NE/Prabhupada 0216 - कृष्ण प्रथम श्रेणीको हुनुहुन्छ, उहाँका भक्त पनि प्रथम श्रेणीका हुन्छन्

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 1.7.47-48 -- Vrndavana, October 6, 1976


यो वैष्णवको मनोभाव हो | पर-दु:ख-दु:खी | वैष्णव पर-दु:ख-दु:खी हुन्छन् | त्यो वैष्णवको योग्यता हो | उनले आफ्नो व्यक्तिगत समस्याको वास्ता गर्दैनन् | तर जब अरु पीडामा हुन्छन्, तब उनी वैष्णव दु:खी हुन्छन्, व्यथामा हुन्छन | ती वैष्णव हुन् | प्रह्लाद महाराजले भने,

नैवोद्विजे पर दुरत्यय​-वैतरण्यास्
त्वद्-वीर्य​-गायन​-महामृत​-मग्न​-चित्तः
शोचे ततो विमुख​-चेतस इन्द्रियार्थ​-
माया-सुखाय भरम् उद्वहतो विमूढान्
(श्री भा ७।९।४३)

प्रह्लाद महाराजलाई उनका पिताले धेरै दुर्व्यवहार गरेका थिए र उनका पिता मारिए | तर पनि, जब उनलाई भगवान् नृसिंह​-देव​ले आशिर्वाद दिन चाहनुभयो, उनले स्वीकार गरेनन् | उनले भने, स वै वणिक् | मेरो प्रभु, हामी रजो गुण, तमो गुणको परिवारमा जन्मिएका छौं | रजो गुण, तमो गुण | असुरहरु दुई निच गुणद्वारा प्रभावित हुन्छन्, रजो गुण र तमो गुण | र जो देवता हुन्छन्, तिनीहरु सत्त्व गुणद्वारा प्रभावित हुन्छन् | तीन किसिमका गुणहरु छन्, भौतिक जगतमा | सत्त्व गुण..... त्रि-गुणमयी | दैवी ह्य् एषा गुणमयी (भ गी ७|१४) | गुणमयी, त्रिगुणमयी | यस भौतिक जगतमा सत्त्व गुण, रजो गुण र तमो गुण हुन्छन् | जो सत्त्व गुणद्वारा प्रभावित हुन्छन्, उनीहरु प्रथम श्रेणीका हुन् | प्रथम-श्रेणी भनेको यस भौतिक जगतमा प्रथम-श्रेणीका | आध्यात्मिक जगतमा होइन | अध्यात्मिक जगत् भिन्न हुन्छ | त्यो निर्गुण हुन्छन्, कुनै भौतिक गुण हुँदैन | त्यहाँ कुनै प्रथम-श्रेणी, दोस्रो-श्रेणी, तृतीय-श्रेणी हुँदैन | सबजना प्रथम-श्रेणीका हुन्छन् | त्यो परम हुन्छ | कृष्ण प्रथम-श्रेणीको हुनुहुन्छ, उहाँका भक्तहरु पनि प्रथम-श्रेणीका हुन्छन् | रुखहरु प्रथम-श्रेणीका हुन्छन्, पंक्षीहरु प्रथम-श्रेणीका हुन्छन्, गाईहरु प्रथम-श्रेणीका हुन्छन्, बाच्छाहरु प्रथम-श्रेणीका हुन्छन् | तसर्थ यसलाई परम भनिन्छ | कुनै सापेक्षिक, दोस्रो-श्रेणी, तृतीय-श्रेणी, चौथो-श्रेणीको धारणा हुँदैन | हुँदैन | सबै प्रथम-श्रेणीका हुन्छन् | आनन्द​-चिन्मय​-रस​-प्रतिभाविताभिः (ब्र स ५|३७) | सबै कुरा आनन्द-चिन्मय-रसले बनेको हुन्छ | त्यहाँ कुनै वर्गीकरण हुँदैन | कोहि दास्य-रसमा अवस्थित भए पनि, कोहि सख्य-रसमा अवस्थित भए पनि, वा वात्सल्य-रसमा भए पनि वा माधुर्य-रसमा भए पनि उनीहरु सब एक हुन्छन् | त्यहाँ कुनै भेद हुँदैन | तर त्यहाँ भिन्नता हुन्छ | तपाईलाई यो रस मन पर्छ, मलाई यो रस मन पर्छ, त्यसको अनुमति हुन्छ | यस भौतिक जगतमा, उनीहरु यी तीन रसद्वारा प्रभावित हुन्छन्, र प्रह्लाद महाराज, हिरण्यकशिपुको पुत्र भएकाले, उनले सोच्थे कि "म रजो-गुण र तमो-गुणद्वारा प्रभावित छु |" उनी वैष्णव हुन्, उनी सम्पूर्ण गुणभन्दा माथि हुन्छन्, तर एउटा वैष्णवले आफ्नो गुणप्रति गर्व गर्दैनन् | वास्तवमा, उनलाई त्यस्तो लाग्दैनथ्यो कि उनी धेरै विकसित छन्, उनी धेरै प्रबुद्ध छन् | उनले सधैं सोच्छन्,"म तुच्छ छु |"

तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना
अमानिना मानदेन कीर्तनीयः सदा हरिः
(चैच अदि १७।३१) |

यी वैष्णव हुन् |