजुरलाई यो देशमा, अमेरिकामा पठाइएको थियो | यो तपाईको क्षेत्र हो | के यो सहि हो ?

प्रभुपाद: मेरो क्षेत्र, उहाले के भन्नुभयो कि "तिमी जाऊ र यो दर्शन अंग्रेजी बुझ्ने मानिसलाई भन |"

साक्षात्कारकर्ता: अंग्रेजी बोल्ने जगतलाई |

प्रभुपाद: हो | र विशेष गरि पाश्चात्य जगतलाई | हो | उहाँले मलाई त्यसरी भन्नुभयो |

साक्षात्कारकर्ता: जब हजुर आउनुभयो, श्रीमान, यो देशमा १५,१६ वर्ष अघि र सुरु गर्नुभयो....

प्रभुपाद: होइन, होइन, १५,१६ वर्ष होइन |

साक्षात्कारकर्ता: ५, ६ वर्ष अग्हू | मलाई क्षमा गर्नुहोस् | पृथिवीको यो भागमा, हजुर त्यस भागमा आउनुभयो जहाँ धर्मको कमी थियो, हजुरलाई थाहा छ | अमेरिकामा हामीसंग धेरै धर्म छन्, र मलाई लाग्छ यो देशमा मानिसहरु विश्वास गर्न रुचाउछन्, ठुलो संख्यामा, कि तिनीहरु धार्मिक मानिस छन्, जो भगवानमा विश्वास राख्छन्, जसले आफुलाई कुनै प्रकारको धार्मिक अभिव्यक्तिमा समर्पित गर्छन् | र म सोच्छु कि हजुरको सोचाइ के थियो | हजुरलाई के लाग्छ कि हजुरले चलिरहेको धार्मिक अभिव्यक्तिमा केहि जोड्नुहुन्छ यो देशमा आएर र आफ्नो दर्शन यहाँ जोडेर |

प्रभुपाद: हो | जब म यो देशमा पहिलो पटक आएँ, म बट्लरमा एक भारतीय साथीकोमा पाहुना थिएँ | साक्षात्कारकर्ता: पेंसिल्वेनियामा | प्रभुपाद: पेंसिल्वेनिया | हो | जबकि त्यो सानो प्रदेश थियो, म निकै प्रफुल्लित भएको थिएँ कि त्यहाँ धेरै चर्चहरु थिएँ |

साक्षात्कारकर्ता; निकै धेरै चर्चहरु | हो | हो |

प्रभुपाद: हो | निकै धेरै चर्च हरु | र मैले त्यहाँ देरै चर्चहरुमा बोलें | मेरो मेजबानले यो मिलाउनुभएको थियो | त्यसैले त्यो उद्देश्यका साथ होइन कि म यहाँ कुनै धार्मिक विधिलाई हराउन आएको थिएँ | त्यो मेरो उद्देश्य थिएन | हाम्रो उद्देश्य हो, चैतन्य महाप्रभुको उद्देश्य हो, सबैलाई भगवानलाई प्रेम गर्न सिकाउने ,त्यति हो |

साक्षात्कारकर्ता: तर कुन तरिकाले, श्रीमान्, के म सोध्न सक्छु, कुन तरिकाले हजुरले सोच्नुभयो, र हजुरले अहिले सोच्नुहुन्छ, कि भगवानलाई प्रेम गर्ने शिक्षा जुन हजुरले गर्दै हुनुहुन्छ, फरक छ र सायद राम्रो छ यो देशमा पहिलेदेखि चलिरहेको भगवानलाई प्रेम गर्ने शिक्षाभन्दा र जुन पाश्चात्य जगतमा धेरै शताब्दिदेखि चलिआएको छ ?

प्रभुपाद: त्यो तथ्य हो | किनकि हामि चैतन्य महाप्रभुको चरणचिह्नको अनुसरण गरिरहेका छौं | उहाँलाई मानिन्छ...उहाँ हामीबाट स्विकारिनुभएको छ- वैदिक शास्त्रको अधिकार अनुरुप- उहाँ व्यक्तिगत रुपले कृष्ण हुनुहुन्छ |

साक्षात्कारकर्ता: कुन प्रभु ? प्रभुपाद: चैतन्य महाप्रभु | साक्षात्कारकर्ता: ये हो | उहाँ पांच सय वर्ष अघि भारतमा आउनुभएको थियो ?

प्रभुपाद: हो | उहाँ कृष्ण स्वयं हुनुहुन्छ, र उहाँ कसरि कृष्णलाई प्रेम गर्ने सिकाइरहनुभएको छ | तसर्थ उहाँको विधि सबभन्दा आधिकारिक छ | जस्तै तपाई यो स्थापनाको विशेषज्ञ हुनुहुन्छ | यदि कसैले केहि गरिरहेको छ, यदि तपाई व्यक्तिगत रुपमा उसलाई सिकाउनुहुन्छ,"यसरी गर," त्यो धेरै आधिकारिक हुन्छ | त्यसैले भगवान चेतना, भगवान स्वयंले सिकाइरहनुभएको छ | जस्तै भगवद-गीतामा, कृष्ण भगवान हुनुहुन्छ | उहाँ आफ्नै बारेमा बताइरहनुभएको छ | र अन्त्यमा उहाँ भन्नुहुन्छ,"केवल ममा आत्मसमर्पण गर | म तिम्रो जिम्मा लिन्छु |" तर मानिसले गलत बुझ्छन् | त्यसैले चैतन्य महाप्रभु-कृष्ण डेरी आउनुभयो, चैतन्य महाप्रभुको रुपमा, मानिसलाई सिकाउन कसरी आत्मसमर्पण गर्ने | र किनकि हामि चैतन्य महाप्रभुको चरणचिह्नको अनुसरण गरिरहेका छौं, यो विधि निकै उत्कृष्ट छ कि विदेशी जसले कहिल्यै कृष्णलाई चिनेका थिएनन्, उनीहरु आत्मसमर्पण गरिरहेका छन् | यो विधि निकै शक्तिशाली छ | त्यसैले त्यो मेरो उद्देश्य थियो | हामि भन्दैनौं कि "यो धर्म यो धर्मभन्दा राम्रो छ," अथवा "मेरो विधि राम्रो छ |" हामि नतिजाबाट देख्न चाहन्छौं | संस्कृतमा एउटा शब्द छ, फलेन परिचीयते | कुनै पनि कुरालाई नतिजाबाट निर्णय गर्न सकिन्छ |

साक्षात्कारकर्ता: कुनै कुराको निर्णय....?

प्रभुपाद: नतिजाबाट |

साक्षात्कारकर्ता: हो |

प्रभुपाद: तपाईले भन्न सक्नुहुन्छ, मैले भन्छु कि मेरो विधि निकै राम्रो छ | तपाई भन्न सक्नुहुन्छ तपाईको विधि निकै राम्रो छ, तर हामीले नतिजाबाट निर्णय गर्नुपर्छ | त्यो हो....भागवतमा भनिएको छ कि त्यो धर्मको विधि निकै राम्रो हो जसबाट एक मानिस भगवानको प्रेमी बन्छ |