NE/Prabhupada 0195 - शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, दृढतामा बलियो

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 7.6.5 -- Toronto, June 21, 1976

प्रद्युम्न​: अनुवाद : " तसर्थ, जब यो भौतिक अस्तित्वमा, भवम् आश्रित​:, जुन मानिस सहि र गलत छुट्याउन सक्षम छ, उसले जीवनको उच्च लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ , जबसम्म शरीर स्वस्थ र बलियो छ तथा दुर्बलताद्वारा विचलित हुँदैन |"

प्रभुपाद:

ततो यतेत कुशल: क्षेमाय भवम आश्रित:
शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम्
(श्री भा ७|६|५)

यो मानव कार्य हुनुपर्छ, कि शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम् | त जबसम्म हामी स्वस्थ र बलियो छौं तथा हामीले राम्ररी काम गर्न सक्छौ, स्वास्थ निकै राम्रो हुन्छ, यसको फाइदा लिनुपर्छ | कृष्ण भावनामृत अभियान कुनै अल्छि मान्छेको लागि होइन | यो धेरै बलियो मानिसको लागि हो : शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, निर्धारणमा बलियो -सबै कुरामा बलियो- बुद्धिमा बलियो | यो उनीहरुको लागि हो | किनकि हामीले जीवनको सर्वोच्च लक्ष्यको प्राप्ति सम्पन्न गर्नुपर्छ | दुर्भाग्यवस, उनीहरुलाई जीवनको सर्वोच्च लक्ष्य के हो भनेर थाहा छैन | आधुनिक मानिसहरु.......आधुनिक होइन, सधै | अहिलेका विशिष्ट मानिसहरुलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | जो यस भौतिक संसारमा छ, ऊ मायामा छ, अर्थात् उसलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | न ते विदु:, उनीहरुलाई थाहा छैन, स्वार्थ​-गतिं हि विष्णु | स्वार्थ​-गतिं | सबैजना स्वार्थी हुन्छन् | उनीहरु स्वार्थ प्रकृतिको पहिलो नियम हो भन्छन् | तर उनीहरुलाई स्वार्थ के हो भनेर थाहा छैन | आफ्नो घर फर्किने तयारी नगरी- त्यो उसको वास्तविक स्वार्थ हो- ऊ अर्को जन्ममा कुकुर हुँदैछ | के त्यो स्वार्थ हो ? तर उनीहरुलाई थाहा छैन | प्रकृतिको नियम कसरी चल्दैछ भनेर उनीहरुलाई थाहा छैन | न ते विदु: | अदान्त​-गोभिर् विशतां तमिस्रम् | मतिर् न कृष्णे परत​: स्वतो वा |

मतिर् न कृष्णे परत: स्वतो वा
मिथो ऽभिपद्येत गृह​-व्रतानाम
अदान्त​-गोभिर् विशतां तमिस्रं
पुन: पुनश् चर्वित​-चर्वणानाम्
(श्री भा ७|५|३०)

कृष्ण भावना....मतिर् न कृष्णे | मानिसहरु कृष्ण भावनभावित हुने इच्छा गर्दैनन् | किन ? मतिर् न कृष्णे परत: स्वतो वा | अरुको आदेश अनुसार | जस्तै हामी यो कृष्ण भावना संसारभरी फैलाउन खोज्दैछौं, परत: | स्वतो भनेको व्यक्तिगत रुपमा | व्यक्तिगत प्रयासबाट | जसरी मैले भगवाद्-गीता वा श्रीमद्-भागवतम् र अरु कुनै वैदिक साहित्य पढ्दैछु | मतिर् न कृष्णे परत: स्वतो वा | मिथो वा भनेको "सम्मेलनद्वारा|" आजकल सम्मेलन गर्नु भनेको प्रख्यात कुरा भएको छ | कोहि पनि आफ्नो व्यक्तिगत प्रयासले कृष्ण भावनाभावित हुन सक्दैन वा अरु कसैको सल्लाहबाट वा ठुला-ठुला सम्मेलन आयोजना गरेर | किन ? गृह​-व्रतानाम् | किनकि उसको जीवनको वास्तविक लक्ष्य भनेको " म यो घरमा बस्छु |" गृह​-व्रतानाम् | गृह​ भनेको गृहस्थ जीवन, गृह​ भनेको शरीर, गृह​ भनेको ब्रह्माण्ड | धेरै गृह​हरु छन्, ठुला र साना |