NE/Prabhupada 0155 - सबजना भगवान् बन्न प्रयासरत छन्

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 7.6.5 -- Toronto, June 21, 1976


हामीले भगवद्-गीतामा तीन शब्दहरु पाउँछौं | त्यहाँ सनातनः, शाश्वत शब्दको प्रयोग भएको छ | पहिलो कुरा भनेको जीव हो, उनीहरु सनातनः भनेर वर्णित छन् | ममैवांशो जीव​-भूतः जीव​-लोके सनातनः (भ गी १५|७) | हामी जीव हौँ, सनातनः | यो होइन कि हामी मायाको प्रभावले जीव-भूतः बनेका छौं | हामीले आफुलाई मायाको प्रभावमा राखेका छौं; तसर्थ हामी जीव-भूतः हौँ | वास्तवमा हामी सनातन हौँ | सनातन भनेको शाश्वत | नित्यो शाश्वत | जीवात्माको वर्णन गरिएको छ: नित्यो शाश्वतो यं न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | त्यो भनेको सनातन | हामी यति मूर्ख छौं कि यदि म शाश्वत, सनातन छु र मेरो कुनै जन्म र मृत्यु हुँदैन भने मलाई यो जन्म र मृत्युको क्लेशमा किन राखिएको छ ? यसलाई भनिन्छ ब्रह्म-जिज्ञासा | तर हामी शिक्षित छैनौं | हामी शिक्षित हुनुपर्छ | कम्तिमा हामीले यस उपदेशको फाइदा लिनुपर्छ | हामी सनातन हौँ | र भगवद् गीतामा वर्णन गरिए अनुसार त्यहाँ अर्को जगत् छ, परस् तस्मात् तु भावो ऽन्यो ऽव्यक्तो ऽव्यक्तात् सनातनः (भ गी ८|२०) | व्यक्तो ऽव्यक्तात् सनातनः | यो भौतिक जगत् प्रकट हुन्छ र यसको पृष्ठभूमि भनेको सम्पूर्ण भौतिक शक्ति, महत्-तत्त्व हो | त्यो प्रकट हुँदैन | त्यसैले व्यक्तो ऽव्यक्तात् | यो भन्दा पर अर्को प्रकृति छ, एउटा आध्यात्मिक प्रकृति छ, सनातन | यसलाई सनातन भनिन्छ | परस् तस्मात् तु भावो ऽन्यो व्यक्तो ऽव्यक्तात् सनातनः (भ गी ८|२०) | र जीव-भूतः-सनातन | र एघारौं अध्यायमा अर्जुनले कृष्णलाई सनातनको रुपमा वर्णन गर्छन् | तीन सनातन |

हामी सब सनातन हौँ | यदि सनातन धाम विद्यमान छ र कृष्ण सनातन हुनुहुन्छ भने हामी पनि सनातन हौँ | जब यी तीन कुरालाई जोडिन्छ, त्यसलाई सनातन-धर्म भनिन्छ | तिनीहरुलाई थाहा छैन कि सनातन भनेको के हो | तिनीहरु सोच्छन् कि यदि मैले विशेष किसिमको वस्त्र लाउँछु र यदि म विशेष समुदायमा जन्मिएको छु भने म सनातन-धर्मको अंश बन्छु | होइन | सबजना सनातन-धर्मको अंश बन्नसक्छन् | तर तिनीहरुलाई सनातनको अर्थ थाहा छैन | सब जीव सनातन हुन् | र भगवान् कृष्ण सनातन हुनुहुन्छ | र एउटा स्थान छ जहाँ हामी सँगै भेट्न सक्छौं- त्यो सनातन धाम हो | सनातम धाम, सनातन भक्ति, सनातन धर्म | जब यो सम्पन्न गरिन्छ, त्यसलाई सनातन धर्म भनिन्छ | त्यो सनातन धर्म के हो ? मानौं म त्यस सनातन धाममा फर्कन्छु र त्यहाँ भगवान् हुनुहुन्छ, जो सनातन हुनुहुन्छ र म पनि सनातन हुँ | त्यसो भए हाम्रो सनातन गतिविधिहरु के हुन् ? के यसको मतलब यो हो कि जब म सनातन धाम जान्छु, म भगवान् बन्छु ? होइन | तपाई भगवान् बन्नुहुँदैन | किनकि भगवान् एक हुनुहुन्छ | उहाँ परमेश्वर, मालिक हुनुहुन्छ र हामी दास हौँ | चैतन्य महाप्रभु: जीवेर स्वरूप हय नित्य कृष्ण दास (चै च मध्य २०|१०८-१०९) | यहाँ हामी सबजना कृष्ण बनेको दाबी गर्छौं | तर जब तपाई सनातन धाममा फर्कनुहुन्छ-हामी योग्य नभएसम्म त्यहाँ जान सक्दैनौं- तब हामी शाश्वत रुपमा भगवानको सेवामा संग्लग्न हुन्छौं | त्यो सनातन धर्म हो |

