NE/Prabhupada 0349 - मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें



Arrival Address -- New York, July 9, 1976


बुद्धिमान मानिसलाई विभिन्न परिस्थिति, विभिन्न जीवनको बारेमा थाहा हुनुपर्छ | तिनीहरुलाई थाहा छैन | अर्को दिन डा. स्वरूप दामोदाले भन्दै थिए, कि तिनीहरुले जति पनि वैज्ञानिक अथवा शैक्षिक विकास गरेतापनि यी दुई कुराहरुको कमी देखिएको छ | तिनीहरुलाई यी लोकहरुको बारेमा थाह छैन | तिनीहरुलाई थाहा छैन | तिनीहरु केवल अनुमान गरिरहेका छन् | तिनीहरु चन्द्र ग्रह, मंगल ग्रह जना प्रयास गरिरहेका छन् | त्यो पनि सम्भव छैन | यदि तिमी एउटा अथवा दुईटा ग्रहमा गए पनि लाखौँ ग्रहहरु बाँकी हुनेछन् ? तिमीलाई तिनीहरुको बारेमा के थाहा छ ? त्यसको बारेमा कुनै ज्ञान छैन ? र अर्को ज्ञान: तिनीहरुलाई यो जीवनको समस्याको बारेमा थाहा छैन | तिनीहरुमा यी दुई कुराहरुको कमी छ | र हामी यी दुई कुराहौरको बारेमा चर्चा गर्दैछौं | यो जीवनको समस्या भनेको हामीमा कमी छ, हामी कृष्णभावना भन्दा धेरै टाढा छौँ; त्यसैले हामीले दुःख भोगिरहेका छौँ | यदि तिमीले कृष्णभावना ग्रहण गर्छौ भने सबै समस्या समाधान हुनेछ | र जहाँसम्म ग्रहहरुको कुरा छ, कृष्णले तिमीलाई मौका दिनुहुन्छ कि तिमीलाई जहाँ जाने इच्छा छ, तिमी त्यहीं जान सक्छौ | तर बुद्धिमान व्यक्ति, मद्-याजिनो ऽपि यान्ति माम् (भ गी ९|२५)| "जो कृष्णभावनाभावित छन्, तिनीहरु मकहाँ आउँछन् |" यी दुईबीच के फरक छ ? यदि म चन्द्रलोक जाऊँ वा मंगल ग्रह जाऊँ वा ब्रह्मलोक जाऊँ, कृष्णले भन्नुहुन्छ, आ-ब्रह्म​-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन (भ गी ८|१६) | तिमी ब्रह्मलोक जान सक्छौ तर क्षिणे पुण्ये पुण्यो मर्त्य लोकं विशन्ति: "तिमी पुनः यहीं फर्कनुपर्नेछ |" र कृष्णले पनि भन्नुहुन्छ, यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भ गी १५|६) | मद्-याजिनो ऽपि यान्ति माम् |

तिमीले यो कृष्णभावना रुपी अवसर प्राप्त गरेका छौ | सबै कुराको विवरण भगवद्‌-गीतामा छ | यो अवसर नगुमाऊ | धेरै मूर्ख नबन, तथाकथित वैज्ञानिक अथवा दार्शनिक अथवा नेताहरुको पछि नलाग | कृष्णभावना ग्रहण गर | र त्यो केवल गुरु-कृष्ण​-कृपाय (चै च मध्य १९|१५१) बाट सम्भव छ | गुरु र कृष्णको कृपाले तिमीले सम्पूर्ण सफलता हासिल गर्न सक्नेछौ | यो नै रहस्य हो | यस्य देवे परा भक्तिर् यथा देवे तथा गुर्औ तस्य्ऐते कथिता ह्य् अर्थाः प्रकाशन्ते महात्मनः (श्वे उ ६|२३) हामीले गरिरहेको यस गुरु पुजा, यो मनोमानी ढंगले गरिएको होइन; यो वास्तविक शिक्षा हो | तिमीले सधैँ गाउँछौ | के थियो त्यो ? गुरु-मुख​-पद्म​-वाक्य​... आर ना करिया ऐक्य​ | यो अनुवाद हो | म तिमीलाई उदारतापूर्वक भन्छु, यो कृष्णभावनामृत अभियानको कारण भनेको मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें | तिमीले पनि यसलाई जारी राख्न सक्छौ | तब तिमीहरु अवश्य सफल हुनेछौ | धेरै, धेरै धन्यवाद |