NE/Prabhupada 0164 - पद्धति सरल बनाउन वर्णाश्रम धर्मको स्थापना गर्नुपर्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Room Conversation Varnasrama System Must Be Introduced -- February 14, 1977, Mayapura

हरि-शौरि: तर चैतन्य महाप्रभुको व्यवहारिक प्रचारमा उहाँले अरुलाई केवल जप गर्न प्रेरित गर्नुभयो |

प्रभुपाद: यो सामान्य व्यक्तिले गर्नसक्दैन |

हरि-शौरि: के अरुलाई जप गर्न प्रेरित गर्न उहाँले यसो गर्नुभयो ? उहाँले केवल जप अभ्यासको थालनी गर्नुभयो |

प्रभुपाद: तर कसले जप गर्छ? कसले जप गर्छ?

सत्स्वरूप: तर यदि उनीहरु जप गर्दैनन् भने उनीहरुको वर्णाश्रम​मा पनि अभ्यास हुँदैन | त्यो नै सबभन्दा सजिलो छ |

प्रभुपाद: जप त गर्छन् तर चैतन्य महाप्रभुले जस्तै जप गर्लान् भन्ने अपेक्षा गर्न सकिंदैन | उनीहरु सोह्र माला त जप गर्न सक्दैनन् | र यी धूर्तहरु चैतन्य महाप्रभु बन्न खोज्दैछन्|

सत्स्वरूप: हुँदैन | तर यदि उनीहरु कम्तिमा जप गर्छन् र केहि प्रसाद लिन्छन् भने....

प्रभुपाद: जप्ने प्रक्रिया चलिरहन्छ| यो रोकिंदैन| तर यो सँगै पद्धति सहज बनाउन वर्णाश्रम​ धर्मको पनि स्थापना गर्नुपर्छ |

हरि-शौरि: ठिक छ, कम्तिमा मेरो यो बुझाइ थियो कि कलि युगमा वर्णाश्रम​ सम्भव नभएकोले जपको सुरुवात गरिएको थियो|

प्रभुपाद: किनकि यसले मन सफा गर्छ| जप रोकिंदैन|

हरि शौरि: तसर्थ जप सम्पूर्ण वर्णाश्रम​का र अरु प्रक्रियालाई विस्थापन गर्न सुरु गरिएको हो|

प्रभुपाद: हो, यसले विस्थापन गर्न सक्छ तर कसले यो कार्य गर्ला? मानिसहरु त्यति विकसित छैनन्| यदि तिमी हरिदास ठाकूरको जपको अनुकरण गर्छौ भने यो सम्भव छैन|

सत्स्वरूप: हामी मानिसलाई आफ्नो काम पनि गर्न र जप पनि गर्न भन्छौं |

प्रभुपाद: हो | थाकह आपनार काजे, भक्तिविनोद ठाकुर , आपनार काज कि | चैतन्य महाप्रभु सल्लाह दिनुहुन्छ, स्थाने स्थितः | यदि उनीहरु स्थानमा रहँदैनन् भने सहजियाहरुको जप आउँछ| जस्तै, सहजियाहरुसँग पनि जपमाला हुन्छ र ....... तर उनीहरुसँग तीन दर्जन महिला हुन्छन् | यस्तो प्रकारको जप चलिरहन्छ | हाम्रो मधुद्विस जस्तै | ऊ सन्यासी बन्न लायक थिएन तर उसलाई सन्यास दिइएको थियो| र ऊ पाँच महिलासँग आशक्त थियो, उसले खुलासा गर्यो| तसर्थ वर्णाश्रम​-धर्म आवश्यक छ | सामान्यत देखावाटिपनले काम गर्दैन| तसर्थ सारा विश्वलाई वर्णाश्रम​ धर्म चिनाउनुपर्छ, र........

सत्स्वरूप: इस्कोन समुदायबाट सुरु गरेर ?

प्रभुपाद: हो| हो| ब्राह्मणहरु​, क्षत्रियहरु | नियमित शिक्षा हुनुपर्छ|

हरि-शौरि: तर हाम्रो समाजमा ,यदि ......वैष्णव बन्न आभ्यासरत छौं ....

प्रभुपाद: हो |

हरि शौरि: ........त्यसोभए हामी कसरी समाजको वर्गीकरण गर्नसक्छौं?

प्रभुपाद: वैष्णव सजिलै बन्न सकिन्न |वैष्णव बन्न वर्णाश्रम​-धर्मको स्थापना हुनुपर्छ | वैष्णव सजिलै बन्न सकिन्न |

हरि-शौरि: अवश्य , यो सस्तो चीज होइन|

प्रभुपाद: हो| तसर्थ यसको पहल गर्नुपर्छ| वैष्णव बन्न सजिलो छैन|| यदिवैष्णव बन्न सजिलो छ भने किन यति धेरैजनाको पतन हुन्छ? सजिलो छैन| सन्यास सर्वोच्च योग्य ब्राह्मण​को लागि हो| र वैष्णव भेषभूषा लगाउँदैमा, त्यो त .... पतन|

हरि-शौरि: त, वर्णाश्रम​ व्यवस्था कनिष्ठ अधिकारी जस्ता मानिसको लागि हो|

प्रभुपाद: कनिष्ठ ?

हरि-शौरि: जब कोहि सिकारु अवस्थामा छ|

प्रभुपाद: हो| हो| कनिष्ठ अधिकारी |

हरि-शौरि: वर्णाश्रम​ व्यवस्था लाभदायक छ|

प्रभुपाद : कनिष्ठ अधिकारी भनेको ऊ ब्राह्मण​ बन्नुपर्छ |त्यो हो कनिष्ठ अधिकारी | आध्यात्मिक जीवन,कनिष्ठ अधिकारी भनेको ऊ योग्य ब्राह्मण बन्नुपर्छ | त्यो हो कनिष्ठ | भौतिक संसारमा जुन पद विशेष रुपमा सम्मानित छ, ब्राह्मण, त्यो कनिष्ठ अधिकारी हो |