NE/Prabhupada 0148 - हामी भगवानका अंश हौँ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 7.6.1 -- Madras, January 2, 1976


त्यो धर्म हो | सम्बन्ध, अभिधेय, प्रयोजन, यी तीन कुराहरु | सम्पूर्ण वेदलाई तीन भागमा विभाजन गरिएको छ | सम्बन्ध, हाम्रो भगवानसँगको मेल कस्तो छ | त्यसलाई भनिन्छ सम्बन्ध | अनि अभिधेय | त्यो सम्बन्ध अनुसार हामीले कार्य गर्नुपर्छ | त्यसलाई भनिन्छ अभिधेय | र हामीले किन कार्य गर्छौं ? किनकि हामीले जीवनको लक्ष्य छ पुरा गर्नुपर्छ | जीवनको लक्ष्य के हो ? जीवनको लक्ष्य भनेको घर फर्कनु, भगवद् धाम फर्कनु हो | त्यो जीवनको लक्ष्य हो | हामी भगवानका अंश हौँ | भगवान् सनातन हुनुहुन्छ र उहाँको आफ्नै सनातन लोक छ | परस् तस्मात् तु भावो ऽन्यो ऽव्यक्तो ऽव्यक्तात् सनातनः (भ गी ८।२०) | एउटा शाश्वत स्थान छ | यो भौतिक जगत् सधैं विद्यमान हुँदैन | यो भूत्वा भूत्वा प्रलीयते (भ गी ८।१९) हुन्छ | यो निश्चित मितिमा प्रकट हुन्छ | जस्तै तपाईको शरीर र मेरो शरीर एउटा निश्चित मितिमा प्रकट भएको हो | यो केहि समयको लागि रहनेछ | यो हुर्कनेछ | यसले केहि सन्तति दिनेछ | त्यसपछि हामी बुढो हुन्छौं, क्षीण हुन्छौं र समाप्त हुन्छौं | यसलाई भौतिक वस्तुको षड्-विकार भनिन्छ | तर अर्को प्रकृति छ जहाँ षड्-विकार हुँदैन | त्यो शाश्वत हुन्छ | त्यसलाई सनातन-धाम भनिन्छ | र हामी जीवहरु, हामीलाई पनि शाश्वत भनिएको छ | न हन्यते हन्यमाने शरीरे (भ गी २।२०) | र भगवानलाई पनि सनातन भनेर सम्बोधित गरिएको छ | हाम्रो वास्तविक स्थिति भनेको हामी सनातन हौँ, कृष्ण सनातन हुनुहुन्छ र कृष्णको आफ्नो लोक छ, जुन सनातन छ | जब हामी त्यस सनातन-धाममा फर्कन्छौँ र परम सनातन, कृष्णसँग बाँच्छौं........ र हामी पनि सनातन हौँ | जुन प्रक्रियाबाट हामीले जीवनको सर्वोच्च पूर्णता प्राप्त गर्छौं, त्यसलाई सनातन धर्म भनिन्छ | हामीले यहाँ सनातन धर्म सम्पन्न गर्दैछौं |

सनातन-धर्म र भागवत्-धर्म, उही कुरा हो | भागवत्, भगवान् | भगवान् शब्दबाट भागवत् आएको हो | श्री चैतन्य महाप्रभुले भागवत् धर्मको व्याख्या गर्नुभएको छ | उहाँले भन्नुहुन्छ, जीवेर स्वरूप हय नित्य कृष्ण दास (चै च मध्य २०|१०८-१०९) | हामी कृष्णका नित्य-दास हौँ | यो हो | तर वर्तमान समयमा, हाम्रो भौतिक सम्बन्धको कारण, भगवान् वा कृष्णको दास नबनेर हामी अरु विभिन्न कुराहरु, मायाको दास बनेका छौं र हामीले पीडा भोग्दैछौं | हामी सन्तुष्ट छैनौं | यो हुन सक्दैन | यो सम्भव छैन | जस्तै, तपाईले यन्त्रबाट एउटा पेच निकाल्नुहोस् | यदि त्यो पेच कुनै कारणले खस्छ भने त्यसको कुनै मूल्य हुँदैन | तर उही पेच, जब तपाईले यन्त्रमा जोड्नुहुन्छ वा यन्त्र एउटा पेच नहुँदा चल्दैन, यो विचलित अवस्थामा हुन्छ, तपाईले उही पेचलाई त्यसमा जोड्नुहोस् र यन्त्रले कार्य गर्नसक्छ र पेच धेरै मूल्यवान हुन्छ | हामी भगवान् कृष्णका अंश हौँ | ममैवांशो जीव​-भूतः (भ गी १५।७), कृष्णले भन्नुहुन्छ | हामी अहिले अलग भएका छौं | हामी झरेका छौं | अर्को उदाहरण भनेको ठुलो आगो र सानो झिल्को जस्तै | सानो झिल्को पनि आगो हो, जबसम्म यो ठुलो आगोभित्र हुन्छ | र यदि कुनै कारणले त्यस झिल्को आगो बाहिर झर्छ भने त्यो निभ्छ | आगोको गुण थोरै पनि रहँदैन | तर यदि तपाईले पुनः त्यसलाई आगोमा हाल्दिनुहुन्छ भने यो पुनः झिल्को बन्छ | हाम्रो स्थिति त्यस्तै छ |

कुनै कारणवश हामी यो भौतिक जगतमा आएका छौं | हामी सानो कण, भगवानको अंश भए तापनि, हामी यो भौतिक जगतमा भएको कारण हामीले भगवानसँगको आफ्नो सम्बन्ध बिर्सिएका छौं, र हाम्रो....... मनः षष्ठानीन्द्रियाणि प्रकृति-स्थानि कर्षति (भ गी १५।७) | हामी भौतिक प्रकृतिको नियम र अरु धेरै कुराहरु विरुद्ध संघर्ष गर्दैछौं | यहाँ पनि हामीले सेवा गर्दैछौं किनकि हामी सबै शाश्वत रुपमा सेवक हौँ | तर हामीले भगवानको सेवा त्यागेको कारण हामी धेरै कुराहरुको दासको रुपमा संग्लग्न छौं | तर कोहि पनि सन्तुष्ट छैन, जसरी सम्माननीय न्यायाधिसले भने कि कोहि सन्तुष्ट छैनन् | यो तथ्य हो | यसरी सन्तुष्ट हुन सकिंदैन | यसरी सन्तुष्ट हुन सकिंदैन किनकि हामी मौलिक रुपमा भगवानका दास हौँ, तर हामीलाई यो भौतिक जगतमा अरु धेरै अयोग्य कुराको सेवा गर्न राखिएको छ | तसर्थ हामीले सेवाको योजना बनाउँदैछौं | त्यसलाई मानसिक कल्पना भनिन्छ | मनः षष्ठानीन्द्रियाणि प्रकृति-स्थानि कर्षति | एउटा संघर्ष, यो एउटा संघर्ष हो |