NE/Prabhupada 0181 - म भगवानसँग आत्मीय सम्बन्ध राख्नेछु

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Evening Darsana -- August 9, 1976, Tehran

प्रभुपाद : आध्यात्मिक अभ्यास भनेको सर्वप्रथम तिमीसँग कम्तिमा थोरै श्रद्धा हुनुपर्छ कि "म भगवानसँग आत्मीय सम्बन्ध राख्नेछु | जबसम्म तिमीमा श्रद्धा हुँदैन, आध्यात्मिक अभ्यासको त प्रश्न नै उठ्दैन | यदि तिमी सन्तुष्ट रहन्छौ, "भगवान् महान हुनुहुन्छ, उहाँलाई आफ्नै घरमा रहन दिउँ, म पनि आफ्नै घरमा बसिराख्छु," यो प्रेम होइन | तिमी भगवानलाई अझै आत्मीय रूपमा बुझ्न उत्सुक हुनुपर्छ | त्यसपछिको अवस्था भनेको, भगवानलाई कसरी चिन्ने |तिमी त्यस्ता व्यक्तिको सङ्गमा रहनुपर्छ जो भगवानको कार्यहरुमा व्यस्त हुन्छन् | उनीहरुको अरु कुनै काम हुँदैन | जस्तै हामी मानिसहरुलाई प्रशिक्षण दिंदैछौं, यो भनेको विशुद्ध भागवत् कार्यको लागि हो | तिनीहरुको अरु कुनै कार्य छैन| मानिसहरुले कसरी भगवानलाई बुझ्ने , कसरी लाभान्वित हुने , उनीहरु धेरै तरिकाले योजना बनाउँदैछन् | त्यसैले हामीले त्यस्ता व्यक्तिको संगत गर्नुपर्छ जो भगवानको बारेमा विश्वस्त छन् र आफ्नो ज्ञान विश्वभर फैलाउन प्रयासरत छन् | उनीहरुसँग घुलमिल हुनुपर्छ, संगत गर्नुपर्छ| सर्वप्रथम, तिमीसँग श्रद्दा हुनुपर्छ कि," म यहि जीवनमा भगवानको बारेमा पूर्णतः बुझ्नेछु |" त्यसपछि त्यस्ता व्यक्तिको संगत गर जो भगवानको कार्यहरुमा व्यस्त हुन्छन् | त्यसपछि उनीहरुको अनुसरण गर | त्यसपछि तिम्रा भौतिक जीवनका भ्रमहरु नाश हुनेछन् | तिमीमा आसक्ति उत्पन्न हुनेछ| र तिमीले यसको स्वाद पाउनेछौ| यसरी तिमीले भगवानको प्रेम विकास गर्नेछौ|

अलि: मसँग त पहिलेदेखि नै श्रद्दा छ|

प्रभुपाद : त्यसलाई तिमीले अझ बढाउनुपर्छ| केवल प्रारम्भिक श्रद्दा ,त्यो धेरै राम्रो हो , तर जबसम्म त्यो श्रद्धा अझै बढ्दैन, तबसम्म कुनै प्रगति हुँदैन|

परिव्राजकाचार्य​: त्यो श्रद्धा नै गुम्ने डर हुन्छ|

प्रभुपाद: हो, यदि तिमी प्रगति गर्ने प्रयास गर्दैनौ र प्रगतिशील रुपमा अगाडि बढ्दैनौ भने तिमीसँग भएको थोरै श्रद्दा पनि नाश हुने डर हुन्छ|