NE/Prabhupada 0169 - कृष्णलाई देख्न के कठिनाइ छ?



Lecture on BG 4.24 -- August 4, 1976, New Mayapur (French farm)

योगेश्वर: उसले सोधेको कि हामी भक्तिमा पूर्ण विकसित नभएकाले कृष्णलाई प्रत्यक्ष रुपमा परम पुरुष भनेर हेर्न सक्दैनौं, हामीले कसरी उहाँको ध्यान गर्नुपर्छ?

प्रभुपाद:तिमीले कृष्णलाई मन्दिरमा देख्दैनौ?(हाँसो) के हामीले व्यर्थमा पूजा गर्दैछौं ? तिमीले कृष्णलाई उहाँले भन्नुभए अनुरुप हेर्नुपर्छ| वर्तमान आवस्थामा.......कृष्ण भन्नुहुन्छ रसो ऽहम् अप्सु कौन्तेय (भ गी ७|८) | कृष्ण भन्नुहुन्छ "म पानीको स्वाद हुँ|" पानीको स्वादमा कृष्णलाई देख | त्यसले तिमीलाई भक्तिमा विकसित बनाउँछ | विभिन्न स्तर अनुरुप ...........कृष्ण भन्नुहुन्छ "म पानीको स्वाद हुँ |" तिमी जब पानी पिउँछौ, कृष्णलाई किन देख्दैनौ "ओहो! यो स्वाद त कृष्ण हुनुहुन्छ |" रसो ऽहम् अप्सु कौन्तेय प्रभास्मि शशि-सूर्ययोः (भ गी ७|८)| जब तिमीले घामको प्रकाश, जूनको प्रकाश देख्छौ | कृष्ण भन्नुहुन्छ "म नै घामको प्रकाश, जूनको प्रकाश हुँ |" त्यसैले बिहान घामको झुल्का देख्ने बित्तिकै ,तिमीले कृष्णलाई देख्छौ| र रातमा जूनको किरण देख्ने बित्तिकै तिमीले कृष्णलाई देख्छौ| प्रणवः सर्व​-वेदेषु | कुनै पनि वैदिक मन्त्र जपिन्छ: ॐ तद् विष्णु पर, यो ओमकार कृष्ण हुनुहुन्छ| "पुरुषम् विष्णु" | कसैले कुनै पनि विशेष कार्य गर्छ भने त्यो कृष्ण हुनुहुन्छ | तिमीले कृष्णलाई यसरी हेर्नुपर्छ| त्यसपछि,क्रमिक रुपमा तिमीले देख्नेछौ,कृष्णले आफुलाई प्रकशित गर्नुहुन्छ | किनभने पानीमा भएको स्वादलाई कृष्णको रूपमा अनुभव गर्नु र कृष्णलाई व्यक्तिगत रुपमा भेट्नु फरक होइन| आहिलेको तिमीहरुको स्तर आनुसार, तिमीले त्यसमा कृष्णलाई देख्नेछौ| त्यसपछि बिस्तारै तिमीले उहाँलाई देख्नेछौ | यदि तिमी प्रत्यक्ष रुपमा कृष्णको रासलीला हेर्न चाहन्छौ भने त्यो सम्भव छैन | ताप हुनेबित्तिकै तिमीले थाहा हुनुपर्छ कि त्यहाँ आगो पनि छ | धुवा छ भने त्यहाँ आगो छ भनेर थाहा हुनुपर्छ, प्रत्यक्ष आगोलाई नदेखे पनि | तर हामीले बुझ्न सक्छौं , किनभने धुँवा भएको कारण त्यहाँ आगो हुनैपर्छ | यसरी, सुरुवातमा तिमीले कृष्णलाई अनुभव गर्नुपर्छ| यो सातौँ अध्यायमा वर्णन गरिएको छ| खोज त | रसो ऽहम् अप्सु कौन्तेय प्रभास्मि शशि-सूर्ययोः प्रणवः सर्व​-वेदेषु (भ गी ७|८) |

जयतिर्थ : सात अध्यायको आठौँ श्लोक: हे कुन्तीपुत्र अर्जुन, म पानीको स्वाद हुँ, सूर्य र चन्द्रको प्रकाश हुँ, वैदिक मन्त्रहरूमा ॐ हुँ; म आकाशको ध्वनी हुँ र मान्छेको सामर्थ्य हुँ |

प्रभुपाद: अत: कृष्णलाई यसरी हेर | के कठिनाइ छ? यो प्रश्न कसले सोधेको थियो ? कृष्णलाई देख्न के कठिनाई छ ? कुनै कठिनाइ छ? कृष्ण देख्न | मन मना भव मद्-भक्तो, कृष्ण भन्नुहुन्छ "सधैँ मेरै बारेमा सोच |" त्यसैले, पानी पिउने बित्तिकै तुरुन्त स्वाद लिई र भन "आहा! यहाँ कृष्ण हुनुहुन्छ" मन मना मद्-भक्तो | के कठिनाइ छ? कुनै कठिनाइ छैन| सबै कुरा यहाँ छ| कुनै कठिनाइ छ?

अभिनन्द: के हामीले कृष्णलाई भगवानका रूपमा स्मरण गर्नुपर्छ?

प्रभुपाद: तिमीले उहाँको बारेमा के सोच्छौ ? (सबैजना हाँस्छन्) (बंगाली) एउटा व्यक्तिले सम्पूर्ण रामायण पढ्छ र पढिसकेपछि सोध्छ, "सीता-देवी, कसको पिता हुन् उनी? (हाँसो) सीता-देवी, कसको पिता हुन्? (ठुलो हाँसो) तिम्रो प्रश्न यस्तै छ| (धेरै हाँसो)

अभिनन्द: किनभने अघिल्लो वर्ष, मायापुरमा, श्रील प्रभुपाद, हजुरले भन्नुभएको थियो कि हामीले कृष्ण भगवान् हुनुहुन्छ भनेर बिर्सिनुहुन्न | तपाईले धेरै पटक भन्नुभएको छ|

प्रभुपाद: हो, त्यसोभए तिमी किन बिर्सदैछौ त?(भक्तहरु हाँस्दै) के हो त यो?

भक्त: यदि भक्त भक्तिमार्गबाट पतन भए (चरणअम्बुजाले जयंताक्रितलाई : तिमीले यी सबै कुरा अनुवाद गर्नुपर्छ|)

भक्त: के ऊ भागवतममा वर्णन गरिएका नरकहरुमा जानुपर्छ ?

प्रभुपाद: भक्तको कहिल्यै पनि पतन हुँदैन | (अझै हाँसो)

भक्तहरु: जय ! जय श्रील प्रभुपाद !