NE/Prabhupada 0336 - यो कसरी भयो कि उनीहरु भगवानको लागि पागल छन्?

Revision as of 07:22, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0336 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 1.2.5 -- Aligarh, October 9, 1976


अहिले तिमि यो देशमा छौ, मानौँ भारतमा, र अर्को जन्ममा, किनकि तिमीले शरीर परिवर्तन गर्नुपर्छ, यो जीवनमा तिमीले भारतमा जन्म नलिन सक्थ्यौ | तिमीले कुनै स्वर्गीय लोकतिर अथवा जनवारको समाजमा जन्म लिन सक्थ्यौ | किनकि त्यहाँ केहि निश्चित छैन | कृष्ण भन्नुहुन्छ तथा देहान्तार प्राप्तिर्| मृत्यु भनेको शरीर परिवर्तन गर्ने हो | तर कस्तो खालको शरीर तिमीले पाउँदै छौ, त्यो परम व्यवस्थामा निर्भर हुन्छ | तर तिमीले त्यो आफैले व्यावस्था गर्न सक्छौ | जस्तै तिमीले चिकित्सकको परिक्षा पास गरे जस्तै, तिमी चिकित्सक अफिसर बन्ने सम्भावना छ, सरकारी चिकित्सक बोर्डको , तर त्यो चिकित्सक बोर्डले स्वीकार गर्छ र त्यस्तै त्यस्तै | त्यहाँ धेरै अवस्थाहरु छन् | त्यसैगरी अर्को शरीर पाउनको लागि, त्यो तिमले चयन गर्ने होइन | त्यो चयन परम अधिकारीमा निर्भर हुन्छ | कर्मणा द्ऐव नेत्रेण जन्तुर् देहोपपत्तये (श्री भा ३|३१|१)| र हामीलाई थाह हुदैन कि, अर्को जीवन | न हामी प्रयास गर्छौं कि अर्को जीवन के हुनेछ भनेर | हामीले यो शरीर त्यागेपछि अर्को शरीर स्वीकार गर्नुपर्छ | त्यसैले हामी त्यसको लागि तयार हुनुपर्छ | त्यसैले भगवत् गीतमा तयारी भनेको यान्ति देव​-व्रता देवान् (भा गी ९|२५)| यदि तिमी माथिल्ला लोक जान तयार गर्दै छौ भने, चन्द्रलोक, सुर्यलोक, इन्द्रलोक, स्वर्गलोक, ब्रम्हालोक, जनलोक, महर्लोक, तपोलोक - त्यहाँ धेरै छन् सयौँ | यदि तिमीलाई त्यहाँ जान मन छ भने, तिमी त्यहि तरिकाले तयारी गर | यान्ति देव​-व्रता देवान् पित्ṟन् यान्ति पितृ-व्रताः त्यसैले यदि तिमीलाई पित्रिलोक जान मन छ भने, तिमि त्यहाँ जान सक्छौ | यदि तिमीलाई माथिल्लो लोक जना मन छ भने, देवलोक, तिमि त्यहाँ जना सक्छौ | यदि तिमीलाई याँहा रहन मन छ भने, तिमि यहाँ रहन सक्छौ | यदि तिमीलाई लोक, गोलोक जान मन छ भने, वृन्दावन, मद्-याजिनो ऽपि यान्ति माम् (भा गी ९|२५)| तिमी त्यहाँ जान सक्छौ, घर जान सक्छौ, भगवत धाम | त्यो सम्भव छ | कृष्ण भन्नुहुन्छ त्यक्त्वा देहं पुनर् जन्म न्ऐति माम् एति (भा गी ४|९)| यदि तिमीलाई मन छ भने तिमि घर जान सक्छौ, भगवत धाम | त्यो सम्भव छ | त्यसैले बुद्धिमान मानिसहरु, तिनीहरुलाई थाहा हुनुपर्छ "यदि म देवलोक गएँ भने, त्यहाँ जानुको परिणाम के हुन्छ ? यदि म पितृलोक गएँ भने, परिणाम के हुन्छ | यदि म यहाँ बसेँ भने, परिणाम के हुन्छ | र यदि म घर गएँ भने, भगवत धाम, परिणाम के हुन्छ |" पूर्ण परिणाम भनेको यदि तिमी घर फर्किन सक्छौ, भगवत धाम, भने कृष्ण भन्नुहुन्छ परिणाम के हुन्छ | परिणाम यो हुन्छ कि त्यक्त्वा देहं