NE/Prabhupada 0201 - मृत्यु कसरी रोक्ने

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on CC Madhya-lila 20.102 -- Baltimore, July 7, 1976


हामी ज्ञानको पछि छौं, तर हामीलाई धेरै कुरा थाहा छैन । त्यसैले सनातन गोस्वामीले आफ्नो व्यवहारबाट हामीलाई गुरु समक्ष जाने र आफ्नो स्थिति प्रकट गर्ने शिक्षा दिनुहुन्छ "मैले यसरी दु:ख पाइरहेको छु"। उहाँ मन्त्री हुनुहुन्थ्यो, दु:खको कुनै कुरा थिएन। उहाँको स्थिति निकै राम्रो थियो। उहाँले बताउनुभएको थियो "ग्राम्य व्यवहारे पण्डित, ताइ सत्य करि मानि"। "मसँग धेरै प्रश्नका उत्तर छैनन्, कुनै उपाय छैनन्, तर पनि मानिस मलाई विद्वान सोच्छन्- म मूर्खतापूर्वक यसलाई स्वीकार गर्छु"। कुनै मानिस विद्वान हुँदैन, जबसम्म ऊ गुरुकहाँ जाँदैन। तद् विज्ञानार्थम् स गुरुम् एवाभिगच्छेत् (मुण्डक उपनिषद् १|२|१२) | त्यसैले वैदिक आदेश अनुसार यदि तपाई शिक्षित हुन चाहनुहुन्छ भने तपाई प्रमाणिक गुरुकहाँ जानुपर्छ, तथाकथित गुरु होइन ।

तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस् तत्त्व​-दर्शिनः
(भगी ४।३४)

गुरु भनेको जसले परमसत्यलाई देखेका छन् । ती गुरु हुन् | तत्त्व -दर्शिन:, तत्त्व भनेको परमसत्य, र दर्शिन: भनेको जसले देखेको छ । त्यसैले यो अभियान , हाम्रो कृष्ण भावनामृत अभियान, परम्सत्यलाई देख्नको लागि हो, परमसत्यलाई भुझ्नको लागि हो, जीवनको समस्या जान्न र यसको समाधान बुझ्नको लागि हो । यी हाम्रा विषयहरु हुन् । हाम्रा विषय भौतिक वस्तु होइनन्, कि केहि तरिकाले एउटा गाडी, घर र एउटी राम्री श्रीमती पाए सब समस्या समाधान हुन्छ । होइन । यी समस्याका समाधान होइनन्। वास्तविक समस्या त "मृत्यु कसरी रोक्ने" हो । तर यो अति कठिन विषय भएकोले कसैले यसलाई छुँदैन । "ए मृत्यु! हामि शान्तिसँग मर्छौं". तर कोहि पनि शान्तिसँग मर्दैन । यदि मैले एउटा कोर्रा लिएर "ल शान्तिसँग मर " भनें भने सबै शान्ति तत्काल सकिन्छ (हाँसो) । ऊ रुन थाल्छ । त्यसैले यो नचाहिने कुरा हो, जब कोहि भन्छ "म शान्तिसँग मर्छु"। कोहिपनि शान्तिसँग मर्दैन। यो सम्भव छैन । त्यसैले मृत्यु एउटा समस्या हो। जन्म पनि समस्या हो । आमाको गर्भमा कोहि पनि शान्त हुँदैन । पूर्ण रुपले ढाकिएर बस्नुपर्छ, र आजकल त मारिने पनि डर हुन्छ। त्यसैले शान्तिको त कुरा नै छैन, जन्म र मृत्यु । र त्यसपछि बुढ्यौली। जस्तै म एउटा बुढो मान्छे छु, मलाई धेरै समस्या छन् । त्यसैले बुढ्यौली | र रोग, सबको अनुभव छ, तपाईलाई समस्या दिन टाउको दुख्नु नै पर्याप्त छ । वास्तविक समस्या भनेको: जन्म, मृत्यु, बुढ्यौली र रोग हुन् । यो कृष्णको बयान हो, जन्म मृत्यु जरा व्याधि दुःख​-दोषानुदर्शनम् (भगी १३।९) | यदि तपाई बुद्धिमान हुनुहुन्छ भने तपाईले यी चार समस्यालाई ठुलो खतराको रुपमा लिनुपर्छ ।

अरुसँग ज्ञान छैन त्यसैले तिनीहरु यी प्रश्नलाई नकार्छन् । तर हामी यी प्रश्नई गम्भीरतापूर्वक लिन्छौं । अरु अभियान र कृष्ण भावनामृत अभियानबीच यहि भिन्नता छ । हाम्रो अभियान यी समस्याका समाधानको लागि हो ।