NE/Prabhupada 0115 - मेरो काम केवल कृष्णको सन्देश दिनु हो

Revision as of 05:52, 15 March 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0115 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Los Angeles, July 11, 1971

म खुशी छु कि यी युवाहरु कृपालु भई मेरो मदत गरिरहेछन् यो कृष्ण भावनामृत अभियान फैलाउन र कृष्णले यिनीहरुलाई आशिर्वाद दिनुहुनेछ | म निकै तुच्छ छु | मसंग कुनै क्षमता छैन | मेरो काम केवल कृष्ण को सन्देश दिनु हो | एउटा हुलाकको सेवक जस्तै; उसको काम चिठ्ठी दिनु हो | चिठ्ठीमा लेखिएको कुराप्रति ऊ जिम्मेवार हुदैन | प्रतिक्रिया..... चिठ्ठी पाउनेवालाले चिठ्ठी पढेपछि केहि महशुस गर्न सक्छ तर त्यो जिम्मेवारी त्यस सेवकको होइन | त्यसैगरी, मेरो जिम्मेवारी हो, जे मैले गुरु-शिष्य परम्पराबाट, मेरो गुरुबाट प्राप्त गरें | म त्यहि कुरा प्रस्तुत गर्दैछु, तर कुनै मिलावट बिना | त्यो मेरो काम हो | त्यो मेरो जिम्मेवारी हो | मैले कुराहरु त्यसरी प्रस्तुत गर्नैपर्छ जसरी कृष्णले प्रस्तुत गर्नुभएको थियो, जसरी अर्जुनले प्रस्तुत गर्नुभएको थियो, जसरी हाम्रा आचार्यहरुले, चैतन्य महाप्रभुले प्रस्तुत गर्नुभएको थियो, र अन्तिममा मेरो गुरु महाराज, भक्तिसिद्धांत सरस्वति गोस्वामी महाराज | त्यसैगरी, यदि तपाईहरुले कृष्ण भावनामृत अभियान उही भावनामा ग्रहण गर्नुभयो भने, र यदि तपाईले अरु मानिसलाई, आफ्ना देशका अरु नागरिकलाई वितरण गर्नुभयो भने, पक्कै पनि यो प्रभावशाली हुन्छ, किने यसमा कुनै मिसावट छैन | कुनै गफ छैन | कुनै ठगि छैन | यो शुद्ध अध्यात्मिक चेतना हो | केवल एसको अभ्यास गर्नुहोस् र वितरण गर्नुहोस् | तपाईको जीवन गौरवशाली हुनेछ |