NE/Prabhupada 0214 - यो अभियान उत्साहपूर्वक अघि बढाउन सकिन्छ, जबसम्म हामी भक्त हुन्छौं



Room Conversation 1 -- July 6, 1976, Washington, D.C.


प्रभुपाद: भारतमा हामीलाई धेरै जमिन दिइएको छ | तर व्यवस्थापन गर्न हामीसँग मानिस छैनन् |

स्वरूप दामोदर: मैले पनि मनिपुरबाट एउटा पत्र प्राप्त गरें | ती आजीवन सदस्य, कुलविद सिंह, उनी चिन्तित थिए कि युवाहरुले अहिले धार्मिक विश्वाश त्याग्दैछन्, त्यसैले उनले कुनै प्रकारको विद्यालय स्थापना गर्न चाहन्थे......

प्रभुपाद: त्यो (अस्पष्ट) दुर्घटना विवेकानन्दले गर्दा उत्पन्न भएको हो, यतो मत ततो पथ, (अस्पष्ट) |

स्वरूप दामोदर: जबसम्म....... उनीहरु एउटा इस्कोन शाखा सुरु गर्न चाहन्छन्, र उनी.....

प्रभुपाद: मलाई लाग्छ यो कठिन हुनेछैन | मनिपुर......

स्वरूप दामोदर: यो धेरै सजिलो हुनेछ, किनकि.....

प्रभुपाद:...... वैष्णव | यदि उनीहरुले बुझछन् भने त्यो धेरै राम्रो हुनेछ |

स्वरूप दामोदर: सबै, सरकारी सहभागी पनि | उनीहरुले एउटा राम्रो जमिन दिन सक्छन् भनेर मलाई एउटा पत्र लेखेका छन् र ........

प्रभुपाद: ठिक छ | अनि त्यो गोविन्दजीको मन्दिर ?

स्वरूप दामोदर: गोविन्दजीको मन्दिर सरकारले लिएको छ, मैले कुरा गरें, मैले पत्र लेखें......

प्रभुपाद: सरकार, तिनीहरु व्यवस्थापन गर्न सक्दैनन् |

स्वरूप दामोदर: तिनीहरु राम्ररी व्यवस्थापन गर्दैनन् |

प्रभुपाद: तिनीहरु सक्दैनन् | जब कुनै कुरा राज्यसँग जान्छ, विशेषगरी भारतमा, कुनै सरकारी मार्गमा गयो भने यो बिग्रन्छ | सरकार भनेको सबै चोर र ठगहरु | तिनीहरुले कसरी व्यवस्थापन गर्छन् ? तिनीहरुले आफुले जे पाउँछन् त्यो निल्दिन्छन् | सरकार भनेको..... तिनीहरु व्यवस्थापन गर्नसक्दैनन्, तिनीहरु भक्त होइनन् | यो भक्तहरुको हातमा हुनुपर्छ | त्यसैले (अस्पष्ट), मूल्य लिने मानिस, तिनीहरु केहि पैसा चाहन्छन्, त्यति हो | तिनीहरुले कसरी मन्दिर व्यवस्थापन गर्न सक्छन् ? यो सम्भव छैन |

स्वरूप दामोदर: यो राजनैतिक समस्या बन्छ |

प्रभुपाद: त्यति हो | हँ ?

स्वरूप दामोदर: यो राजनीतिमा संग्लग्न हुन्छ | त्यसैले त्यो.... आराधनासँग कुनै सरोकार छैन |

प्रभुपाद: जे भए पनि, सरकारले भक्तको हातमा दिनुपर्छ | हामी आधिकारिक भक्त हौँ, इस्कोन | यदि तिनीहरु चाहन्छन्, वास्तविक व्यवस्थापन | हामी व्यवस्थापन गर्दैछौं, यति धेरै केन्द्रहरु, भक्तको मदतले | पैसा खोज्ने मानिसले व्यवस्थापन गर्न सम्भव हुँदैन | यो सम्भव छैन |

भक्त: छैन |

प्रभुपाद: तिनीहरुले कहिल्यै..... तिनीहरुले सक्दैनन्....... यो अभियान उत्साहपूर्वक अघि बढाउन सकिन्छ, जबसम्म हामी भक्त हुन्छौं, अन्यथा यो सकिनेछ | यसलाई कुनै बाहिरी मानिसले संचालन गर्न सक्दैन | हुँदैन | केवल भक्तहरु | त्यो रहस्य हो |

भक्त: कसैले भक्तलाई पैसा दिन सक्दैन |

प्रभुपाद: हँ ?

भक्त: कसैले भक्तलाई किन्न सक्दैन |

प्रभुपाद: त्यो सम्भव छैन |

भक्त: सरसफाई गर्न एउटा मानिसलाई किन्न सकिन्छ, तर कसैले प्रचारकलाई किन्न सक्दैन |

प्रभुपाद: त्यो सम्भव छैन | त्यो सम्भव छैन | त्यसैले जबसम्म हामी भक्त रहन्छौं, हाम्रो अभियान चल्नेछ, कुनै बाधा बिना |

भक्त: भक्तहरुले संसार जित्नुपर्छ |

प्रभुपाद: हो, त्यो.... त्यो संसारको लागि राम्रो हुन्छ |

भक्त: हो |

प्रभुपाद: यदि भक्तहरुले व्यवस्थापनको लागि संसार जित्छन् भने सबैजना खुसी हुनेछन् | यसमा कुनै शंका छैन | कृष्णले त्यो चाहनुहुन्छ | उहाँले पाण्डवहरु सरकारको नेतृत्वमा भएको चाहनुहुन्थ्यो | तसर्थ उहाँले युद्धमा भाग लिनुभयो | "हो, तिमी हुनुपर्छ..... सबै कौरवहरु मारिनुपर्छ, र महाराज युधिष्ठिर​लाई गद्दीमा राख्नुपर्छ |" त्यो उहाँले गर्नुभयो | धर्म-संस्थापनार्थाय​ | परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् (भ गी ४।८) | उहाँ चाहनुहुन्छ कि सबै कुरा राम्ररी चलोस् र मानिस भागवत् चेतनामा अवस्थित हुन् | ताकी तिनीहरुको जीवन सफल होस् | त्यो कृष्णको योजना हो | कि "यी धूर्त मार्गदर्शकहरु र तिनीहरुका...... तिनीहरुले मानव जीवन पाएका छन् र यो बेकार भएको छ |" तसर्थ मैले कुरा गर्दै थिएँ "स्वतन्त्रताको अर्थ के हो ? कुकुरको नाच |" जीवन बेकार भएको छ | तिनीहरुले आफ्नो जीवन बेकार पार्नेछन् र अर्को जीवनमा कुकुर बन्नेछन्, र यो ठुलो, ठुलो भवन हेर्नेछन्, त्यति हो | यी ठुला भवनले मानिसलाई के फाइदा गर्नेछ, जो अर्को जीवनमा कुकुर हुनेछन् ? सिद्धान्तको रुपमा लिन्छन्, कि जसले यो ठुला-ठुला भवन निर्माण गरेका छन् र अर्को जीवनमा तिनीहरु कुकुर हुनेछन् |

स्वरूप दामोदर: तर तिनीहरुलाई थाहा छैन कि अर्को जीवनमा तिनीहरु कुकुर हुनेछन् |

प्रभुपाद: त्यो कठिनाइ छ | तिनीहरुलाई थाहा छैन | तसर्थ माया |