NE/Prabhupada 0149 - कृष्ण भावनामृत अभियान भनेको परम पिता पत्ता लगाउनु

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Tenth Anniversary Address -- Washington, D.C., July 6, 1976


यस कृष्ण भावनामृत अभियान भनेको परम पिता पत्ता लगाउनु हो | परम पिता | यस अभियानको मूल सार नै यहि हो | यदि हामीलाई आफ्नो पिता को हुनुहुन्छ थाहा छैन भने त्यो धेरै राम्रो स्थिति होइन | कम्तिमा भारतमा, यो चलन छ, यदि कसैले आफ्नो पिताको नाम भन्न सक्दैन भने उसलाई त्यति सम्मान गरिंदैन | र यो चलन छ कि अदालतमा तपाईले आफ्नो नाम लेख्नुहुन्छ र तपाईले आफ्ना पिताको नाम पनि लेख्नुपर्छ | त्यो भारतीय, वैदिक प्रथा हो, उसको नाम, उसको पिताको नाम र उसको गाउँको नाम | यी तीन कुराहरु हुनुपर्छ | मलाई लाग्छ यो चलन अरु देशहरुमा विद्यमान हुन सक्छ तर भारतमा भने यहि चलन छ | पहिलो नाम उसको आफ्नो नाम हुन्छ, दोस्रो नाम उसको पिताको नाम हुन्छ, र तेस्रो नाम ऊ जन्मिएको गाउँ वा देशको नाम हुन्छ | यो चलन छ | हामीले पिताको बारेमा थाहा पाउनुपर्छ | त्यो कृष्ण भावनामृत अभियान हो | यदि हामी आफ्ना पितालाई बिर्सन्छौं भने त्यो धेरै राम्रो स्थिति होइन | र कस्तो प्रकारको पिता ? परं ब्रह्म परं धाम (भ गी १०|१२) | सबभन्दा धनी | गरिब पिता होइनन्, जसले आफ्ना बच्चाहरुलाई खुवाउन सक्दैनन् | त्यस्ता पिता होइनन् | एको यो बहूनां विदधाति कामान् | ती पिता यति धनी हुनुहुन्छ कि उहाँ एक्लैले लाखौं-करोडौं जीवहरुलाई खुवाउँदै हुनुहुन्छ | अफ्रिकामा लाखौं हात्तीहरु छन् | उहाँले तिनीहरुलाई खुवाउँदै हुनुहुन्छ | र एउटा कोठामा दुलो हुन्छ, त्यहाँ लाखौं कमिलाहरु हुन सक्छन् | उहाँले तिनीहरुलाई पनि खुवाउनुहुन्छ | एको यो बहूनां विदधाति कामान् | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद २|२|१३) | यी वैदिक जानकारी हुन् | मानव जीवन यो बुझ्नको लागि हो कि पिता को हुनुहुन्छ, उहाँको कानुन के हो, भगवान् को हुनुहुन्छ, हाम्रो उहाँसँग के सम्बन्ध छ | यो वेदान्त हो | वेदान्तको मतलब यो होइन कि केहि नचाहिने कुरा बोल्ने र पितासँग कुनै सम्बन्ध हुँदैन | श्रम एव हि केवलम् | यदि तपाईलाई थाहा छैन कि तपाईको पिता को हुनुहुन्छ........

धर्मः स्वनुष्ठितः पुंसां विष्वक्सेन​-कथासु यः
नोत्पादयेद् यदि रतिं श्रम एव हि केवलम्
(श्री भा १।२।८)

यो आवश्यक छैन | र कृष्णले भन्नुहुन्छ, वेदैश् च सर्वैर् अहम् एव वेद्यः (भ गी १५।१५) | तपाई वेदान्ति बन्नुहोस्, त्यो धेरै राम्रो हो | वेदान्तको सुरुवातमा भनिएको छ कि परमसत्य उहाँ हुनुहुन्छ जसबाट सबै कुरा आउँछ | अथातो ब्रह्म जिज्ञासा | यो सुरुवात हो | मानव जीवन भनेको परमसत्यलाई बुझ्नको लागि हो, जिज्ञासा | परमसत्य के हुनुहुन्छ भनेर जिज्ञासा गर्नुपर्छ | परमसत्यलाई भेटाउनु मानव जीवन हो | अर्को सूत्रमा तत्काल भनिएको छ कि परमसत्य उहाँ हुनुहुन्छ जो सबै कुराको स्रोत हुनुहुन्छ | र त्यो सबै कुरा के हो ? हामीले दुई कुरा पाउँछौं: चल र अचल | व्यवहारिक अनुभव | केहि चल छन् र केहि अचल छन् | दुई कुराहरु | हामीले विविध कुरा विस्तार गर्न सक्छौं | त्यो अर्को कुरा हो | तर दुई कुराहरु मुख्य रुपमा छन् | यी दुई कुराहरु, हामीले देख्छौं कि यी दुई चल र अचल कुराहरु माथि एक नियन्त्रक हुनुहुन्छ | हामीले अब जिज्ञासा गर्नुपर्छ, यी दुई चल र अचल कुराहरुको स्रोतको स्थिति के छ ? श्रीमद् भागवतममा स्थिति वर्णन गरिएको छ, जन्माद्य् अस्य यतो ऽन्वयाद् इतरतश् चार्थेष्व् अभिज्ञः (श्री भा १।१।१) |

