NE/Prabhupada 0213 - मृत्युलाई रोक - त्यसपछि तिम्रो सिद्धि हेरौंला



Morning Walk -- June 17, 1976, Toronto


भक्त जिन: यसले मेरो मनमा एउटा प्रश्न उत्पन्न गर्छ, प्रभुपाद | इशाई धर्ममा सिद्धिको इतिहास १०० ए.डी देखि वर्तमान समयसम्म छ | अहिले केहि मुख्य सिद्ध पुरुष छन्, र धेरै त्यति प्रसिद्ध छैनन् | अब हजुरले यी मानिसहरुको वर्गीकरण कसरी गर्नुहुन्छ, यी इशाई सिद्धपुरुष, प्रोटेस्टेन्ट र क्याथोलिक ?

प्रभुपाद: यो केहि योगीक सिद्धि हो | यसको आध्यात्मिक जीवनसँग कुनै सम्बन्ध छैन | तिनीहरु केहि जादु हेर्न चाहन्छन्, साधारण मानिसहरु | यो सिद्धि शक्ति, कसैले कुनै जादु देखाउँछ र तिनीहरुलाई आश्चर्यचकित बनाउँछ | त्यति हो | यसको आध्यात्मिक जीवनसँग कुनै सम्बन्ध छैन |

भक्त जिन: हजुरले मलाई बुझ्नुभएन जस्तो छ | मैले वास्तविक भक्ति गर्ने सिद्ध पुरुषको उल्लेख गरेको थिएँ, जस्तै क्रशका सन्त जोन, एसीसीका सन्त फ्रान्सिस |

प्रभुपाद: यदि भक्ति छ भने सिद्धिको आवश्यकता कहाँ छ ? कुनै आवश्यकता छैन | भगवान् मेरा मालिक हुनुहुन्छ, म उहाँको दास हुँ | नचाहिने सिद्धिको आवश्यकता कहाँ छ ?

भक्त जिन: मलाई लाग्छ कि यो सिद्धि शब्द, धेरै मानिसले खेलाउँदैछन्, विशेषगरी यहाँ संयुक्त राज्यमा |

प्रभुपाद: धेरै मानिसहरु, हामीलाई धेरै मानिससँग कुनै सरोकार छैन | यदि तिमी वास्तवमा भगवानको दास हौ भने भगवान त्यहाँ हुनुहुन्छ, तिमी दास हौ | तिम्रो सम्बन्ध विद्यमान हुन्छ | केवल भगवानको आदेश पालन गर | त्यति हो | किन तिमी सिद्धि चाहन्छौ ? मानिसलाई केवल केहि जादु देखाउने ? तिमी भगवानको सेवा गर | त्यति हो | र यो धेरै सजिलो कुरा हो, भगवानले के आज्ञा दिनुभएको छ | मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | सिद्धिको प्रश्न कहाँ उठ्छ ? सिद्धिको कुनै प्रश्न उठ्दैन | भगवान् भन्नुहुन्छ "केवल मेरो स्मरण गर | दण्डवत गर र मेरो आराधना गर |" त्यति हो | सिद्धिको आवश्यकता कहाँ छ ? यो सब चलाखी हो |

भारतीय मानिस: म हजुरलाई भन्छु, मलाई लाग्छ एउटा धारणा छ.....

प्रभुपाद: तिमी आफ्नो तरिकाले सोच |

भारतीय मानिस: होइन, महाशय | एउटा गलत धारणा छ......

प्रभुपाद: तिम्रो सोचाइको कुनै अर्थ छैन, जबसम्म तिमी सहि मार्गमा आउँदैनौं |

भारतीय मानिस: होइन, महाशय | एउटा गलत धारणा छ, कि सिद्धि | तिनीहरु भन्छन् कि यो आध्यात्मिक विकाससँगै प्राप्त हुन्छ | मलाई लाग्छ उनले त्यहि भन्न खोजेकी हुन् |

प्रभुपाद: समस्या यो छ कि हामी यस भौतिक जगतमा जन्म-जन्मान्तर पीडा भोग्दैछौं, र हाम्रो लक्ष्य भनेको कसरी घर फर्कनु, भगवद्-धाम फर्कनु हो | त्यो तिनीहरुलाई थाहा छैन | तिनीहरु केहि सिद्धि देखाउँदैछन् | तिनीहरु के....... मृत्यु रोक | त्यसपछि तिम्रो सिद्धि हेरौंला | यो नचाहिने सिद्धि के हो ? के तिमी मृत्यु रोक्न सक्छौ ? के यो सम्भव छ ? तब यो सिद्धिको के अर्थ भयो ? सबै बेकार | मेरो समस्या यो छ कि म एउटा शरीर स्वीकार्दैछु र पीडा भोग्दैछु, किनकि जब मैले यो भौतिक शरीर प्राप्त गर्छु, मैले दु:ख भोग्नुपर्छ | त्यसपछि मैले अर्को शरीर सिर्जना गर्दैछु | म मर्छु | तथा देहान्तर​-प्राप्तिः (भ गी २|१३) | र पुनः अर्को अध्याय सुरु हुन्छ | यस प्रकारले, घाँसको जीवनदेखि देवताको जीवनसम्म म केवल शरीर परिवर्तन गर्दैछु र मर्दैछु र जन्म लिंदैछु | यो मेरो समस्या हो | सिद्धिले के गर्न सक्छ ? तर तिनीहरुलाई थाहा छैन, समस्या के हो | त्यो भगवद्-गीतामा उल्लेख गरिएको छ | जन्म-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् (भ गी १३|९) | यो तिम्रो समस्या हो | तिमी बारम्बार जन्म लिंदैछौ र मर्दैछौ, र जबसम्म तिमी जीवित छौ, धेरै समस्याहरु हुन्छन् | जरा-व्याधि | विशेषगरी बुढ्यौली र रोग | यो समस्या हो | कुन सिद्धिले तिमीलाई मदत गर्नेछ ? के सिद्धिले तिम्रो जन्म, मृत्यु, बुढ्यौली र रोग रोक्न सक्छ ? तब त्यो सिद्धि हो | अन्यथा त्यस्तो नचाहिने कुराको के अर्थ | (विराम) ........ वास्तविक मार्गबाट गलत दिशामा लगाउनु | तिनीहरुलाई थाहा छैन कि जीवनको उद्देश्य के हो, जीवनको समस्या के हो | तिनीहरु केहि सिद्धि सिर्जना गर्छन्, र कोहि धूर्त मानिस तिनीहरुको पछाडि लाग्छन् | त्यति हो | "यहाँ सिद्धपुरुष छ |"

भारतीय: भक्तहरुको सङ्ग कति महत्वपूर्ण हुन्छ ?

प्रभुपाद: सतां प्रसङ्गान् मम वीर्य​-संविदो भवन्ति हृत्-कर्ण​रसायनाः कथाः (श्री भा ३|२५|२५) | साधु-सङ्ग आवश्यक हुन्छ | भक्तको सङ्ग | त्यो आवश्यक हुन्छ | तब हाम्रो जीवन सफल हुनेछ | सिद्धि होइन |