पुनर् जन्म न्ऐति (भा गी ४|९) कि तपाईं यो भौतिक संसारमा बारबार जन्म नलिउ | त्यसैले यो परम प्राप्ति हो | पुनर् जन्म न्ऐति माम् एति | माम् उपेत्य तु क्औन्तेय दुःखालयम् अशाश्वतम् नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गताः (भा गी ८|१५)| त्यो परम पूर्णता हो | त्यसैले यहाँ भनिएको छ, स व्ऐ पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६)| त्यसैले यदि तिमीलाई घर फर्किन मन छ भने, भगवत धाम जान भने यतो भक्तिर् अधोक्षजे | तिमीले यो विधि अपनाउनुपर्छ, भक्ति | भाक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः (भा गी १८|५५)| कृष्ण, अथवा परमेश्वरलाई कर्म, ज्ञान, योगले बुझ्न सकिन्न | कुनैपनि विधिले कृष्ण बुझ्न सकिदैन | त्यसैले तिमीले कृष्णले दिनुभएको यो विधि अपनाउनुपर्छ | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः (भा गी १८|५५)| त्यसैले हामी कृष्ण लिलामा तृप्त हुदैनौ, जबसम्म त्यो भक्तहरुले गर्नुहुन्न | जान्नेले गर्ने भन्ने होइन | त्यो अस्विकार गरिएको छ | चैतन्य महाप्रभु कहिले पनि तृप्त हुनुभएन | किनकि त्यो विषय तत्व कृष्णलाई, मात्र भक्तिदद्वारा चिन्न सकिन्छ | यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६)| भक्तिबिना, त्यो सम्भव छैन | भक्तिको विधि अपनाएर मात्रै उसलाई भगवतधाम जान सम्भव छ | त्यो कृष्णभावनामृत अभियान हो | हाम्रो अभियान भनेको, कृष्णभावनामृत अभियान, कसरी मान्छेहरुलाई भक्तिमय सेवामा उच्च स्तरसम्म लैजाने हो | र कसरि भगवत धाम लैजाने हो | र यो धेरै गार्हो काम होइन | यो सजिलो छ | यदि यो सजिलो नभएको भए यूरोपियन, अमेरिकनहरुले यो कसरि गम्भीरसँग लिन सके ? किनकि, यो अभियान सुरु हुनुभन्दा दश बर्ष अगाडी तिनीहरु धेरैलाई थाहा थिएन कि कृष्ण के हो भनेर | अहिले तिनीहरु सबै भक्त भएका छन् | क्रिस्टेन पादरीहरुपनि अचम्म मान्छन् | बोस्टनमा, एउटा क्रिस्टेन पादरीले, स्वीकार गर्यो कि "यी केटाहरु, तिनीहरु हाम्रा केटाहरु हुन् , क्रिस्टेन समुह अथवा यहूदी समूहबाट आएका | त्यसैले यो अभियान अगाडी तिनीहरु हामीलाई देख्न नि मन गर्दैनथ्ये | नत भगवानको बारेमा केहि सोध्न आउँथ्ये नत चर्च आउँथ्ये | तिनीहरुले पूर्णरुपमा अस्विकार गरे | र अहिले, कसरी भयो कि तिनीहरु भगवानको लागि पागल छन् ?" तिनीहरु अचम्म मान्छन् |"किन ? किन तिनीहरु यस्तो भए ...?" किनकि तिनीहरुले यो विधि अपनाए | यो विधि महत्वपुर्ण छ | मात्र मनगढन्ते ... भक्ति भनेको सैद्धांतिक होइन | यो व्यवहारिक हो | यतो भक्तिर् अधोक्षजे यदि तिमी यो भक्तिको विधि अपनाउन चाहन्छौ भने, यो मनगढन्ते होइन | तिमी आफैँ यो विधिमा संलग्न हुनुपर्छ | यतो भक्तिर् अधोक्षजे | त्यो विधि भनेको श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद​-सेवनम् अर्चनं वन्दनं दास्यं सख्यम् आत्म​-निवेदनम् (श्री भा ७|५|२३)