NE/Prabhupada 0154 - आफ्नो हतियारलाई सधैं धारिलो राख्नुपर्छ

Revision as of 12:58, 10 June 2018 by Vanibot (talk | contribs) (Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Room Conversation -- May 7, 1976, Honolulu


तमाल कृष्ण: भगवद् दर्शनमा मार्क्सको बारेमा हजुरको लेखमा हजुरले उसलाई बेकार भन्नुहुन्छ, तपाई मार्क्सवादलाई बेकार भन्नुहुन्छ |

प्रभुपाद: हो, उसको सिद्धान्त के छ ? द्वन्द्वात्मवाद ?

तमाल कृष्ण: द्वन्द्वात्मक भौतिकवाद |

प्रभुपाद: हामीले द्वन्द्वात्मक अध्यात्मवाद सम्बन्धि लेखेका छौं |

हरि-शौरि: हरिकेशको |

प्रभुपाद: हरिकेश |

तमाल कृष्ण: हो, उनले हामीलाई सुनाएका थिए | उनी प्रचार गर्दैछन्, मलाई लाग्छ कहिलेकहीं पूर्वेली युरोपमा | हामीसँग विवरण छ | के उनले तपाईलाई देखाउन सक्छन् ?

प्रभुपाद: हुन्छ | मैले सुनेको छु, तर उनी ठिक छन् कि छैनन् ?

तमाल कृष्ण: पत्रकारबाट सुने अनुसार उनी कहिलेकहीं पूर्वीय युरोपेली देशहरुमा जान्छन् | प्राय: उनले बेलायत, जर्मनी र स्केन्डेनेवियामा प्रचार गर्दैछन् | उनको एक समुह छ र उनीहरु भाषण र पुस्तक वितरण गर्दैछन् | र कहिलेकहीं उनी कुन देशमा जान्छन् ?

भक्त: चेकोस्लोभाकिया, हंगेरी, बुडापेस्ट |

तमाल कृष्ण: उनी केहि साम्यवादी युरोपेली देशहरुमा जाँदैछन् |

भक्त: उनीहरुले आफ्नो गाडीमा फल्स बटम बनाउँछन् र सिमामा पुस्तकहरु नदेखिने गरि लुकाउँछन् | गाडीको तल हजुरका सम्पूर्ण पुस्तक हुन्छन् | जब उनीहरु देशभित्र पस्छन्, उनीहरुले विद्यार्थीहरुलाई पुस्तकहरु वितरण गर्छन् |

तमाल कृष्ण: क्रान्ति |

प्रभुपाद: यो धेरै राम्रो हो | भात्क्त: उनले भन्छन् कि कहिलेकहीं उनले बोल्दा अनुवादकले बोल्दैन किनकि.......

तमाल कृष्ण: कहिलेकहीं उनले बिर्सिन्छन्- प्राय: उनी धेरै सावधानीपूर्वक बोल्छन्- सुरक्षित शब्दहरु | तर एक-दुई पटक उनले प्रत्यक्ष रुपमा कृष्ण भावनाको बारेमा बोल्छन् र अनुवादकले उनलाई हेरेर स्थानीय भाषामा अनुवाद गर्दैन | कहिलेकहीं उनले आफैंलाई बिर्सिन्छन् र कृष्णलाई परम पुरुषोत्तम भगवानको रुपमा प्रस्तुत गर्छन् र अनुवादकले अचानक उनलाई हेर्छ | प्राय: उनले सबै कुरा लुकाउँछन् |

प्रभुपाद: उनले राम्रो कार्य गरेका छन् |

तमाल कृष्ण: उनी योग्य व्यक्ति छन्, धेरै बुद्धिमान |

प्रभुपाद: यस प्रकारले......... तिमीहरु सबै बुद्धिमान छौ, तिमीहरुले योजना बनाउन सक्छौ | लक्ष्य भनेको कसरी पुस्तक वितरण गर्ने हुन्छ | त्यो प्रथम विचार हो | भागवतमा स्पष्ट रुपमा वर्णन गरिएको छ कि हामीसँग यो शरीर र विभिन्न अङ्ग छ | जस्तै अर्जुन रथमा बस्दै छन् | त्यहाँ सारथी छन्, घोडाहरु छन्, लगाम छ | त्यहाँ जमिन छ, धनु र वाण छन् | ती कुराहरु स्पष्ट रुपमा छन् | कृष्ण भावनाका शत्रुलाई मार्न यसको प्रयोग गर्न सकिन्छ र यी सब सामग्री, रथ त्यागेर हामी........ जस्तै युद्धपछि विजय हुन्छ, त्यसपछि तिमीले उनीहरुलाई मार्छौ | र त्यसैगरी यो शरीर छ, मन छ, इन्द्रियहरु छन् | यसलाई भौतिक अस्तित्वमाथि जित प्राप्त गर्न उपयोग गर | त्यसपछि शरीर त्यागेर घर फर्क |

तमाल कृष्ण: के भक्तहरु, मेरो मतलब, जसरी हजुरले हामीलाई अघि बढ्न प्रोत्साहन दिंदै हुनुहुन्छ......

प्रभुपाद: त्यसले तिमीहरुको हतियार तिखो बनाउँदैछ | त्यो पनि वर्णित छ | अध्यात्मिक गुरुको सेवा गरेर तिमीले आफ्नो हतियार सधैं तिखो राख्छौ | अनि कृष्णसँग मदत लिऊ | अध्यात्मिक गुरुको वाणीले हतियार तिखो पार्छ | र यस्य प्रसादद् भगवत​... आध्यात्मिक गुरु खुसी हुनुभए कृष्णले तत्काल मदत गर्नुहुनेछ | उहाँले तिमीलाई बल दिनुहुन्छ | मानौं तिमीसँग एउटा तरवार छ, धारिलो तरवार, तर यदि तिमीसँग कुनै बल छैन भने तिमीले तरवार लिएर के गर्न सक्छौ ? कृष्णले तिमीलाई बल दिनुहुन्छ, कसरी युद्ध गर्ने र शत्रुलाई मार्ने | सबै कुरा वर्णित छ | तसर्थ चैतन्य महाप्रभुले भन्नुभयो गुरु-कृष्ण​-कृपाय (चै च मध्य १९।१५१), अध्यात्मिक गुरुको वाणीले आफ्नो हतियार तिखो बनाऊ र कृष्णले तिमीलाई जित प्राप्त गर्ने बल दिनुहुन्छ | मलाई लाग्छ मैले हिजो रति यो स्पष्ट व्याख्या दिएको थिएँ | यहाँ एउटा श्लोक छ, अच्युत बल​ | के पुष्ट कृष्ण यहाँ छन् ?

हरि-शौरि: पुष्ट कृष्ण ?

प्रभुपाद: हामी कृष्णका सैनिक हौँ, अर्जुनका दास | तिमीले केवल त्यस अनुरुप कार्य गर्न सक्छौ, तब तिमीले शत्रुहरुलाई समाप्त गर्नेछौ | तिनीहरुको संख्या सय गुणा बढी भए तापनि तिनीहरुसँग कुनै शक्ति छैन | जस्तै कुरु र पाण्डव | तिनीहरुसँग शक्ति छैन, यत्र योगेश्वरः कृष्णः (भ गी १८।७८) | कृष्णलाई आफ्नो पक्षमा राख्यौ भने सबै कुरा सफल हुनेछ | तत्र श्रीर् विजयो |