NE/Prabhupada 0152 - एउटा पापी मानिस कृष्ण भावनाभावित हुन सक्दैन

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on BG 1.31 -- London, July 24, 1973

सबजना यस गृह-क्षेत्र​-सुताप्त​-वित्तै: (श्री भा ५।५।८), गृहस्थ जीवन र केहि जमिनसँग खुसी हुन चाहन्छन् | पहिलेका दिनहरुमा कुनै उद्योग थिएनन् | तसर्थ उद्योगको कुनै अर्थ छैन | जमिन | यदि तपाईसँग जमिन हुन्छ, तपाईले खानेकुरा उत्पादन गर्न सक्नुहुन्छ | तर वास्तवमा हाम्रो जीवन त्यस्तो हो | यहाँ, यस गाउँमा हामीले धेरै खाली जमिन देख्छौं, तर तिनीहरु आफ्नो खानेकुरा उत्पादन गर्दैनन् | तिनीहरु विचरा गाईलाई आफ्नो खाना बनाउँछन्, उनीहरुलाई मारेर खान्छन् | यो राम्रो होइन | गृह-क्षेत्र | तपाई गृहस्थ बन्नुहोस्, तर तपाईले आफ्नो जमिनबाट खानेकुरा उत्पादन गर्नुहोस्, गृह-क्षेत्र | र खानेकुरा उत्पादन गरे पछी, बच्चा जन्माउने, गृह-क्षेत्र​-सुत​-आप्त​-वित्त​ | भारतको गाउँमा गरिब मानिस, कृषकबीच अझै चलन छ कि यदि कृषकसँग एउटा गाई छैन भने उसले विवाह गर्नेछैन | जरु र गरु | जरु भनेको पत्नी र गरु भनेको गाई | एक मानिसले तब पत्नी राख्न पाउँछ, जब उसले गाई पनि राख्न सक्छ | जरु र गरु | किनकि यदि तपाईले एक पत्नी राख्नुहुन्छ भने तत्काल बच्चाहरु हुन्छन् | तर यदि तपाईले उनीहरुलाई गाईको दुध दिन सक्नुहुन्न भने बच्चाहरु अस्वस्थ हुन्छन् | उनीहरुले दुध खानुपर्छ | त्यसैले गाईलाई माता मानिन्छ | एक माताले बच्चालाई जन्माउँछिन् र अर्की माताले दुध प्रदान गर्छिन् |

सबजना गौ-माताप्रति आभारी हुनुपर्छ किनकि उनले दुध प्रदान गर्छिन् | हाम्रो शास्त्र अनुसार सात माता छन् | आदौ माता, वास्तविक माता जसबाट मैले आफ्नो जन्म लिएको छु | आदौ माता, उनी माता हुन् | गुरु-पत्नी, गुरुकी श्रीमती | उनी पनि माता हुन् | आदौ माता गुरु-पत्नी, ब्राह्मणी | आदौ माता गुरु-पत्नी, ब्राह्मणी राज​-पत्निका, रानी पनि माता हुन् | त कति भए ? आदौ माता गुरु-पत्नी, ब्राह्मणी राज​-पत्निका, अनि धेनु | धेनु भनेको गाई | उनी पनि माता हुन् | र धात्री | धात्री भनेको सुसारे माता | धेनु धात्री तथा पृथ्वी, पृथ्वी पनि | पृथ्वी पनि माता हुन् | साधारणतया मानिसहरु आफु जन्मिएको मातृभूमिको ख्याल राख्छन् | त्यो राम्रो हो | तर त्योसँगै तिनीहरुले गौ-माताको पनि ख्याल राख्नुपर्छ | तर तिनीहरुले माताको ख्याल राख्दैनन् | तसर्थ तिनीहरु पापी छन् | तिनीहरुले पीडा भोग्नुपर्छ | तिनीहरुले युद्ध, महामारी, भोकमरी सहनुपर्छ | जब मानिस पापी हुन्छन्, तत्काल प्रकृतिको सजाय स्वत: आउँछ | तपाईले नकार्न सक्नुहुन्न |

तसर्थ कृष्ण भावनामृत अभियान भनेको सम्पूर्ण समस्याको समाधान हो | मानिसलाई पापी नबन्न सिकाउने | किनकि एउटा पापी मानिस कृष्ण भावनाभावित हुन सक्दैन | कृष्ण भावनाभावित हुनु भनेको उसले आफ्ना पापी गतिविधिहरु त्याग्नुपर्छ |