NE/Prabhupada 0197 - तिमीले भगवद्-गीता यथारुप प्रस्तुत गर्नुपर्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 5.5.30 -- Vrndavana, November 17, 1976

यदि तिमीले उत्कृष्ट प्रयास गर्यौ भने कृष्णले तिमीलाई बल दिनुहुन्छ | यदि तिमी उहाँको मद्धत लिन चहान्छौ भने कृष्ण तिमीलाई मदत गर्न सधैं तयार हुनुहुन्छ | उहाँ तयार हुनुहुन्छ | उहाँ तिमीलाई मदत गर्न आउनुभएको हो | अन्यथा कृष्ण यहाँ आएर सर्व​-धर्मान् परित्यज्य माम् एकम् ((भ गी १८|६६) प्रचार गर्नुभएको के महत्व रहन्छ ? यो हाम्रो फाइदाको लागि हो | तिमी कृष्णमा शरणागत होऊ वा नहोऊ, यसले केहि फरक पार्दैन | कृष्ण तिम्रो सेवामा निर्भर हुनुहुन्न | उहाँ पूर्ण हुनुहुन्छ | उहाँले एक पलमा तिमी जस्तो लाखौं सेवक सिर्जना गर्न सक्नुहुन्छ | उहाँलाई तिम्रो सेवा किन चाहिन्छ त ? किन उहाँले तिम्रो सेवा माग्नुहुन्छ ? उहाँको तिम्रो सेवाको कमीले पिडित हुनुहुन्न | तर उहाँमा शरणागत हुनु तिम्रो फाइदाको विषय हो | यो तिम्रो फाइदाको लागि हो | कृष्णले हेर्न चाहनुहुन्छ कि तिमी उहाँमा शरणागत होऊ र पूर्ण भएर घर फर्क, भगवद् धाम फर्क | त्यो कृष्णको अभियान हो | यस कृष्ण भावनामृत अभियानको लक्ष्य उही हो: प्रचार गर्नु | दन्ते निधाय तृणकं पदयोर् निपत्य काकु-शतम् कृत्वा चाहं ब्रवीमि हे साधव: सकलम् एव विहाय दूराद् चैतन्य​-चन्द्र​-चरणे कुरुतानुरागम् | यो हाम्रो लक्ष्य हो, चैतन्य महाप्रभुको लक्ष्य | किन प्रबोधानन्द सरस्वतीले आग्रह गर्दैछन्, चैतन्य​-चन्द्र​-चरणे कुरुतानुरागम्: " तिमी केवल चैतन्य महाप्रभुको चरण कमलको सेवा गर्न उत्सुक होऊ "? किनकि उहाँ स्वयं कृष्ण हुनुहुन्छ र उहाँ हामीलाई कृष्णकहाँ पुग्ने विधि सिकाउन आउनुभएको हो | उहाँ चैतन्य महाप्रभु हुनुहुन्छ | कृष्णाय कृष्ण​-चैतन्य​-नाम्ने गौर​-त्विषे नम:​ | श्रील रुप गोस्वमीले बुझ्नुभयो | सार्वभौम भट्टाचार्य​ले बुझे | वैराग्य विद्या-निज​-भक्ति-योग​- शिक्षार्थम् एक: पुरुष​: पुराण: श्री-कृष्ण​-चैतन्य​-शरीर​-धारी कृपाम्बुधिर यस् तम् अहं प्रपद्ये (चै च मध्य ६|२५४) यदि हामीले चैतन्य महाप्रभुको मदतले कृष्णलाई बुझ्न चहान्छौं भने.... चैतन्य महाप्रभुले भन्नुहुन्छ " तिमी गुरु बन |" कसरी ? यारे देख​, तारे कह ऽकृष्ण​ऽ-उपदेश (चै च मध्य ७|१२८) | परिवर्तन नगर, फरक नबनाऊ | केवल कृष्णले भन्नुभएको कुरा प्रचार गर्ने प्रयास गर | यो चैतन्य महाप्रभुको आदेश हो | यदि तिमीले यो आदेश पालन गर्छौ भने..... आफ्नो तथाकथित विद्वताद्वारा कुनै थप-घत वा फेरबदल नगर | त्यसले तिमीलाई मदत गर्दैन | तिमीले भगवद् गीता यथारूप प्रस्तुत गर्नुपर्छ | यारे देख​, तारे कह ऽकृष्ण​ऽ-उपदेश | यदि हामीले परम्परा प्रणालीको अनुसरण गर्यौं भने त्यहाँ सबै कुरा छन्, धेरै सजिलो हुन्छ | यो कृष्ण भावनामृत अभियानलाई धेरै विनम्रतापूर्वक अगाडि बढाउनु पर्छ | तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना अमानिना मानदेन कीर्तनीय​: सदा हरि:(चै च आदि १७|३१) कीर्तनीय | यो प्रचार भनेको कीर्तन हो, यो होइन कि केवल मृदंगबाट हामीले किर्तन गर्न सक्छौं | होइन | प्रचार पनि कीर्तन हो | अभवद् वैयासकि-कीर्तने | वैयासकि, व्यासदेवका पुत्र, शुकदेव गोस्वामी, उनी केवल श्रीमद् भागवतम् व्याख्या गरेर पूर्ण भए | अभवद् वैयासकि-कीर्तने श्री-विष्णु-श्रवणे परीक्षित् | परीक्षित महाराज केवल सुनेर पूर्ण भए | र शुकदेव गोस्वामी केवल व्याख्या गरेर | त्यो पनि कीर्तन हो | यो पनि कीर्तन हो | जसरी प्रबोधानन्द​ सरस्वतीले सिकाएका छन्, हे साधव: सकलम् एव विहाय दूराद् चैतन्य​-चन्द्र​-चरणे कुरुतानुरागम्: " तिमी एउटा साधु हौ, उत्तम व्यक्ति, महान व्यक्ति, तर यो मेरो आग्रह हो |" यो विनम्रता हो | यदि तिमी भन्छौ, " ओहो तिमी त कर्मी हौ, तिमी मुढ हौ....." वास्तवमा ऊ एक मुढ हो, तर....यदि तिमीले पहिले नै भन्यौ भने कुरा गर्ने अवसर नै हुँदैन | ऊ एक मुढ हो...... सुँगुर र कुकुर जस्तै केवल इन्द्रियतृप्तिको लागि कार्य गर्दैछ, वास्तवमा ऊ मुढ हो , कर्मी | त्यसैगरी, ज्ञानी, उनीहरु केवल कल्पना गर्दैछन् | त्यो तर्क, काका-तलिय न्याय​ "काग खजूरको फलमा पहिला बसेको कारण खजूरको फल खस्यो ? वा खजूरको फल खसेको कारण काग त्यसमा बस्न सकेन ?" तर्क | एउटा पण्डितले भन्यो, " होइन, होइन | पहिले खजूरको फल खस्यो, र काग त्यहाँ बस्न चाहन्थ्यो, तर उसले सकेन |" अर्को पण्डितले भन्यो, " होइन, होइन | खजूरको फल त्यहाँ थियो, र काग त्यहाँ आएर बसेपछि त्यो खस्यो |" यो तर्क हो | उनीहरुले केवल कल्पना गरेर आफ्नो समय नाश गर्दैछन् | काका-तलिय न्याय​ | कुप​-मन्दुक​-न्याय​ |