NE/Prabhupada 0141 - आमाले दुध दिन्छिन्, र तिमी आमालाई मार्दैछौ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Garden Conversation -- June 14, 1976, Detroit


जयाद्वैत: कलेजका कार्यक्रमहरुमा, सत्स्वरूप महाराज र मैले वर्णाश्रम धर्ममा धेरै कक्षाहरु दिंदैछौं | तिनीहरुले सधैं हिन्दु जातीय प्रथा सम्बन्धि सुन्न चाहन्छन्, तिनीहरुले हामीलाई पनि त्यसैको अंशको रुपमा लिन्छन् | त्यसपछि हामी वर्णाश्रम-धर्मको बारेमा बोल्छौँ | तिनीहरुसँग यसलाई हराउने कुनै विचार छैन | तिनीहरु सधैं केहि कमजोर तर्क दिन्छन् तर तिनीहरुसँग कुनै राम्रो विधि छैन |

प्रभुपाद: तिनीहरुको तर्क के हुन्छ ? जयाद्वैत: कहिलेकहीं....... तिनीहरुसँग केहि विचार हुन्छ, तिनीहरुले तर्क दिन्छन् कि कुनै सामाजिक गतिशीलता छैन किनकि तिनीहरु सबैसँग जन्म अनुरुप जातको शारीरिक विचार छ |

प्रभुपाद: होइन, त्यो तथ्य होइन |

जयाद्वैत: होइन |

प्रभुपाद: योग्यता हुन्छ |

जयाद्वैत: जब हामीले यो विचार प्रस्तुत गर्छौं, तब तिनीहरु चुप लागेर बस्छन्, तिनीहरुसँग कुनै तर्क हुँदैन | हामी तिनीहरुको विधिलाई चुनौती दिन्छौं कि "तिम्रो समाजको के प्रयोजन छ ? यसको के लक्ष्य छ ?" र तिनीहरु केहि भन्न सक्दैनन् |

प्रभुपाद: गतिविधिहरुको विभाजन नभएसम्म कुनै कार्य पनि पूर्ण रुपमा सम्पन्न गर्न सकिंदैन | शरीरमा प्राकृतिक विभाजन हुन्छ- टाउको, हात, पेट र खुट्टा | त्यसैगरी, सामाजिक शरीरमा पनि टाउको हुनुपर्छ, बुद्धिमान वर्गका मानिसहरु, ब्राह्मण | तब सबै कुरा राम्ररी चल्नेछ | र वर्तमान समयमा कुनै बुद्धिमान वर्गका मानिस छैनन् | सबै मजदुर, श्रमिक वर्गका मानिसहरु, चौथो श्रेणीका छन् | प्रथम श्रेणी, द्वितीय श्रेणीका छैनन् | तसर्थ समाज अशान्त स्थितिमा छ | कुनै दिमाग छैन |

जयाद्वैत: तिनीहरुको एकमात्र आपत्ति भनेको जब हामीले ब्रह्मचारी, गृहस्थ​, वानप्रस्थ​, सन्न्यास​ आश्रमको विचार प्रस्तुत गर्छौं, तिनीहरु स्वत: विरोधी हुन्छन् किनकि तिनीहरु बुझ्छन् कि हामी इन्द्रियतृप्तिको विरुद्धमा छौं |

प्रभुपाद: हो | इन्द्रियतृप्ति पशु सभ्यता हो | र इन्द्रिय नियन्त्रण मानव सभ्यता...... इन्द्रियतृप्ति मानव समाजमा हुँदैन | इन्द्रियतृप्ति मानव सभ्यता होइन | होइन | त्यो तिनीहरुलाई थाहा छैन | तिनीहरुको केन्द्रिय विन्दु इन्द्रियतृप्ति हो | त्यो कमजोरी छ | तिनीहरु मानव सभ्यताको नाममा पशु सभ्यतामा चल्दैछन् | त्यो कमजोरी छ | इन्द्रियतृप्ति पशु सभ्यता हो | वास्तवमा तिनीहरु पशु हुन् | यदि तिनीहरुले आफ्नो बच्चा मार्न सक्छन् भने तिनीहरु पशु हुन् | जस्तै बिरालो, कुकुरहरुले आफ्ना बच्चा मार्छन् | त्यो के हो ? त्यो पशु हो | कसले भनेको थियो कि बच्चालाई छाडिएको झोलामा राखिन्छ ?

