NE/Prabhupada 0117 - नि:शुल्क होटल र नि:शुल्क सुत्ने आवास

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 7.9.24 -- Mayapur, March 2, 1976

यो हो विचार, दास बन्नु र दासी बन्नु | यो मानव सभ्यताको आदर्श हो | हरेक नारी आफ्नो पतिको दासी बन्नुपर्छ. र हरेक पुरुष कृष्णको सय गुणा दास बन्नुपर्छ | यो हो भारतीय सभ्यता, यो होइन कि "पति र पत्नी, हाम्रो समान अधिकार छ |" युरोपमा, अमेरिकामा, यस्तो अभियान चल्दैछ, "समान अधिकार |" यो वैदिक सभ्यता होइन | वैदिक सभ्यता भनेको पति कृष्णको आज्ञाकारी दास बन्नुपर्छ, र पत्नी पतिकी आज्ञाकारी दासी बन्नुपर्छ |

तसर्थ यहाँ भनिएको छ, उपनय माम् निज-भृत्य​ पार्श्वम् (श्री भ ७।९।२४) | यो उत्तम सङ्ग हो | जब नारद मुनिले पुरुष र महिलाले कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा भन्दै हुनुहुन्छ.... हामी अहिले टेप डिक्टाफोनमा चर्चा गर्दैछौं | तपाईले त्यो सुन्नुहुनेछ | कि यहाँ मालिक बन्ने कुनै कुरा छैन | यो बेकार छ | तपाई मालिक बन्न सक्नुहुन्न | अहंकार विमूढात्मा कर्ताहम् इति मन्यते (भ गी ३।२७) | तपाई मालिक बन्न सक्नुहुन्न | जीवेर स्वरूप हय नित्य कृष्ण दास​ (चै च मध्य २०।१०८-१०९) | पुरुष वा महिला, सबै कृष्णका दास हुन् | हामीले उक्त स्तरमा प्रशिक्षण पाउनुपर्छ, कसरी उत्तम दस बन्ने, प्रत्यक्ष दासमात्र होइन, तर दासको पनि दास | यसलाई भनिन्छ परम्परा दास | मेरो गुरु उहाँको गुरुको दास हुनुहुन्छ र म पनि आफ्नो गुरुको दास हुँ | त्यसैगरी, हामी सोच्छौं "दासको पनि दास" | केहि बन्ने प्रश्न नै छैन.... यो भौतिक रोग हो |

कृष्ण भुलिय जीव भोग वाञ्छा कारे
पासते माया तारे जापतीया धारे
(चै च मध्य १३।८०)|

जब हामी घमण्ड गर्छौं- "अब म मालिक बन्छु | म आदेश दिनेछु | म कसैको अनुसरण गर्दिनँ"- यो माया हो |

ब्रह्मादेखि कमिलासम्म यो रोगद्वारा ग्रसित छन् | प्रह्लाद महाराजले मालिक बन्ने गलत र तथाकथित सम्माननीय स्थितिलाई बुझ्नुभएको छ | उहाँ भन्नुहुन्छ "मैले यो गलत कुरालाई जानेको छु | कृपया मलाई संग्लग्न गराउनुहोस्...." निज​-भृत्य​-पार्श्वम् । निज​-भृत्य​-पार्श्वम् भनेको शिक्षार्थी जस्तै | शिक्षार्थी, एउटा शिक्षार्थी एउटा दक्ष व्यक्तिसँग संग्लग्न हुन्छ | बिस्तारै, बिस्तारै त्यस शिक्षार्थीले काम गर्न सिक्छ | तसर्थ उहाँ भन्नुहुन्छ निज​-भृत्य​-पार्श्वम् | "यो होइन कि म तत्काल निकै दक्ष दास बन्छु, तर कृपया मलाई...." हाम्रो संस्था यस प्रयोजनको लागि हो | यदि कोहि यहाँ नि:शुल्क होटल र नि:शुल्क सुत्ने आवास सोचेर आउँछ भने उसको यस सङ्गमा आउनु बेकार हुन्छ | उसले सेवा गर्न सिक्नुपर्छ | निज​-भृत्य​-पार्श्वम् | जसले सेवा गर्दैछन्, तिनीहरु..... मानिसले सिक्नुपर्छ कि कसरी अरुले चौबिस घण्टा सेवा गर्दैछन्; तब हामी संस्थामा आबद्ध हुनु सफल हुनेछ | यदि हामी सोच्छौं कि "यहाँ एक संस्था छ जहाँ हामीलाई नि:शुल्क होटल मिल्छ, नि:शुल्क बसोबास र नि:शुल्क इन्द्रियतृप्ति," तब सम्पूर्ण संस्था बिग्रिनेछ | सावधान हुनुहोस् | सबै जीबीसीहरु, उनीहरु सचेत हुनुपर्छ कि यो मानसिकता नबढोस् | सबैजना सेवा गर्न र यो सिक्न उत्सुक हुनुपर्छ | निज​-भृत्य​-पार्श्वम् | तब जीवन सफल हुनेछ |

धेरै धेरै धन्यवाद |