NE/Prabhupada 0117 - नि:शुल्क होटल र नि:शुल्क सुत्ने आवास

Revision as of 13:46, 16 March 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0117 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 7.9.24 -- Mayapur, March 2, 1976

यो हो विचार, दास बन्नु र दासी बन्नु | यो मानव सभ्यताको आदर्श हो | हरेक नारि आफ्नो पतिको दासी बन्नुपर्छ. र हरेक पुरुष कृष्णको सय गुणा दास बन्नुपर्छ | यो हो भारतीय सभ्यता, यो होइन कि "पति र पत्नी, हाम्रो समान अधिकार छ |: त्यो, युरोपमा, अमेरिकामा, यो अभियान चलिरहेको छ, "समान अधिकार |" यो वैदिक सभ्यता होइन | वैदिक सभ्यता भनेको पति कृष्णको आज्ञाकारी दास बन्नुपर्छ, र पत्नी पतिको आज्ञाकारी दासी बन्नुपर्छ |

तसर्थ यहाँ भनिएको छ, उपनय माम् निज-भृत्य​ पार्श्वम् (श्री भ ७।९।२४) | यो उत्तम संघ हो | जब नारद मुनिले पुरुष र महिलाले कसरि व्यवहार गर्नुपर्छ बारेमा भन्दै हुनुहुन्छ.... हामी अहीले टेप डिक्टाफोनमा चर्चा गरिरहका छौं | तपाईले त्यो सुन्नुहुनेछ | कि त्यहाँ मालिक बन्ने कुनै कुरा छैन | यो बेकार छ | तपाई मालिक बन्न सक्नुहुन्न | अहंकार विमूढात्मा कर्ताहम् इति मन्यते (भ गी ३।२७)| तपाई मालिक बन्न सक्नुहुन्न | जीवेर स्वरूप हय नित्य कृष्ण दास​ (चै च मध्य २०।१०८-१०९) | पुरुष वा महिला, सबै कृष्णका दास हुन् | हामीले उक्त स्तरमा प्रशिक्षण पाउनुपर्छ, कसरि उत्तम दस बन्ने, प्रत्यक्ष दास मात्र होइन, तर दासको पनि दास | यसलाई भनिन्छ परम्परा दास | मेरो गुरु उहाँको गुरुको दास हुनुहुन्छ र मा पनि मेरो गुरुको दास हुँ | त्यसैगरी हामी सोच्छौं "दासको पनि दास" | केहि बन्ने प्रश्न नै छैन.... यो भौतिक रोग हो (चै च मध्य १३।८०)|

कृष्ण भुलिय जीव भोग वाञ्छा करे
पासते माया तारे जापतीया धारे |

जब हामी घमण्ड गर्छौं- "अब म मालिक बन्छु | म आदेश दिनेछु | म कसैको अनुसरण गर्दिन"- यो माया हो |

त्यसैले यो रोग ब्रह्मा देखि कमिलासम्म चलिरहेको छ | प्रल्हाद महाराजले यो मालिक बन्ने तथाकथित गलत सम्मानपूर्वक स्थितिलाई बुझ्नुभएको छ | उहाँ भन्नुहुन्छ "मैले यो गलत कुरालाई जानेको छु | मलाई कृपया संग्लग्न गराउनुहोस्...." निज​-भृत्य​-पार्श्वम् । निज​-भृत्य​-पार्श्वम् भनेको शिक्षार्थी जस्तै | शिक्षार्थी, एउटा शिक्षार्थी एउटा दक्ष व्यक्तिसंग संग्लग्न हुन्छ | बिस्तारै, बिस्तारै त्यस शिक्षार्थीले काम गर्न सिक्छ | तसर्थ उहाँ भन्नुहुन्छ निज​-भृत्य​-पार्श्वम् | "यो होइन कि म तत्काल निकै दक्ष दास बन्छु, तर कृपया मलाई...." हाम्रो संस्था यस प्रयोजनको लागि हो | यदि कोहि यहाँ आउँछ, नि:शुल्क होटल र नि:शुल्क सुत्ने आवास, तब उसको यस संघमा आउनु बेकार छ | उसले सेवा गर्न सिक्नुपर्छ | निज​-भृत्य​-पार्श्वम् | जसले सेवा गरिरहेका छन्, तिनीहरु..... एकले सिक्नुपर्छ कसरि उसले चौबिस घण्टा सेवा गैरहेको छ; तब हाम्री संस्थामा आबद्ध हुनु सफल हुनेछ | र यदि हामी सोच्छौं कि "यहाँ एक संस्था छ जहाँ हामीलाई नि:शुल्क होटल मिल्छ, नि:शुल्क बसोबास र नि:शुल्क इन्द्रियतृप्ति," तब सम्पूर्ण संस्था बिग्रिनेछ | सावधान हुनुहोस् | सबै जीबीसीहरु, उनीहरु सचेत हुनुपर्छ कि यो मानसिकता नबढोस् | सबैजना सेवा गर्न, सेवा गर्न सिक्न उत्सुक हुनुपर्छ | निज​-भृत्य​-पार्श्वम्, तब जीवन सफल हुनेछ |

धेरै धेरै धन्यवाद |