हरि शौरि: लकरमा छाडिएको झोला हुन्छ | त्रिविक्रम महाराजले भनेका थिए कि जापानमा त्यसो हुन्छ | उनले भनेका थिए कि बीस हजारभन्दा बढी बच्चाहरुलाई तिनीहरुले छाडिएको-झोला राख्ने लकरमा राख्छन् र छाडिदिन्छन् |

प्रभुपाद: बसको स्टेसन ? रेलको स्टेसन ? झोला छाड्ने | बच्चालाई राख्ने र ताला लगाउने, त्यसपछि पुनः नफर्कने | अनि जब दुर्गन्ध हुन्छ........ यो चल्दैछ | यो केवल पशु सभ्यता हो | गाईबाट अन्तिम थोपा दुध लिने र तत्काल उसलाई बधशाला पठाउने | तिनीहरु त्यस्तै गर्दैछन् | बधशाला पठाउनुभन्दा अगाडि, तिनीहरु गाईबाट अन्तिम थोपा दुध निकाल्छन् | र तत्काल मार्छन् | तिमीलाई दुध चाहिन्छ, तिमी यति धेरै दुध लिन्छौ, दुध बिना तिमी केहि गर्न सक्दैनौ....... र जुन पशुबाट तिमी दुध लिन्छौ, उनी तिम्रो माता हुन् | तिनीहरु यो बिर्सन्छन् | माताले दुध प्रदान गर्छिन्, उनले आफ्नो शरीरबाट दुध प्रदान गर्छिन् र तिमीले आफ्नी माताको हत्या गर्छौ ? के यो सभ्यता हो ? माता मार्ने ? र दुध आवश्यक छ | तसर्थ तिमीले यसको अन्तिम थोपा लिंदैछौ | अन्यथा गाईबाट अन्तिम थोपा दुध किन लिने ? यो आवश्यक छ | उनलाई बाँच्न किन नदिने ? उनले तिमीलाई दुध दिनेछिन् र तिमीले दुधबाट हजारौं पौष्टिक भोजन तयार गर्न सक्छौ ? त्यो बुद्धिमानी कहाँ छ ? दुध केहि होइन तर रगतको रुपान्तरण हो | त्यसैले रगत लिनुभन्दा यसको रुपान्तरण लिऊ र इमानदार सज्जन मानिस जसरी राम्ररी बाँच | हुँदैन | तिनीहरु सज्जन पनि छैनन् | ठगहरु, असभ्य |

यदि तिमी मासु लिन चाहन्छौ भने तिमीले सुँगुर र कुकुरजस्ता तुच्छ पशुलाई मार्न सक्छौ जसको कुनै प्रयोजन छैन | यदि तिमीलाई खाने नै इच्छा हुन्छ भने तिमीले तिनीहरुलाई खान सक्छौ | त्यसको अनुमति छ, सुँगुर र कुकुरको अनुमति छ | किनकि कुनै सज्जन वर्गले मासु खाँदैन | यी तुच्छ श्रेणीका हुन् | तिनीहरुलाई अनुमति छ,"ठिक छ तिमीले सुँगुर खान सक्छौ, श्वपच​ |" निच श्रेणीका मानिसहरुले सुँगुर र कुकुर खान्थे | तब पनि तिनीहरु खाँदैछन् | त्यसैले यदि तिमीलाई मासु खाने इच्छा छ भने तिमीले यी महत्वहीन पशुहरुलाई खान सक्छौ | किन तिमीले त्यस पशुलाई मार्दैछौ जसको दुधको अन्तिम थोपा तिमीलाई आवश्यक हुन्छ ? यसमा के अर्थ छ ? र जब तिमीले कृष्णको विचार गर्छौ, उहाँले पुतनालाई मार्नुभयो तर उसलाई आफ्नी माताको स्थान दिनुभयो | कृष्णले आभारी हुनुभयो कि "पुतनाको नियत जे पनि हुन सक्छ तर मैले उनको स्तनपान गरें, त्यसैले उनी मेरी माता हुन् |" हामीले पनि गाईबाट दुध लिंदैछौं | गाई मेरी माता होइनन् ? दुध बिना को बाँच्न सक्छ ? र कसले गाईको दुध लिएको छैन ? बिहान सबेरै तिमीलाई दुध चाहिन्छ | र त्यस पशु, उनले दुध प्रदान गर्दैछिन्, उनी माता होइनन् ? यसमा के अर्थ छ ? माता-मार्ने सभ्यता | र तिनीहरु खुसी हुन चाहन्छन् | र केहि समयको अन्तरलमा फलस्वरुप ठुलो युद्ध र नरसंहार हुन्छ |