NE/Prabhupada 0113 - जिब्रोलाई नियन्त्रण गर्न निकै गाह्रो छ

Revision as of 03:32, 21 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0113 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 5.6.2 -- Vrndavana, November 24, 1976

रघुनाथ दास गोस्वामीले कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो, चैतन्य महाप्रभुले पनि कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो, र रुप-सनातन गोस्वामीले कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो | यो होइन कि कोहि वृन्दावनमा बसेर छोटो लुगा लगाउदैमा ऊ रुप गोस्वामी जस्तो हुन्छ..... रुप गोस्वामी पूर्ण रुपमा संग्लग्न हुनुहुन्थ्यो | नाना-शास्त्र​-विचारणैक​-निपुणौसद्-धर्म​-संस्थापकौ लोकानां हित​-कारिणौ | उहाँहरु वृन्दावनमा हुनुहुन्थ्यो, तर उहाँहरु सधैँ मानिसलाई, यो भौतिक जगतलाई कसरी राम्रो गर्ने सोच्नुहुन्थ्यो | जस्तै प्रहलाद महाराज | शोचे ततो विमुख​-चेतस | साधुको चिन्ता भुलिएका भौतिकवादी मानिसहरुको बारेमा सोच्नु हुन्छ | उहाँहरु सधैँ सोच्नुहुन्छ, योजना बनौनुहुन्छ कसरी तिनीहरुलाई माथि उठाउने, तिनीहरु दु:ख पाईरहेका छन् | यी हुन् साधु | लोकानां हित​-कारिणौ | साधु, यो होइन कि "मैले यस्तो प्रकारले मेरो वस्त्र परिवर्तन गरेको छु, र मानिसहरुले भावनामा बगेर मलाई रोटि दिन्छन, र म खानेछु र सुत्नेछु |" त्यो साधु होइन | साधु....भगवान, कृष्णले भन्नुहुन्छ को हो साधु | अपि चेत् सु-दुराचारो भजते माम् अनन्य​-भाक् साधुर् एव स मन्तव्यः (भ गी ९|३०) | ती हुन् साधु | जसले पूर्ण रुपले आफ्नो जीवन कृष्णप्रति समर्पित गर्नुभएको छ, उहाँ हो साधु | ऊसंग नराम्रो बानी पनि छन् भने...... नराम्रो बानि, एउटा साधुको नराम्रो बानी हुनुहुँदैन, किनकि कोहि साधु भए, यदि सुरुवातमा उनको केहि नराम्रो बानी छ भने त्यो बानी सुध्रिन्छ | शष्वद् भवति धर्मात्मा | क्षिप्रं भवति धर्मात्मा शश्वच्-छान्तिं निगच्छति | यदि उनी वास्तवमा साधु हुन् भने, उनको नराम्रो बानी चांडै नै सुध्रिन्छ, निकै चांडो, यो होइन कि उनले आफ्नो नराम्रो बानीलाई निरन्तरता दिने र साधु पनि हुने | त्यो हुन सक्दैन | त्यो साधु होइन | हुनसक्छ उनको विगतका बानीहरु, उनले केहि गल्ति गर्नसकेका हुन्छन | त्यो माफ हुनसक्छ | तर यदि ऊ, साधुको नाममा र मुक्त पुरुषको नाममा सारा नचाहिने काम निरन्तरता दिन्छ भने, ऊ धाग हो | ऊ साधु होइन । अपि चेत् सु-दुराचारो | चेत, यदि, कुनै मौकाले, यो सम्भव छ | तर यदि उनी कृष्ण भावनामृतमा रहिरहन्छन् भने, क्षिप्रं भवति धर्मात्मा शश्वच्-छान्तिं निगच्छति | सुरुवातमा केहि गल्ति हुनसक्छ, तर हामीले हेर्नुपर्छ कि "मेरा गल्ति अहिले सुध्रिएका छन् ?" त्यस्तो सतर्कता हुनुपर्छ | मनलाई कहिल्यै विश्वास गर्नुहुँदैन | त्यो उपदेश छ यहाँ | मनलाई विश्वास गर्नुहुँदैन | मेरो गुरु महाराजले भन्ने गर्नुहुन्थ्यो कि "निद्राबाट उठेपछि, आफ्नो जुत्ता लिऊ र मनलाई सय चोटी हिर्काउ | यो तिम्रो पहिलो कार्य हो | र सुत्न जानु अघि, एउटा कुचो लिऊ र मनलाई सय चोटी हिर्काउ | तब तिमीले आफ्नो मन नियन्त्रणमा राख्न सक्छौ | अन्यथा यो धेरै गाह्रो छ |"

त्यसैले यो... यो जुत्ता र कुचोले हिर्काउनु पनि अर्को तपस्या हो | हामीजस्ता मानिसका लागि, जसको मनमाथि नियन्त्रण छैन, हामीले यो तपस्या गर्नुपर्छ, मनलाई जुत्ता र कुचोले हिर्काउनु | तब यो नियन्त्रणमा हुन्छ | र स्वामी भनको जसको मनमाथि नियन्त्रण छ | वाचो-वेगम्, क्रोध​-वेगम्, उदर​-वेगम्, उपस्थ​-वेगम्, मनस​-वेगम्, क्रोध​-वेगम्, एतान् वेगान् यो विषहेत धीरः पृथिवीं स शिष्यात् (उपदेशामृत १) | यो रुप गोस्वमिको उपदेश हो | जब हामी वाचो-वेगम् लाई नियन्त्रणमा राख्नसक्छौं... यो हो क्रन्दन​-वेगम् | (हाँस्नुहुन्छ) तिनीहरुले नियन्त्रण गर्न सक्दैनन् | तिनीहरुले नियन्त्रण गर्न सक्दैनन् | तसर्थ तिनीहरु बच्चा हुन् | बच्चालाई माफ गर्न सकिन्छ, तर यदि एक मानिस जो अध्यात्मिक जीवनमा छ, उस्ल्व नियन्त्रण गर्न सक्दैन, तब निराशाजनक हुन्छ | तब ऊ निराशाजनक हुन्छ | यो नियन्त्रित हुनुपर्छ | वचो-वेगम्, क्रोध​-वेगम्, उदर​-वेगम्, उपस्थ वेगम् | तर मुख्य कुरा भनेको उदर वेगम् र जिह्वा वेगम् | जिह्वा वेगम्, यो तत्काल नियन्त्रित हुन्छ | भक्तिविनोद ठाकुरले भन्नुभयो कि "सबै इन्द्रियहरु छन्, तर ती मध्ये, यो जिह्वा निकै खतरनाक छ |" ताऽर मध्ये जिह्वा अति लोभमोय् सुदुर्मति ताऽके जेता कठिन संसारे | जिब्रोलाई नियन्त्रण गर्न निकै गाह्रो छ |