त्यसैले तपाईले यो अभ्यास गर्नुहोस् | सनातन धर्म भनेको यस भक्ति योग हो | किनकि हामीले बिर्सिएका छौं | सबजना भगवान् बन्न प्रयासरत छन् | अब यहाँ कसरी भगवानको दास बन्ने अभ्यास गर्नुहोस् | र यदि तपाई वास्तवमा योग्य हुनुहुन्छ कि तपाई......... जब तपाई भगवानको दास बन्नुहुन्छ, त्यो भक्ति-मार्ग हो | जसरी चैतन्य महाप्रभुले भन्नुभयो, गोपी-भर्तुर् पद​-कमलयोर् दास​-दास​-दास​-दासानुदासः | जब तपाई भगवानको दासको पनि दासको पनि दासको पनि दास बन्न सिक्नुहुन्छ- सय गुणा दास- तब तपाई पूर्ण हुनुहुन्छ | (चै च मध्य १३|८०) | तर यहाँ सबजना भगवान् बन्न प्रयासरत छन् | कसैले "सो ऽहम्," "अहं ब्रह्मास्मि" शब्दको दुरुपयोग गरेर "म भगवान् हुँ" भन्दैछ | तर त्यसो होइन | यी वैदिक शब्दहरु हुन्, तर सो ऽहम् भनेको "म भगवान् हुँ" होइन | सो ऽहम् भनेको "म पनि उही गुणको हुँ |" किनकि ममैवांशो जीव​-भूतः (भ गी १५|७) | जीव भगवान् कृष्णको अंश हो, त्यसैले गुण उही हुन्छ | जस्तै तपाईले समुद्रबाट एक थोपा पानी लिनुहोस् | समुद्रको सम्पूर्ण पानी र एक थोपा पानीको रासायनिक बनावट उही हुन्छ | त्यसलाई भनिन्छ सो ऽहम् वा ब्रह्मास्मि | यो होइन कि हामीले यी वैदिक संस्करणका शब्दहरुको दुरुपयोग गरेर झुठो ढंगले सोच्ने कि "म भगवान् हुँ | म भगवान् बनेको छु |" र यदि तपाई भगवान् हुनुहुन्छ भने तपाई किन कुकुर बन्नुहुन्छ ? के भगवान् कुकुर बन्नुहुन्छ ? हुँदैन | त्यो सम्भव छैन | किनकि हामी अणु अंश हौँ | त्यो पनि शास्त्रमा वर्णित छ:

केशाग्र​-शत​-भागस्य शतधा कल्पितस्य च
जीवः भागो स विज्ञेय स अनन्त्यय कल्पते

(चै च मध्य १९|१४०)

हाम्रो आध्यात्मिक परिचय भनेको हामी कपालको टुप्पोको दश हजार भागको एक भाग हौँ | कपालको टुप्पो धेरै सानो छ, हामीले यसलाई दश हजार भागमा विभाजन गरेर एउटा लियौं भने हाम्रो परिचय त्यो हो | र त्यस सानो परिचय यस शरीरभित्र छ | तपाईले कहाँ भेटाउनुहुन्छ ? तपाईसँग कुनै यन्त्र छैन | तसर्थ हामी निराकार भन्छौं | होइन, यसको आकार छ तर यो यति सुक्ष्म छ कि यी भौतिक आँखाले देख्न सम्भव छैन | त्यसैले हामीले वेदको संस्करणद्वारा हेर्नुपर्छ | शास्त्र चक्षुष​ | यो वेदान्त संस्करण हो | हामीले शास्त्रको मदतले हेर्नुपर्छ | यी कमजोर आँखाले होइन | त्यो सम्भव छैन |