NE/Prabhupada 0215 - तिमीले पढ्नुपर्छ, त्यसपछि तिमीले बुझ्नेछौ



Interview with Newsweek -- July 14, 1976, New York


साक्षात्कारकर्ता: के हजुरले मलाई आफ्नो पृष्ठभूमिको बारेमा केहि बताउन सक्नुहुन्छ, जब हजुर युवा हुनुहुन्थ्यो, हजुरले कस्तो प्रकारको कार्य गर्नुभयो, र के.....

प्रभुपाद: मैले तिमीलाई किन भन्नुपर्यो ?

साक्षात्कारकर्ता: माफ गर्नुहोस् ?

प्रभुपाद: मैले तिमीलाई किन भन्नुपर्यो ?

साक्षात्कारकर्ता: यदि हजुर इच्छा गर्नुहुन्छ |

प्रभुपाद: मैले किन इच्छा गर्नुपर्यो ?

साक्षात्कारकर्ता: पत्रकारले यी प्रश्न सोध्नुपर्छ | अन्यथा मेरो कुनै काम हुँदैन |

हरि-शौरि: प्रभुपाद चाहनुहुन्छ कि तपाईले केहि प्रासंगिक सोध्नुहुनेछ......

रामेश्वर: मानिसहरु हजुरको बारेमा जान्न इच्छुक छन्, श्रील प्रभुपाद | र यदि उनीहरुले हजुरमा रुची राख्छन् भने उनीहरु स्वत: हजुरको पुस्तकमा पनि इच्छुक हुन्छन् | उनीहरु हामीले विक्री गरेका यी सब पुस्तकका लेखकको बारेमा जान्न धेरै इच्छुक छन् |

प्रभुपाद: तर यी पुस्तकहरु, पुस्तकहरु..... हामीले पुस्तकको बारेमा बोल्नेछौँ | के लेखकले अगाडि के गर्दै थिए भन्ने विषयमा यो निर्भर हुन्छ ?

साक्षात्कारकर्ता: हजुर धेरै पुस्तकको अनुवादक हुनुहुन्छ, मैले जानकारी पाए अनुसार |

प्रभुपाद: हो | त्यसो भए त्यो अनुवाद, पुस्तकले बोल्नेछ कि मैले के अनुवाद गरेको छु |

साक्षात्कारकर्ता: अँ | मैले सोच्दै थिएँ......

प्रभुपाद: तिमी पुस्तक पढ, तब तिमीले बुझ्नेछौ | मलाई सोध्नु भन्द तिमीले पुस्तक पढ्दा राम्रो हुन्छ | त्यो वास्तविक बुझाइ हो |

साक्षात्कारकर्ता: मैले सोच्दै थिएँ कि कसरी उहाँलाई व्यक्तिगत रुपमा रुची लाग्यो वा उहाँ संग्लग्न हुनुभयो र उहाँको चेतनाको विकास कसरी भएको थियो |

रामेश्वर: मैले बुझें | उनले हजुरको गुरु महाराजसँगको सम्बन्ध सोध्दैछिन्, कसरी हजुरलाई कृष्ण भावनामृत अभियान सुरु गर्न प्रेरणा मिल्यो र यति धेरै पुस्तक लेख्नुभयो |

प्रभुपाद: यी कुराहरुको जवाफ तिमीले दिन सक्छौ | यो सर्वसाधारणको लागि त्यति महत्वपूर्ण कुरा होइन |

रामेश्वर: मलाई लाग्छ कि सर्वसाधारण मानिसहरु अभियान पछाडिको मानिसको बारेमा जान्न चाहन्छन् |

महिला अतिथि: हो, यसले मदत गर्छ | मानिस रुची राख्छन् | मानिसहरु हजुर जस्तो व्यक्तिको विकासमा रुची राख्छन् किनकि तिनीहरु सम्बन्ध निकाल्छन् | र तिनीहरु हजुरले लेख्नुभएको कुरा पढ्ने निर्णय गर्छन् |

प्रभुपाद: पहिलो कुरा यो हो कि यदि तिमी हाम्रो पुस्तकमा इच्छुक छौ भने तिमी हाम्रो पुस्तक पढ | तिमीले बुझ्नेछौ |

साक्षात्कारकर्ता: हजुरलाई बुझ्ने ?

प्रभुपाद: हो |

साक्षात्कारकर्ता: के हजुरले यो भन्दै हुनुहुन्छ ?

प्रभुपाद: हो |

साक्षात्कारकर्ता: के उहाँले यो भन्दै हुनुहुन्छ ?

प्रभुपाद: एउटा मानिसलाई उसको बोलीबाट बुझ्न सकिन्छ | जब ऊ बोल्छ | तावच् च शोभते मूर्खो यावत् किञ्चिन् न भाषते: "एउटा मूर्ख तबसम्म सुन्दर हुन्छ, जबसम्म ऊ बोल्दैन |" जब ऊ बोल्छ, तब तिमीले बुझ्न सक्छौ कि ऊ के हो | त्यसैले मेरा बोली पुस्तकहरुमा छन्, र यदि तिमि बुद्धिमान हौ भने तिमीले बुझ्न सक्छौ | तिमीले सोध्नु पर्दैन | बोली.... जस्तै अदालतमा | एउटा ठुलो वकिललाई उसको बोलीबाट चिनिन्छ | अन्यथा सबजना राम्रो वकिल हुन्छन् | तर जब ऊ अदालतमा बोल्छ, तब उसलाई चिनिन्छ, कि ऊ राम्रो वकिल हो कि होइन | त्यसैले तिमीले सुन्नुपर्छ | तिमीले पढ्नुपर्छ | तब तिमीले बुझ्नेछौ | त्यसमा वास्तविक बुझाइ प्राप्त हुन्छ |