NE/Prabhupada 0219 - मालिक बन्ने बेकार विचार त्याग्नुपर्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 7.9.24 -- Mayapur, March 2, 1976


तपाईको देशमा असी प्रतिशत, नब्बे प्रतिशत मानिसहरु मलेरियाले संक्रमित छन् र तिनीहरुलाई सिफिलिस छ | के भिन्नता छ ? किन तपाई गर्नुहुन्छ.....? चिकित्सकको रुपमा तपाईले किन भिन्नता देख्नुपर्यो कि 'यो रोग यो रोगभन्दा राम्रो छ' ? रोग भनेको रोग हो | वास्तवमा यो तथ्य हो | तपाई भन्नुहुन्छ कि "हामी मलेरियाबाट पीडित छौं | सिफिलिसबाट पीडित हुनु राम्रो हुन्छ |" होइन | रोग भनेको रोग हो | त्यसैगरी, ब्रह्मा वा कमिला, मालिक बन्ने रोग विद्यमान छ | यो रोग हो | तसर्थ, यो रोग सन्चो पार्न कृष्ण आउनुहुन्छ, सरल रुपमा भन्न, "धूर्त, तिमी मालिक होइनौ, तिमी दास हौ | ममा शरणागत हौ |" यो रोगको औषधि हो |

जब कोहि सहमत हुन्छ कि "अरु पर्दैन," आर नारे बप​,"मालिक बन्ने प्रयास अरु पर्दैन," त्यो रोगको औषधि हो | तसर्थ चैतन्य महाप्रभुले भन्नुभएको छ, जसरी प्रह्लाद महाराजले भन्नुभएको छ, निज भृत्य​-पार्श्वम्: (श्री भा ७।९।२४) "मलाई आफ्नो दासको दासको रुपमा संग्लग्न गराउनुहोस् |" उही कुरा चैतन्य महाप्रभुले भन्नुभयो, गोपी-भर्तुर् पद​-कमलयोर् दास​-दास​-अनुदासः (चै च मध्य १३।८०) | यो कृष्ण भावनामृत अभियान भनेको हामीले मालिक बन्ने बेकार विचार त्याग्नुपर्छ | यो कृष्ण भावना हो | हामीले कसरी दास बन्ने सिक्नुपर्छ | दासमात्र होइन, दासको दास, दास...... त्यो औषधि हो | तसर्थ प्रह्लाद महाराजले भन्नुभयो,"मैले मालिक बन्ने सबै बेकार विचार बुझिसकें | मेरा पिताले पनि मालिक बन्ने प्रयास गर्नुभयो | त्यसैले यो ज्ञान, अब म पूर्ण छु | मालिक बन्ने कुनै आवश्यकता छैन | योभन्दा राम्रो, यदि हजुर मलाई केहि आशिर्वाद दिन चाहनुहुन्छ भने कृपया मलाई आफ्नो दासको दास बनाउनुहोस् | यो आशिर्वाद हो | जसले कृष्णको दासको दास बन्न सिकेको छ, ऊ पूर्ण हुन्छ |

तसर्थ चैतन्य महाप्रभुले भन्नुहुन्छ, तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना | एउटा दास सहनशील हुनुपर्छ | सहनशील | कहिलेकहीं मालिकले धेरै आज्ञा दिन्छ, त्यसैले ऊ विचलित हुन्छ | तर पनि, उसले उक्त कार्य सम्पन्न गर्नुपर्छ र सहनशील हुनुपर्छ | त्यो पूर्णता हो | यहाँ भारतमा अझै पनि, जब एउटा मानिस विवाह गर्न जान्छ, तब उसको......... यो चलन छ | उसको आमाले बेहुलालाई सोध्छिन्,"मेरो प्रिय छोरा, तिमी कहाँ जाँदैछौ ?" उसले जवाफ दिन्छ,"आमा, म तपाईको लागि एउटी दासी ल्याउँदैछु |" यो चलन छ | "आमा, म तपाईको लागि एउटी दासी ल्याउँदैछु |" त्यो भनेको "मेरी पत्नी, तपाईको बुहारीले तपाईलाई दासीको रुपमा सेवा गर्नेछिन् |" यो वैदिक सभ्यता हो |

जब कृष्ण आफ्ना सोह्र हजार श्रीमतीसँग हस्तिनापुर जानुभयो, तब द्रौपदी..... यो महिला-महिला बीच प्राकृतिक हुन्छ, उनीहरु आफ्ना पतिको बारेमा कुरा गर्छन् | त्यो प्राकृतिक हो | द्रौपदीले कृष्णका हरेक श्रीमतीसँग सोध्दै थिइन् | सबै होइन | यो असम्भव छ, सोह्र हजार | कम्तिमा प्रमुख रानीहरु, सुरुवातमा..... के थियो (अस्पष्ट) ? रुक्मिणी, हो | उनीहरु सबजना आफ्नो विवाह समारोह वर्णन गर्दै थिए कि "मेरो......." रुक्मिणीले बताइन् कि "मेरा पिताले मलाई कृष्णको हातमा सुम्पिन चाहन्थे, तर मेरा जेठ दाजु, उनले स्वीकार गरेनन् | उनले मेरो विवाह शिशुपालसँग गरिदिन चाहन्थे | मलाई यो विचार मन परेको थिए | मैले कृष्णलाई व्यक्तिगत पत्र लेखें, कि 'मैले आफ्नो जीवन हजुरमा समर्पण गरेको छु, तर परिस्थिति यस्तो छ | कृपया आउनुहोस् र मेरो अपहरण गर्नुहोस् |' यस प्रकारले कृष्णले मेरो अपहरण गर्नुभयो र मलाई आफ्नी दासी बनाउनुभयो |" रानीकी पुत्री, राजकी पुत्री...... उनीहरु सबजना राजाका पुत्री थिए | उनीहरु साधारण मानिसका पुत्री थिएनन् | तर उनीहरु कृष्णको दासी बन्न चाहन्थे | यो विचार हो, दास बन्ने र दासी बन्ने | यो मानव सभ्यताको आदर्श हो | हरेक महिला आफ्नो पतिकी दासी बन्ने प्रयास गर्नुपर्छ, र हरेक पुरुष कृष्णको सय पटक दास बन्ने प्रयास गर्नुपर्छ | यो भारतीय सभ्यता हो, यो होइन कि "पति र पत्नी, हाम्रो समान अधिकार छ |" युरोप, अमेरिकामा यो अभियान चल्दैछ," समान अधिकार |" त्यो वैदिक सभ्यता होइन | वैदिक सभ्यता भनेको पति कृष्णको इमानदार दास बन्नुपर्छ, र पत्नी पतिकी इमान्दार दासी बन्नुपर्छ |