NE/Prabhupada 0162 - केवल भगवद्-गीताको सन्देश प्रचार गर

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Press Interview -- October 16, 1976, Chandigarh

भारतमा आत्मा समबन्धि कुराहरु बुझ्न धेरै वैदिक साहित्यहरु छन् | र यदि मानव जीवनमा हामीले आफ्नो जीवनको आध्यामिक पक्षको ख्याल राख्दैनौं भने हामीले आत्महत्या गरिरहेका छौं | यो भारतमा जन्मिएका सबै महात्माहरुको मत हो| जस्तै आचार्यहरु ...... हालसालै ......... पहिलेको समयमा व्यासदेव जस्ता महान् आचार्यहरु थिए| देवल | धेरै आचार्यहरु | र हालसालै ,भनौं , एक हजार पाँच सय वर्ष भित्रमा धेरै आचार्यहरु आउनुभयो, जस्तै,रामानुजाचार्य​, मध्वाचार्य​, विष्णु स्वामी, र पाँच सय वर्षअघि चैतन्य महाप्रभु | उहाँहरुले हामीलाई यस आध्यात्मिक ज्ञान सम्बन्धि थुप्रै साहित्य दिनुभएको छ | तर वर्तमान अवस्थामा यो आध्यात्मिक ज्ञानको बेवास्ता गरिएको छ| चैतन्य महाप्रभुले सारा विश्वलाई संदेश दिनुभएको छ कि हरेक व्यक्ति, गुरू बन्नुपर्छ ,आध्यामिक गुरू| त कसरी सबैजना आध्यामिक गुरू बन्न सक्छन् ? आध्यामिक गुरू बन्न त्यति सजिलो छैन| व्यक्ति अति विद्वान र पूर्ण आत्मानुभुत हुनुपर्छ| तर चैतन्य महाप्रभुले हामीलाई सानो सूत्र दिनुभएको छ, कि यदि तिमी भगवद् गीताको शिक्षालाई पूर्ण पालना गर्छौ र तिमी भागवद् गीताको उद्देश्य प्रचार गर्छौ भने तिमी गुरू बन्छौ | बंगालीमा प्रयोग भएको ठेट शब्द,यारे देख​, तारे कह ऽकृष्ण​ऽ-उपदेश (चै च मध्य ७|१२८) | गुरू बन्नु धेरै कठिन छ, तर यदि तिमी सामान्यत: भगवद्-गीताको सन्देश लिन्छौ र भेट भएका सबैलाई बुझाउने प्रयास गर्छौ भने तिमी गुरू बन्न सक्छौ| त्यसैले हाम्रो कृष्ण भवनामृत अभियान त्यहि उद्देश्यको लागि हो| हामी कुनै पनि अपव्याख्या बिना भगवद् गीता प्रस्तुत गर्दैछौं|