यो व्याख्या दिइएको छ | सबै कुराको मुल स्रोत अभिज्ञः हुनुहुन्छ | कसरी ? अन्वयाद् इतरतश् चार्थेषु | यदि मैले केहि सिर्जना गरेको छु भने मलाई सबै विवरण थाहा हुन्छ | अन्वयाद्, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, मलाई थाहा हुन्छ | यदि मैले केहि उत्पादन गर्छु..... मानौं, यदि मलाई केहि विशेष पकवान बनाउन आउँछ भने मलाई यो सबै विवरण थाहा हुन्छ | त्यो स्रोत हो | त्यसैगरी, सम्पूर्ण वस्तुको स्रोत कृष्ण हुनुहुन्छ | कृष्णले भन्नुहुन्छ, वेदाहं समतीतानि: (भ गी ७।२६) "मलाई सबै थाहा छ- भुत, वर्तमान र भविष्य |" मत्तः सर्वं प्रवर्तते | आहम् आदिर् हि देवानाम् (भ गी १०।२) | सृष्टिको सिद्धान्त अनुसार..... सिद्धान्त होइन, तथ्य | ब्रह्मा विष्णु महेश्वर | यी मुख्य देवताहरु हुन् | विष्णु मूल हुनुहुन्छ | अहं आदिर् हि देवानाम् | सृष्टिमा सर्वप्रथम महा-विष्णु; त्यसपछि महा-विष्णुबाट गर्भोदकशायी विष्णु | गर्भोदकशायी विष्णु बाट क्षीरोदकशायी विष्णु, विष्णुको विस्तार र उहाँबाट ब्रह्मा | ब्रह्मा गर्भोदकशायी विष्णबाट कमलको फुलमा आउँछन्, त्यसपछि उनले रुद्रलाई जन्म दिन्छन् | यो सृष्टिको व्याख्या हो | कृष्णले भन्नुहुन्छ अहं आदिर् हि देवानाम् | उहाँ पनि विष्णुको स्रोत हुनुहुन्छ किनकि हामीले शास्त्रबाट भन्छौं, कृष्णस् तु भगवान् स्वयम् (श्री भ १।३।२८) | मूल भगवान कृष्ण हुनुहुन्छ | र कृष्णको पहिलो विस्तार बलदेव हुनुहुन्छ | त्यसपछि उहाँबाट यस चतुर्-व्यूह, वासुदेव​, शङ्कर्षण​, अनिरुद्ध​, त्यस्तै | त्यसपछि नारायण | नारायणबाट, दोस्रो चतुर्-व्यूह, त्यसपछि दोस्रो चतुर्-व्युहबाट शङ्ककर्षण, महा-विष्णु | यस प्रकारले तपाईले शास्त्र अध्ययन गर्नुपर्छ | शास्त्रमा वर्णन गरिए अनुसार, तपाईले वास्तवमा पाउनुहुन्छ, कृष्णस् तु भगवान् स्वयम् | र कृष्णले भन्नुहुन्छ, अहं आदिर् हि देवानाम् (भ गी १०।२) | अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते (भ गी १०।८) | र अर्जुनले स्वीकार्छन्, परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भ गी १०।१२) | त्यसैले हामीले शास्त्र स्वीकार्नुपर्छ | शास्त्र-चक्षुषात्: तपाईले शास्त्रको मदतले हेर्नुपर्छ | र यदि तपाईले शस्त्र अध्ययन गर्नुहुन्छ भने तपाईले पाउनुहुनेछ कि कृष्णस् तु भगवान् स्वयम् |

यस कृष्ण भावनामृत अभियान भनेको मानव सम्माजलाई परम पुरुषोत्तम भगवान् प्रस्तुत गर्नु हो | यो कृष्ण भावनामृत अभियान हो | हामीले यस अभियान १९६६मा स्थापित गर्यौं | हाम्रा रूपानुग प्रभुले पहिल्यै वर्णन गरिसके | यो अभियानलाई गम्भिरतापूर्वक लिनुहोस् | उही कुरा कृष्णले पाँच हजार वर्ष अगाडि ऐतिहासिक रुपमा सुरु गर्नुभयो | र उहाँले यो अभियान आफ्ना शिष्य अर्जुनसँग सुरु गर्नुभयो | त्यसपछि चैतन्य महाप्रभुले पाँच सय वर्ष अगाडि यहि अभियान पुनः सुरु गर्नुभयो | उहाँ स्वयं कृष्ण हुनुहुन्छ | र यो चल्दैछ | यो नसोच्नुहोस् कि यो उत्पादित अभियान हो | होइन | यो आधिकारिक अभियान हो र यसको पुष्टि अधिकारीहरुले गरेका छन् | महाजनो येन गतः स पन्थाः (चै च मध्य: १७।१८६) | शास्त्रमा महाजनको वर्णन गरिएको छ | त्यसैले कृष्ण भावनामृत अभियानमा एकाग्र हुनुहोस् र कृष्णलाई बुझ्ने प्रयास गर्नुहोस् | हामीसँग धेरै आधिकारिक साहित्यहरु छन् | र आफ्नो जीवन सफल बनाउनुहोस् |

धेरै, धेरै धन्यवाद |